झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, २० कात्तिक । नेपाल मधेसी समाज सेवा समितिले झापाको बिर्तामोड–३ स्थित बिर्ताबजारमा यस बर्ष पनि छठ पूजा आयोजना गरेको छ । आज मंगलबार साँझ पूजा स्थलस्थित अदुवा किनारमा पत्रकार भेटघाट गरी पूजाको तयारीका बिषयमा जानकारी गराइएको हो । यस बर्ष छठ पूजाका लागि २ सय पन्डाल तयार अन्तरगत ४ सय ब्रतालुहरुका लागि डाला तयार गरिएको गरिएको नेपाल मधेसी समाज सेवा समितिका अध्यक्ष रामेश्वर मण्डलले जानकारी दिए ।आर्थिक अवस्था कमजोर भएका बिपन्न ब्रतालुहरुका लागि निःशुल्क डालाको ब्यवस्था गरिएको समेत अध्यक्ष मण्डलले बताएका छन् । छठ पूजाका लागि अदुवा खोलाको किनारको सडकमा ८५० मिटरसम्म सडकमा बिद्युतिय बत्ति बालिएको छ । बत्तिबालेसँगै…

Read More

कनकाई, १९ कात्तिक । झापाको कनकाई नगरपालिका–५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक वालकको घटनास्थलमै मृत्यु भएको छ । आज सोमवार विहान १०ः४० बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेको स्थानीय विनोद पाठकको ६ बर्षिय छोरा सोहन पाठकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ । ठक्कर दिने मोटरसाइकल चालक सोही स्थानमा बस्ने बर्ष २६ को आजात आलम मोटरसाइकल छाडेर फरार भएका छन् । उनको खोजी कार्य तीब्र बनाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक किरण मोक्तानले बताउनुभयो ।

Read More

कनकाई,१८ कात्तिक । झापाको कनकाई नगरपालिकाका नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले नेपालीहरुको दोस्रो ठुलो चाड तिहार , छ्ट , तथा नेपाल सम्वतको अवसरमा सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ। नगर प्रमुख पोखरेलले महान पर्व भाइटीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना पनि गर्नुभएको छ । नगर प्रमुख पोखरेलले समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना’, समेत भन्नुभएको छ। उहाँले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको पनि बताउनुभएको थियोे । भाइटीकाको अवसरमा आज शुभकामना दिँदै उहाँले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको बताउनु भएको…

Read More

झापा, १८ कात्तिक । आज बिहान ६ः०५ बजे फिदिम नगरपालिका–४ स्थित मेची राजमार्गको डब्लु हाउसमा पाँचथरको च्याङ्थापुबाट इलामतर्फ आउँदै गरेको पाँचथर याङवरक–१ निवासी २६ वर्षीय सुबास गुरुङद्वारा चलाइएको डबल क्याब पिकअप आफैँ अनियन्त्रित भई सडकबाट करिब ६० फिट तल झर्‍यो र दुर्घटना भयो। दुर्घटनामा पाँचथर याङवरक–१ च्याङ्थापु बिरुवा निवासी ३ वर्षीया सलक्षना राईको टाउकोमा सामान्य चोट लागेको र अवस्था सामान्य रहेको छ। सोही ठाउँका २० वर्षीया सृष्टि राईको नाकमा सामान्य चोट देखिएको छ तर बाहिरी चोट देखिएको छैन र अवस्था सामान्य छ। ५४ वर्षीय सन्तोष राईको शरीर सामान्य दुखेको छ तर बाहिरी चोट देखिएको छैन, र अवस्था सामान्य छ। ४४…

Read More

बझाङ, १८ कार्तिक । अरिङ्गालले टोक्दा बझाङमा दुई बालकको मृत्यु भएको छ । थलारा गाँउपालीका वडा नम्बर-२ घर भएका ३ वर्षका सुरवीर खाती र ५ वर्षका सिया खातीको मृत्यु भएको त्यहाँका वडा अध्यक्ष रवीन्द्र खातीले रेडियो नेपाललाई जानकारी दिनुभएको छ । ७ वर्षकी सुमि खाती उहाँकी आमा डम्मरा खाती र बजैको पनि अरिङ्गालको टोकाई वाट शक्त घाइते भएका छन् । उनीहरू सबै एउटै घरपरिवारका सदस्य हुन । घाइते सुमि खातीको अवस्था पनि गम्भीर रहेको वडा अध्यक्ष खातीले जानकारी दिनुभयो । शनिवार घर नजिकै मेलामा घाँस काटिरहेको अवस्थामा अरिङ्गालले टोक्दा दुवै जना बच्चाहरूको स्थानीय दङ्गाजी स्वास्थ्य चौकी ल्याउँदै गर्दा मृत्यु भइसकेको…

