
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, ९ मंसिर । झापाको बिर्तामोड नगरपालिका–६ स्थित बुट्टाबारीमा आज साँझ मोटरसाइकल वर्कसपमा आगलागी हुँदा रू १५ लाख बराबरको क्षति भएको छ । अर्जुनधारा नगरपालिका–११ का दीपक राजवंशीले बिर्तामोड–६ बुट्टावारी चोकका आशिष वनको घरको सटर भाडामा लिएर मोटरसाइकल वर्कसपमा विद्युत् चुहिएर आगलागी हुँदा उक्त क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । आगलागीबाट वर्कसपमा मर्मतका लागि राखिएको स्कुटर एक थान, सुपर स्पेलेण्डर मोटरसाइकल एक थान, एयर कम्प्रेसर एक थान, मर्मतमा प्रयोग हुने विभिन्न औजार र उक्त कोठामा समेत क्षति करिब १५ लाख बराबरको क्षति भएको हो । आगलागी प्रहरी, स्थानीयबासी र बिर्तामोड नगरपालिका,…
झापा, ९ मंसिर । पहिचान नखुलेको सवारी साधनले ठक्कर दिँदा सुनसरीको इटहरीमा आज मोटरसाइकलमा सवार दम्पतीको मृत्यु भएको छ । इटहरी उपमहानगरपालिका–१७, बालग्राम चोकमा सवारीको ठक्करबाट संखुवासभाको धर्मदेवी नगरपालिकाका–३ का ३२ वर्षे युवराज गुरुङ र पत्नी ३२ वर्षीया टीका गुरुङको मृत्यु भएको प्रहरीले जनाएको छ । दम्पती चढेको को ३६ प ५६३७ नम्बरको मोटरसाइकललाई बालग्राम चोकमा सवारी साधनले ठक्कर दिएको थियो । कुन सवारीले ठक्कर दियो भन्ने खुलेको छैन । दुर्घटनामा गम्भीर घाइते दुवैको उपचारक्रममा धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो ।
झापा, ९ मंसिर । राष्ट्रपति रामचन्द्र पौडेलले स्थानीय तह उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिनुभएको छ । राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम मन्त्रिपरिषद्को निर्णय बमोजिम यही मङ्सिर १६ गते हुने उपनिर्वाचन सुरक्षित, भयरहित, निष्पक्ष एवम् शान्तिपूर्ण रूपमा सम्पन्न गर्न सेना परिचालन गर्न स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईद्वारा आज जारी विज्ञप्तिमा उल्लेख छ ।
कनकाई, ९ मंसिर । कनकाई नगर प्याब्सनको छैटौं साधारणसभा तथा तेस्रो अधिवेशन सम्पन्न भएको छ। आज सुरुङ्गामा भएको साधारणसभा तथा तेस्रो अधिबेशनबाट नयाँ नेतृत्व चयन भएको छ । अधिवेशनले अध्यक्षमा बिनोद उप्रेती सर्वसम्मत चयन गरेको छ । नव गठित समितिको सचिवमा गोकुल उप्रेती, कोषाध्यक्षमा विमान लामा तामाङ चयन हुनुभएको छ । त्यस्तै, सदस्यमा गोपाल संग्रौला, रोशन केसी (खत्री) सर्वसम्मत चयन हुनु भएको छ । यस निर्वाचनका लागि प्याब्सनका केन्द्रिय सदस्य एलपी उप्रेतीको संयोजकत्वमा निर्वाचन समिति समेत गठन गरिएको थियो । प्याब्सनका केन्द्रिय उपाध्यक्ष नारायण घिमिरेको प्रमुख आतिथ्यतामा सम्पन्न नगर अधिवेशन प्याब्सन नगर अध्यक्ष विनोद सुब्बाको सभापतित्वमा भएको थियो भने कोषाध्यक्ष…
झापा, ९ मंसिर । झापाको बिर्तामोडमा मेलमिलापकर्ताहरुका लागि प्रशिक्षक प्रशिक्षण सम्बन्धी तालिम उद्घाटन भएको छ । मेलमिलाप परिषद नेपालको आयोजनामा सञ्चालित तालिम आजदेखि शुरु भएको हो । सर्वोच्च अदालतका न्यायाधीश एवं मेलमिलाप परिषदका अध्यक्ष कुमार रेग्मीको प्रमुख आथित्यता तथा परिषदका सचिवालय प्रमुख अर्जुनप्रसाद कोइराला, झापा जिल्ला अदालतका प्रमुख न्यायाधीश उमेशप्रसाद लुइँटेल, माननीय न्यायाधीशहरु प्रकाश कुमार अधिकारी, महेन्द्रप्रसाद पोखरेल, नगेन्द्र केशरी पोखरेल, रामप्रसाद पौडेल, ऋतबहादुर पुलामीमगर, श्रेस्तेदार किरणकुमार सिंह, बार इकाई झापाका उपाध्यक्ष भीमप्रसाद बराल लगायत परिषदका उपसचिव नवराज दंगालको उपस्थिति रहेको तालिम मिति मंसिर ९ देखि १६ गतेसम्म आठ दिन सञ्चालन हुनेछ । प्रमुख अतिथि मेलमिलाप परिषद अध्यक्ष तथा सर्वोच्च…
