
कनकाई, ९ कात्तिक । रोटरी क्लबका एजी कुमारमणि पोखरेलले पोलियोलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा जोड दिनुभएको छ। विश्व पोलियो दिवसको अबसरमा झापाको बिर्तामोडमा बिहीवार निकालिएको सचेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले सो कुरा बताउनु भएको हो। हरेक वर्षको अक्टोबर २४ मा यो दिवस विश्वभरि मनाइने गरिएको छ।
इलामसहित झापाका विभिन्न रोटरी क्लबहरुले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेको रोटरी क्लब अफ काँकरभिट्टाका अध्यक्ष डक्टर आनन्दराज खनालले जानकारी दिनुभयो ।
‘किप नेपाल पोलियो फ्री’ भन्ने मुल नारासहित विश्व पोलियो दिवसको अवसरमा रोटरी क्लबहरुले बिर्तामोडमा संयुक्त सचेतनामुलक प्रभातफेरी निकालिएको थियोे ।
प्रभातफेरीमा रोटरी इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ अन्तर्गतका रोटरी क्लब अफ सुरुङ्गा ,काँकरभिट्टा, भद्रपुर, बिर्तामोड, बिर्तामोड मिडटाउन, दमक, मेचीनगर र इलामका क्लबका सदस्यहरुको सहभागिता रहेको रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष लुवनाथ उप्रेतीले जानकारी दिनुभयो ।
बिर्तामोडस्थित मुक्तिचोक परिसरबाट ’बाईबाई पोलियो, शान्त बसौँ र पोलियोको शिकार नबनौँ, पोलियोको अन्त्य गरौँ, ‘किप नेपाल पोलियो फ्रि’ ‘विश्व पोलियो दिवस सफल पारौँ’ लगायतका नारा लेखिएका प्लेकार्ड र ब्यानरसहित विभिन्न सचेतनामुलक नारा लेखिएका र रोटरीको लोगो अंकित टिसर्ट र क्याप लगाएर निस्केका सहभागीहरुले शनिश्चरेरोड, हिकोलारोड, काँकरभिट्टारोड, भद्रपुररोडसहित बिर्तामोड बजारको मुख्य भागको परिक्रमा गरिएको थियोे ।
बजार परिक्रमापछि सोही स्थानमा आएर र्याली संक्षिप्त सभामा परिणत भएको थियो । रोटरी क्लबका एजी पोखरेलले संक्षिप्त सभालाई सम्बोधन गर्दै रोटरीले सामाजिक क्षेत्रमा पुर्याएको योगदानको खुलेर चर्चा गर्नुभएको थियो ।
कार्यक्रमको समापनमा बोल्दै एजी पोखरेलले पोलियोलाई अन्त्य गर्न सबै एकजुट हुनुपर्नेमा बारम्बार जोड दिनुभएको हो।उहाँले पोलियो उन्मूलनका लागि रोटरीले महत्वपूर्ण भूमिका खेलिरहेको जानकारी गराउनुभएको थियोे । कार्यक्रममा एजी सुजन प्रधान, विनोद बस्नेत रोटरी क्लब अफ सुरुङ्गा अध्यक्ष उप्रेती सहित डिल्लीराम मैनाली , सोम उप्रेती तथा अन्य सम्पूर्ण पदाधिकारी , सुरुङ्गा रोट्रयाक्ट क्लबहरूका सदस्यहरु सहित अन्य रोटरीयन र रोट्रयाक्टका सदस्यहरुको सहभागिता रहेको थियो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



