झापा, १० मंसिर । झापाको कमल गाँउपालिकाबाट प्रतिबन्धित औषधिसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कमल–७ का ३८ वर्षीय सन्देश बस्नेतले आफ्नै घरमा प्रतिबन्धित औषधी लुकाई छिपाई राखेको छ भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय दमक र अस्थायी प्रहरी पोष्ट बाह्रघरेबाट खटिएको प्रहरी टोलीले उक्त घर चेकजाँच गर्दा ट्रामाडोल ४९३ पत्ता, स्पासेन ५०३ पत्ता, डेकोलिक ४२ पत्ता फेला परेकाले बरामद गरेको छ । बरामद औषधिसहित उनलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।