झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३ मंसिर । देशभर पश्चिमी वायु तथा पहाडी भू–भागमा स्थानीय वायुको सामान्य प्रभाव कायम रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । विभागका अनुसार हाल देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ भने कोशी र गण्डकी प्रदेशका पहाडी भू-भागका एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । आज राति कोशी र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहने छ ।

Read More

झापा, २ मंसिर । चारआली साना सहरी खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको अध्यक्षमा राजन चिमरिया निर्वाचित हुनु भएको छ । निर्वाचनमा नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको अलग–अलग प्यानल थियो । माओवादी केन्द्रको प्यानलबाट चिमरिया चुनावी मैदानमा हुनुहुन्थ्यो । संस्थाको एउटा सदस्य पदबाहेक सबै पदमा चिमरियाको प्यानलले जित हासिल गरेको छ । उहाँको प्यानलमा रास्वपा, राप्रपा र जसपा सहभागी थियो । अध्यक्ष पदका उम्मेद्वार राजन चिमरियाले ९११ मत पाउनु भएको छ । अध्यक्ष पदका अरु उम्मेद्वाहरुले ल्याएको मतभन्दा बढी मत चिमरियाले पाउनुभयो । नेपाली काँग्रेसका बालकुमार विष्टको २७२ र एमालेका सन्तोष मेचेको ४९३ मत प्राप्त गर्नुभएको थियो ।…

Read More

झापा, २ मंसिर । साउदी अरेबियाले यस वर्ष एक सयभन्दा बढी विदेशीलाई मृत्युदण्ड दिएको एएफपीको तथ्याङ्कले जनाएको छ । यो सङ्ख्याले तीव्र वृद्धिलाई सङ्केत गरेको छ र यसलाई एक अधिकार समूहले अभूतपूर्व बताएको छ । पछिल्लो मृत्युदण्ड शनिबार दक्षिण पश्चिमी क्षेत्र नजरानमा, खाडी राज्यमा लागुऔषध तस्करी गरेको आरोपमा यमनका एक नागरिकलाई दिइएको आधिकारिक साउदी प्रेस एजेन्सीले जनाएको छ। राज्य मिडिया रिपोर्टहरूबाट सङ्कलित तथ्याङ्कअनुसार यसले सन् २०२४ मा मृत्युदण्ड दिइएका विदेशीहरूको सङ्ख्या एक सय एक पु¥याएको छ । यो सन् २०२३ र २०२२ को तथ्याङ्कको लगभग तीन गुणाभन्दा बढी हो । साउदी अधिकारीहरूले ती प्रत्येक वर्ष ३४ विदेशीलाई मृत्युदण्ड दिएका थिए…

Read More

कनकाई, २ मंसिर । मंसिर १६ गते हुने स्थानीय तहको उप–निर्वाचनका लागि झापाको कनकाई नगरपालिका–६ मा नौ जनाले वडाध्यक्षका लागि उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । आगामी मंसीर १६ गते हुने उप–निर्वानका लागि आज उम्मेद्वारहरुले मनोनयन दर्ता गराएका हुन् । नेकपा (माओवादी केन्द्र) बाट गणेशबहादुर थापा, नेकपा एेमालका तर्फबाट तुलाराम बस्नेत, नेपाली कांग्रेसका तर्फबाट रामगोपाल ओली, स्वतन्त्रका तर्फबाट लक्ष्मीप्रसाद ओली, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट नारायणप्रसाद निरौलाले उम्मेद्वारी मनोनयन दर्ता गराएका छन् । त्यसैगरी, नागरिक उन्मुक्ति पार्टीका तर्फबाट जमुना राजवंशी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका तर्फबाट दलबहादुर श्रेष्ठ, मंगोल नेशनल अर्गनाइजेशनका तर्फबाट पदमबहादुर तामाङ र जनमत पार्टीकाका तर्फबाट सुकलाल राजवंशीले उम्मेद्वारी मनोनयन…

Read More

झापा, २ मंसिर । इटहरीको खनार नजिकै शान्ति चौकमा बसको ठक्करबाट एकजनाको घटनास्थलमै मृत्यु भएको छ । इटहरी बाट विराटनगरतर्फ जाँदै गरेको मे १ ख ४५७४ नम्बरको बसले ठक्कर दिँदा साइकल यात्रीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको पहिचान खुल्न बाँकी छ । दुर्घटना गराएर भागेको बसलाई सुनसरी–मोरङ सिँचाई आयोजनाको पुलनजिकै स्थानीयले आगो लगाएका छन् । आगजनीबाट बस पूर्णरूपले जलेको छ । दुर्घटनापछि आक्रोसित बनेका स्थानीयले बसलाई खानर चोकमै रोकेर आगो लगाएका हुन् । बसमा आगजनी हुन थालेपछि यात्रुहरु निस्किएर भागेका थिए । अहिले यस क्षेत्रमा अवस्था तनावग्रस्त बनेको छ ।