Read More

महोत्तरी, १८ कात्तिक।महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलकी दिदीबहिनीहरूले आज आ–आफ्ना दाजुभाइको दीर्घायुको कामना गर्दै भैयादुज पर्व मनाउँदै छन् । यमपञ्चक अर्थात दीपावली पर्वको अन्तिम तथा पाँचौ दिन कात्तिक शुक्ल द्वितीया तिथिमा दिदीबहिनीले दाजुभाइलाई निम्त्याएर पूजन गर्ने मैथिल परम्परा छ । मिथिलामा यस पर्वलाई भैयादुज, भरद्वितीया र भातृद्वितीया पनि भन्ने चलन छ । यो पर्वमा विवाहित दिदीबहिनीले दाजुभाइलाई आफ्नै घरमा आउन निम्ता गर्छन् । अविवाहित दिदीबहिनी र दाजुभाइको एउटै घर हुने हुँदा स्वनिवासमै यो पर्व मनाउने परम्परा रहँदै आएको छ । यमपञ्चकमा पर्वत मूलका र मैथिल हिन्दूको पर्व मनाउने विधि र तरिका केही फरक भएपनि पौराणिक कथावस्तु भने एउटै देखिन्छ । सत्ययुगमा राजा…

Read More

झापा, १८ कार्तिक । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । आजको दिनलाई यमद्वितीया पनि भनिन्छ । दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाउने गरिन्छ । दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भट्टराईले जानकारी दिनुभयो ।…

Read More

झापा, १८ कार्तिक । झापाको मेचीनगरबाट लागू औषध खैरो हेरोइनसहित एकजनालाई प्रहरीले पक्राउ गरेको छ। शनिबार बेलुका मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितमा लागू औषध नियन्त्रण व्यूरो काँकरभिट्टा झापाबाट खटिएको प्रहरी टोलिले भारतको पानीट्याङ्कीबाट पैदल नेपाल तर्फ आउदै गरेको कनकाई नगरपालिका(६ का ३४ वर्षीय बिक्रम हस्दालाई शंका लागी निजको शरीर तलासी लिँदा मलद्धारमा प्लाष्टिक सहित ६ ९छ० ग्राम ७४० ९सातसय चालिस० मिलिग्राम, प्लाष्टिक बाहेक ५ ९पाँच० ग्राम ६०० ९छ सय० मिलिग्राम लागू औषध ९खैरो हेरोइन० जस्तो देखिने पदार्थ फेला परेको हुदाँ लागुऔषध सहित नियन्त्रण गरी आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

Read More

झापा, १८ कात्तिक । दमक नगरपालिका वडा नं। ९ शान्ति चोकमा ७१ वर्षीय राजेन्द्र शाहले मापसे गरेको अवस्थामा आफ्नै श्रीमतीमाथि धारिलो हतियार प्रहार गरी घाइते बनाएका छन्। कात्तिक१६ गते राति ५९ वर्षीया दिलमाया ठकुरीमाथि दुबै खुट्टामा आक्रमण भएपछि उनी घाइते भएकी हुन्। इलाका प्रहरी कार्यालय दमकमा घटनाबारे जानकारी १७ गते बिहान १० बजे प्राप्त भएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर घाइते दिलमायालाई उपचारका लागि निम्स अस्पताल दमक पठाएको थियो। हाल उनको अवस्था बोल्नसक्ने र मध्यम रहेको जनाइएको छ। घटनामा संलग्न राजेन्द्र शाहलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Read More

कनकाई, ९ कात्तिक । रोटरी क्लबका एजी कुमारमणि पोखरेलले पोलियोलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। विश्व पोलियो दिवसको अबसरमा झापाको बिर्तामोडमा बिहीवार निकालिएको सचेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनु भएको हो। हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइने गरिएको छ। इलामसहित झापाका विभिन्न रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष डक्टर आनन्दराज खनालले जानकारी दिनुभयो । ‘किप नेपाल पोलियो फ्री’ भन्ने मुल नारासहित विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लबहरुले बिर्तामोडमा संयुक्त सचेतनामुलक प्रभातफेरी निकालिएको थियोे । प्रभातफेरीमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ सुरुङ्गा ,काँकरभिट्टा,…

Read More