
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
शिवसताक्षी, २९ मंसिर । प्रदेश स्तरीय प्रथम एसडिसी सुपरसिक्स क्रिकेट प्रतियोगिताको उपाधि ओल्डस्टार क्रिकेट क्लब भद्रपुरलाई हराउँदै आयोजक एसडिसी क्रिकेट क्लब दमकले उचालेको छ । झापाको शिवसताक्षीको झिलझिलेमा जारी प्रथम एसडिसी–सीइ सुपरसिक्स क्रिकेट प्रतियोगिताको फाइनलमा भद्रपुरले ४ उइकेट गुमाउँदै सय रनको तारगेटलाई ५ ओभर २ बलमा १ उइकेट गुमाउँदै आयोजकले लक्ष्य हासिल गरेको थियो । विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले २० हजार नगद सहित सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडा नं. ८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले पुरस्कार प्रदान गरेका थिए । खेलको म्यान अफदी म्याच आयोजकको…
झापा, २९ मंसिर । बिर्तामोड नगरपालिका–३ बिर्ताबजारस्थित डोमालाल राजवंशी रङ्गशालामा आजदेखि झापा कप शुरु भएको छ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले झापा कप प्रतियोगिता आज उद्घाटन गर्नुभयो । उद्घाटन खेलमा काठमाडौँको त्रिभुवन आर्मी फुटबल क्लब र मोरङको एलएक्स सिटी फुटबल क्लबबीच प्रतिस्पर्धा भइरहेको छ । झापा ११ फुटबल क्लबको आयोजनामा हुन लागेको प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोर्ट्स क्लब र झापा ११ सहभागी हुने भएका छन् । प्रतियोगिताको फाइनल खेल…
भद्रपुर, २९ मंसिर । लागूपदार्थविरुद्धको देशव्यापी अभियानलाई थप प्रभावकारी बनाउनका लागि चेतना नेपालले भद्रपुरमा अभियानता इन्द्रप्रसाद ओलीद्वारा लिखित “दिव्य दृष्टि” नामक पुस्तकको लोकार्पण सम्पन्न गरेको छ। जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा सभापतित्व दाताराम सिटौलाले गर्नुभएको थियो। प्रमुख अतिथिका रूपमा कोशी प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री भूमिप्रसाद राजवंशी, र विशिष्ट अतिथिका रूपमा पूर्व सांसद पुष्पराज पोखरेलको उपस्थिति थियो। कार्यक्रमको उद्घाटन राज्यमन्त्री राजवंशीले पानसमा दीप प्रज्वलन गरी गर्नुभयो। उहाँले “दिव्य दृष्टि” कृतिले लागू पदार्थविरुद्ध जनचेतना फैलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै राज्यबाट थप सहयोगको प्रतिबद्धता पनि व्यक्त गर्नुभयो। पुस्तकका लेखक इन्द्रप्रसाद ओलीले आफ्नो २१ वर्षदेखिको अभियानको अनुभव, लागू पदार्थका घातक…
बिर्तामोड, २९ मंसिर । आजबाट सुरु हुने बिर्तामोड झापा कपको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले गर्ने भएका छन् । झापा ११ फुटबल क्लबले आयोजना गरेको प्रतियोगिताको उद्घाटन खेलमा त्रिभुवन आर्मी फुटबल क्लब र एलएक्स सिटी मोरङबीच प्रतिस्पर्धा हुनेछ । आज दिउँसो २ बजे बिर्तामोडको डोमालाल राजवंशी रंगशालामा प्रतियोगिता उद्घाटन हुने क्लबका अध्यक्ष जलकुमार गुरुङले जानकारी दिए । प्रतियोगितामा सिराहाको सलहेस युवा क्लब, काठमाडौँको एनआरटी फुटबल क्लब, चर्च ब्वाइज युनाइटेड, इटहरीको राष्ट्रिय जागृति क्लब सहभागी हुने भएका छन् । त्यस्तै, दार्जिलिङको जिटिए, काठमाडौँ जिल्ला लिग च्याम्पियन चित्लाङ फुटबल क्लब, रुपन्देहीको गोर्खा ब्वाइज स्पोट्र्स क्लब र झापा ११ सहभागी हुने भएका…
ताप्लेजुङ, २९ मंसिर । नेपाल पत्रकार महासङ्घ ताप्लेजुङ शाखाको आठौँ जिल्ला अधिवेशनले सुवास आर्चायको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ । शुक्रबार सम्पन्न अधिवेशनले आर्चायलाई सर्वसम्मत अध्यक्ष पदमा चयन गरिएको निर्वाचन समितिका संयोजक धर्मप्रसाद पौडेलले जानकारी दिनुभयो । यस्तै उपाध्यक्षमा सन्तोष पुर्कुटी र महिला उपाध्यक्षमा सङ्गीता कार्की चयन हुनुभएको छ । सचिवमा कृष्ण फुरुम्बो लिम्बू, सहसचिवमा साहारा लंवा लिम्बू र मनमाया लिम्बू (मनु) तथा कोषाध्यक्षमा मदन गौतम निर्वाचित भएको संयोजक पौडेलले बताउनुभयो । कार्यसमितिको सदस्यहरूमा सुनिता रसाइली, किरण विक, तरुण भारती, रञ्जना गुरुङ, दिलकुमार फेम्बो, तेन्जिङ शेर्पा, टीकामाया यक्सो र एलिना दियाली रहनुभएको छ । यसैगरी प्रदेश परिषद् सदस्यमा दिनेश…
इलाम, २९ मंसिर । नेपाल पत्रकार महासङ्घ इलाम शाखामा प्रेस चौतारी र नेपाल प्रेस युनियनको संयुक्त प्यानल विजयी भएको छ । अध्यक्षमा चौतारीका भिम प्रसाद चापागाईं निर्वाचित हुनुभएको छ । चापागाईँले ३५ मत प्राप्त गर्नु भएको छ । उहाँका प्रतिस्पर्धी प्रेस सेन्टरका रामकुमार लिम्बू योङ्हाङले ३२ मत प्राप्त गर्नु भएको छ । योङ्हाङ प्रेस सेन्टर, समाजवादी प्रेस सङ्गठन, प्रेस मञ्च लगायत स्वतन्त्र उम्मेदवार सहितको प्यानलबाट उम्मेदवार बन्नु भएको थियो । उपाध्यक्षमा युनियनका लोकेन थेबे निर्विरोध निर्वाचित हुनुभएको छ । महिला उपाध्यक्षमा सुनिता राई ४७ मत ल्याइ विजयी हुँदा उहाँका प्रतिस्पर्धी सृजना श्रेष्ठले २१ मत प्राप्त गर्नुभएको छ । सचिवमा टीका…
मोरङ, २९ मंसिर । मोरङको बेलबारी नगरपालिका–४ स्थितमा सवारी दुर्घटनाबाट १ जनाको मृत्यु भएको छ । मंसिर २८ गते साँझ मोरङको बेलबारी नगरपालिका–४ पुर्व पश्चिम लोकमार्गमा स्थितमा को १ ज ३३९९ नम्बरको म्याजिक भेनले पैदलयात्रीलाई ठक्कर दिंदा घाईते भएका पैदलयात्री बेलबारी–४ का ६५ बर्षीय लक्षुराम राईको उपचारको लागी कोशी अस्पताल बिराटनगर पुर्याउनसाथ मृत्यु भएको थियो भने चालक बेलबारी–५ का ४२ वर्षीय सूर्यबहादुर माझीलाई इलाका प्रहरी कार्यालय बेलबारीले नियन्त्रणमा लिएको छ ।
झापा, २९ मंसिर । नेपाल पत्रकार महासंघ झापा शाखाको अध्यक्षमा एकराज गिरी पुनः निर्वाचित हुनुभएको छ । शुक्रबार भएको निर्वाचनको गएराति आएको अन्तिम मत परिणाम अनुसार गिरी एक सय ३१ मतका साथ विजयी हुनुभएको निर्वाचन अधिकृत शिरो सान्दाइले जानकारी दिनुभयो । अध्यक्षका प्रत्यासी डिकेश लामाले ३४, राजेन्द्र गौतमले ३४ र टीकराम नेतीले चार मत ल्याउनुभएको छ । त्यस्तै, उपाध्यक्षमा सुब्रत न्यौपाने एक सय २२ मतका साथ निर्वाचन हुनुभएको छ । उपाध्यक्षका प्रत्यासी गणेशमान मुखियाले ८१ मत ल्याउनुभयो । महिला उपाध्यक्षमा बिनिता गौतम (विनिशा शर्मा) ले एक सय ६ मत ल्याएर निर्वाचित हुँदा उहाँकी निकटम् प्रतिस्पर्धी सुशीला संग्रौलाले ८९ मत ल्याउनुभएको…
झापा, २८ भदौ । विदेशी मुद्राको सञ्चिति रु २२ खर्ब ५५ अर्ब ३५ करोड बराबर पुगेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको चार महिनासम्मको विवरणानुसार विदेशी विनिमय सञ्चिति १० दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ । केन्द्रीय बैंकका अनुसार गत असार मसान्तमा रु २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चितिमा १० दशमलव पाँच प्रतिशतले वृद्धि भई गत कात्तिक मसान्तमा रु २२ खर्ब ५५ अर्ब ३५ करोड पुगेको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा रु १५ अर्ब २७ करोड रहेकामा गत कात्तिक मसान्तमा नौ दशमलव चार प्रतिशतले वृद्धि भई…
झापा, २८ मंसिर । साइबर अपराधको कसुरमा पक्राउ परेका दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले धरौटी छाड्न आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले बिहीबार प्रसाईंलाई ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो।तर नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका प्रवक्ता होबिन्द्र बोगटीले भने साइबर अपराधमा छुटे पनि आपराधिक लाभसम्बन्धी कसुरमा अनुसन्धान भइरहेकाले तत्काल नछुट्ने बताएका छन्।