झापा, ९ मंसिर । अदालतले दिएको म्याद सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार नै सकिएको थियो । काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमशः उनलाई काठमाडौँ र चितवन लाने प्रहरीको तयारी छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ । पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी…
झापा, ९ मंसिर ।इजरायली सेनाले उत्तरी गाजामा स्थल आक्रमण तथा बमबारीलाई तीब्र पारेको सँगै गाजामा पछिल्लो ४८ घण्टामा १०० बढी प्यालेस्टाइनी मारिएका छन् । इजरायलले घेरा हालेको क्षेत्रमा बमबारी तीब्र पारेसँगै दुई दिनमा कम्तिमा पनि १२० जना मारिएको प्यालेस्टाइनी स्वास्थ्य अधिकारीहरुले बताएका छन् । उनीहरुका अनुसार गाजा शहरको जिटोन उपनगरमा शुक्रबार रातभर एक आवासीय घरमा भएको आक्रमणमा कम्तिमा पनि ७ जना मारिए भने दक्षिणी गाजामा पनि उतिनै मानिस मारिएका छन् । इजरायली हवाई आक्रमणले मध्य गाजामा रहेको नुसीरत शरणार्थी शिविरसँगै रहेको अल फारुक मस्जिदमा समेत नोक्सान पुगेको छ । यस्तै, आंशिक रुपमा सञ्चालित अस्पतालमा भएको आक्रमणमा कयौं स्वास्थ्य कर्मचारी घाइते…
सुनसरी, ९ मंसिर । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाउनुभएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उहाँले रु ५० हजारको लागतमा तरकारीखेती गर्नुभयो । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय किसानले तरकारीको उचित मूल्य पाउन सकेका छैनन् । नेपालमा उत्पादन लागत बढी लाग्ने गरेका कारण तरकारीको मूल्य भारतीय तरकारीभन्दा महँगो पर्छ । भारतमा सस्तोमा बीउ तथा मलखाद पाउने भएकाले उत्पादन लागत कम हुँदा त्यहाँबाट आउने तरकारी सस्तोमा बिक्री हुने गरेको स्थानीय किसान गुलाबचन मेहताले बताउनुभयो ।…
झापा, ९ मंसिर । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ५२ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ १४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर एक सय ६८ रुपैयाँ ८६ र बिक्रीदर एक सय ६९ रुपैयाँ ६१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५१ रुपैयाँ ७५ पैसा र बिक्रीदर एक सय ५२ रुपैयाँ ४२ पैसा कायम गरिएको छ ।…
झापा, ९ मंसिर । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहनका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली भएको छभने बाँकी भागमा मौसम सफा रहेको छ । विभागका अनुसार आज दिउँसो कोशी र गण्डकी प्रदेशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी, र गण्डकी पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ । त्यसैगरी, आज राति कोशी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम सफा रहने छ । कोशी प्रदेशका पहाडी भागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना…