झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ मंसिर । झापाका ऐतिहासिक धार्मिक तथा पर्यटकीय क्षेत्र सताक्षीधाममा आगामी मंसिर १४ गतेदेखि २४ गतेसम्म गोरक्षा महोत्सव तथा महायज्ञ–२०८१ हुने भएको छ । गौशलाका संरक्षक तथा अध्यक्ष आचार्य नन्दकिशोर भारद्धाजका अनुसार मसिर १४ गते अखण्ड हरिनाम संकीर्तन प्रारम्भ, १५ गते बालचतुर्दशी उत्सव सतबिउ रोपण, १६ गते बिद्धत सम्मेलन तथा भण्डारा, १७ गते अनुष्ठान प्रारम्भ, पञ्चकुन्डिय श्री रुद्र महायज्ञ तथा ५१ फिट अग्लो रुद्राक्षको पार्थिव शिवलिंगमा बिशेष अर्चना, रुद्री पाठ तथा श्रीलिंग महापुराण प्रारम्भ हुनेछन् । यसैगरी, मंसीर १८ गतेदेखि नियमित पञ्चक्ण्डीय महायज्ञ तथा रुद्री पाठ एवं श्री लिंग महापुराण प्रवचन, २० गते झापाका सामुदायिक बिद्यालयका छात्रहरुबाट गोरक्षाको आवश्यकतामाथि…

Read More

झापा, ११ मंसिर । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई हिरासतमा फिर्ता ल्याइएको छ । उपचार गराउन वीर अस्पतालमा भर्ना गरिएका उनलाई हिरासतमा फिर्ता ल्याएको हो । आइतबार साँझ प्रसाईंलाई वीर अस्पतालमा भर्ना गरेको थियो । उपचारपछि उनलाई प्रहरी वृत्त सिंहदरबारको हिरासतमा फिर्ता गरिएको केन्द्रीय साइबर ब्युरोका एक अधिकृतले जनाएका छन् । क्यान्सरको बिरामी प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतका न्यायाधीश कमला पौडेलले उचित उपचारको प्रबन्ध गर्न प्रहरीलाई निर्देशन दिएकी थिइन् । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध फर्जी कागजात तयार गरेर सामाजिक सञ्जालमा हालेको कसुरमा साइबर ब्युरोले प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन अन्तर्गत अनुसन्धान गरिरहेको छ । अदालतले उनलाई थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न…

Read More

झापा, ११ मंसिर । देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका थोरै स्थानहरूमा हल्का हुस्सु लागेको छ । आज दिउसो कोशी, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षा साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राति कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली…

Read More

झापा, ११ मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदरअनुसार सोमबारको तुलनामा अमेरिकी डलर, अष्ट्रेलियन डलर, क्यानेडियन डलर, सिङ्गापुर डलर, चिनियाँ युआन, साउदी अरेबियन रियाल, थाई भाट, हङ्कङ डलर र ओमानी रियालको मूल्य घटेको छ । त्यस्तै, युरोपियन युरो, युके पाउण्ड स्ट्रलिङ, स्वीस फ्रयाङ्क, स्वीडिस क्रोनरको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ५७ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १७ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४१ रुपैयाँ ०८ पैसा…

Read More

झापा, १० मंसिर । पूर्वीनाका काँकडभिट्टाबाट चालु आर्थिक वर्ष २०८१/८२ को प्रथम त्रैमासिक अवधिमा रु सात अर्ब ८२ करोड ५५ लाख चार हजारको कृषि बाली भारत निर्यात भएको छ । आयातको तुलनामा कृषि वस्तुको निर्यात सात गुणा बढी रहेको प्लान्ट क्वारेन्टाइन कार्यालय काँकडभिट्टाले जनाएको छ । उक्त त्रैमासिक अवधिमा पूर्वीनाका काँकडभिट्टाबाट रु ७९ करोड ६३ लाख १० हजारको कृषि बाली आयात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार रु चार अर्ब ४८ लाखको चिया, रु एक अर्ब ५५ करोडको अलैँची, रु एक अर्ब पाँच करोडको प्लाई तथा भेनियर, रु ३३ करोड ९६ लाखको अम्लिसो रु २० करोड ५५…

Read More

झापा, १० मंसिर । झापाको कमल गाँउपालिकाबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । कमल–७ का ३८ वर्षीय सन्देश बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधी लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले उक्त घर चेकजाँच गर्दा ट्रामाडोल ४९३ पत्ता, स्पासेन ५०३ पत्ता, डेकोलिक ४२ पत्ता फेला परेकाले बरामद गरेको छ । बरामद औषधिसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।

Read More

झापा, १० मंसिर । अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ । तीमध्ये अधिकांश दर्तारसूचीकरण नगरी सञ्चालित छन् । मिडियाअन्तर्गत दर्ता÷सूचीकरण नभई सञ्चालित सामाजिक सञ्जाल प्रयोगकर्तालाई काउन्सिलले अनुसन्धान गरी कारबाही गर्न नेपाल प्रहरी (साइबर ब्युरो) मा पत्राचार गरेको छ । काउन्सिलले पछिल्लो समयमा कुनै मिडियासँग सम्बद्ध भएका र नभएका सामाजिक सञ्जाल विशेष गरी युट्युब च्यानल तथा फेसबुक पेजबाट सम्प्रेषित सामग्रीको विशेष अनुगमन गरिरहेको छ । सो क्रममा सामाजिक सञ्जालबाट घृणा तथा द्वेष फैलाउने किसिमबाट अपुष्ट, आधारहीन, एकपक्षीय आरोपसहितका सामग्रीमाथि अनुगमन भइरहेको सहप्रवक्ता…

Read More

झापा, १० मंसिर । चालु आर्थिक वर्ष २०८१–०८२ को पहिलो चौमासिकमा आन्तरिक राजश्व कार्यालय भद्रपुर झापाले लक्ष्यको ८३.३८ प्रतिशत राजश्व सङ्कलन गरेको छ । झापाको माई पूर्व तथा इलाम, पाँचथर र ताप्लेजुङ जिल्ला सेवा क्षेत्र रहेको कार्यालयले चालु आ। व। को पहिलो चौमासिक साउन, भदौ, असोज र कात्तिक महिनामा कुल ८६ करोड ३३ लाख ६७ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यो लक्ष्य एक अर्ब तीन करोड ५४ लाख ३४ हजारको ८३।३८ प्रतिशत रहेको प्रमुख कर अधिकृत कृष्णचन्द्र काफ्लेले जानकारी दिनु भयो । यस अवधिका कार्यालयले आयकरतर्फ २९ करोड ३६ लाख ७१ हजार, घर बहाल कर ४७ लाख ६०…

Read More

शिवसताक्षी, १० मंसिर । झापाको शिवसताक्षीमा लैंगिक हिंसा विरुद्धको १६ दिने अभियान सुरु भएको छ । आज शिवसताक्षी नगरपालिका वडा नं. २ को वडाकार्यमा एक कार्यक्रम गरी अभियानको सुरुवात गरिएको हो । शिवसताक्षी नगरपालिकाको आयोजना तथा कारितास नेपालको सहकार्यमा १६ दिने अभियान सञ्चालन गरिएको शिवसताक्षी नगरपालिका महिला तथा बालबालिका शाखाले जनाएको छ । कार्यक्रममा नगरप्रमुख नरमायाका कार्कीले महिलाहरुलाई गरिने हिंसाको विरुद्ध एक जुट भएर लाग्नु पर्ने बताइन् । महिलाहरुमाथि सामाजिक क्षेत्रमा, यात्राका क्रममा घरमा, सार्वजनिक ठाउँहरुमा गरिने दूव्र्यवहार र हिंसालाई न्युनिकरण गर्न सबै नागरिक समाज लाग्नु पर्र्ने उनको भनाई थियो । नगरपालिका, प्रहरी कार्यालयमा दिनहुँजसो महिला महिलामाथि गरिने हिंसाको निवेदन…

Read More