झापा, ९ मंसिर । अदालतले दिएको म्याद सकिएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आज पुनः अदालत पेस गरिँदै छ । सहकारी ठगी, सम्पत्ति र सङ्गठित अपराध मुद्दामा अनुसन्धानका लागि दिइएको पछिल्लो १३ दिनको म्याद शुक्रबार नै सकिएको थियो ।
काठमाडौँ र चितवनबाट पनि उनीविरुद्ध पक्राउ पुर्जी जारी भएकोले म्याद थप थपेर क्रमशः उनलाई काठमाडौँ र चितवन लाने प्रहरीको तयारी छ । काठमाडौँको कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलनमा पक्राउ पुर्जी जारी भएका पूर्व प्रहरी नायव महानिरीक्षक (पूर्वडीआइजी) छविलाल जोशीलाई काठमाडौँ लगेर बयान लिइसकिएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको रकम अपचलन आरोपमा प्रहरी हिरासतमा रहेका जोशीलाई काठमाडौँमा पनि जाहेरी परेपछि बयानका लागि लगिएको हो । यो प्रकरणमा रवि लामिछानेविरुद्ध समेत काठमाडौँ जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेकोले अब उनलाई पनि बयानका लागि काठमाडौँ लगिने भएको हो ।
एउटैखाले प्रकरणमा अर्का आरोपी कुमार रम्तेललाई बयान लिएर पुनः पोखरा ल्याइएको छ । यसअघि रुपन्देहीको सुप्रिम सहकारीको रकम अपचलन प्रकरणमा रुपन्देही लगेर जोशी र लामिछानेसँगै बयान लिइएको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।