
शिवसताक्षी, २९ मंसिर । प्रदेश स्तरीय प्रथम एसडिसी सुपरसिक्स क्रिकेट प्रतियोगिताको उपाधि ओल्डस्टार क्रिकेट क्लब भद्रपुरलाई हराउँदै आयोजक एसडिसी क्रिकेट क्लब दमकले उचालेको छ ।
झापाको शिवसताक्षीको झिलझिलेमा जारी प्रथम एसडिसी–सीइ सुपरसिक्स क्रिकेट प्रतियोगिताको फाइनलमा भद्रपुरले ४ उइकेट गुमाउँदै सय रनको तारगेटलाई ५ ओभर २ बलमा १ उइकेट गुमाउँदै आयोजकले लक्ष्य हासिल गरेको थियो ।
विजेता टिमले नगद ३० हजार र उपविजेता टिमले २० हजार नगद सहित सहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । उनीहरुलाई शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ्ग थोप्रा, वडा नं. ८ का वडाध्यक्ष सन्तकुमार फेउदिनले पुरस्कार प्रदान गरेका थिए ।
खेलको म्यान अफदी म्याच आयोजकको सुरज न्यौपाने घोषित भए । उनले ११ बलमा ३८ रन ल्याउन सफल भएका थिए । त्यस्तै सर्वोकृष्ट खेलाडी नुरी निसार, उत्कृष्ट व्याडमेन अंकित सुवेदी, उत्कृष्ट बलर अभिषेक लिम्बु, उत्कृष्ट फिल्डर सुरज न्यौपाने घोषित भए । उनीहरुले नगद सहित ट्रफी प्राप्त गरे ।
प्रतियोगितामा नगर प्रमुख मेगाहाङ्ग थोप्रा र वडाध्यक्ष सन्तकुमार फेउदिनले शुभकामना मन्तव्य राखेका थिए । प्रतियोगिता हिजो मंसिर २२ गते सुरु भएर आज सम्पन्न भएको हो । प्रतियोगितामा कोशी प्रदेशका १६ टिमले सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