Read More

बिर्तामोड, २ मंसिर । नेपाली कांग्रेस केन्द्रीय सदस्य एवं एकसय दिने अभियानका लागि झापा प्रतिनिधि दिपक गिरीले पार्टीले थालेको अभियानले संगठन बलियो बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ । नेपाली कांग्रेस झापाको बैठक एवं सयदिने अभियान अन्तरर्गत जिल्ला पार्टी कार्यालयमा आयोजित बृहत भेलालाई सम्बोधन गर्दै नेता गिरीले अभियानका क्रममा अभिमुखीकरण कार्यक्रम, सांगठनिक अवस्था, सदस्यता नवीकरण र नयाँ वितरण प्रक्रिया, बैठक, सम्मेलन, कार्यतालिका, अभिलेखीकरण, भातृ तथा शुभेच्छुक संघसंस्थाको क्रियाशिलता, स्थानीय सरकार पार्टी र जनप्रतिनिधिबीचको समन्वय, समसामयिक मुद्दा, महासमिति बैठकबाट पारित विषय, सरकार गठन र दलीय सहकार्य, पार्टीले लिएका अडान र जनसरोकारका बिषयमा पार्टीले अवलम्बन गर्नुपर्ने सन्दर्भका बारेमा बृहत छलफल हुने बताउनुभयो…

Read More

बिर्तामोड, २ मंसिर । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले दुई जना बिरामीलाई आर्थिक सहयोग गरेको छ । समाजले आज (आइतवार) दुवै मृर्गौला खराव भएर उपचाररत र अर्का प्यालाइसिस रोगी दशनामी बन्धुलाई सहगोग गरेको हो । समाजको नगर समितिले गत तिहारमा आयोजना गरेको देउसीभैलो अर्थात आर्थिक संकलन कार्यक्रमबाट संकलित रकमबाट उनीहरुलाई आर्थिक सहयोग गरेको छ । मृर्गौला रोगी भक्तबहादुर भारतीलाई बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा पुगेर ११ हजार एक सय र प्यारालाइसिस रोगी राजन गिरीको घरमै पुगेर ५ हजार एक सय रुपैयाँ नगर समितिले आर्थिक सहयोग गरेको छ । झापाको मेचीनगर–४ बाहुण्डाँगी घर भई दुवै मृर्गौला खराव भएर आफुसँग भएको सवै जायजेथा…

Read More

झापा, २ मंसिर । झापाको भद्रपुरबाट लागुऔषध ब्राउनसुगरसहित एकजनालाई प्रहरीले आज पक्राउ गरेको छ। आज दिउँसो भद्रपुर नगरपालिका वडा नं. ०३ झोलुङ्गे पुलबाट बिशेष सुराकीको आधारमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी र प्रहरी चौकी मेचीपारीबाट खटीएको प्रहरी टोलीले भारतबाट नेपाल तर्फ आउदै गरेका सोही स्थानका २७ वर्षीय विनायक थुलुङ राईलाई चेकजाचँ गर्दा निजले लगाएको जिन्सको हाफ पाइन्टको दाहिने साइडको गोजीमा प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको प्रतिबन्धित लागु-औषध ब्राउन सुगर प्लाष्टिक सहित ४ ग्राम ३३० मिलिग्राम र प्लाष्टिक बाहेक ३ ग्राम ९१० मिलिग्राम फेला परेकोले नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा राखि थप अनुसन्धान कार्य भइरहेको छ।

Read More

बनियानी, २ मंसिर । झापाका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै घटनामा चार जनाको मृत्यु भएको छ । झापाको बाह्रदशी गाउँपालिकामा, झापा गाउँपालिकामा, बिर्तामोड नगरपालिका र दमक नगरपालिकामा भएको छुट्टाछुट्टै घटनामा एक÷एक जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । शनिबार राति ९ः२० बजे बाह्रदशी–५ फुलबारीका २६ वर्षीय मानकुमार राजवंशीले सोही स्थानका ४५ वर्षीय गंगालाल माझीलाई पुरानो रिसीविको कारण विवाद गरेर फलामको रडले टाउकोमा प्रहार गरेपछि गंगालालको मृत्यु भएको छ । मानकुमारलाई फलामको रडसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखेर थप अनुसन्धान भइरहेको प्रवक्त चन्दले बताउनुभयो । यस्तै, गत कात्तिक २८ गतेदेखि घर…

Read More

दमक, २ मंसिर । गएराति झापाको दमक नगरपालिका–३ दिपज्योति टोलमा जंगली हात्तीको आक्रमणबाट सोही स्थानका ४५ वर्षी मीनबहादुर भण्डारीको मृत्यु भएको छ । हात्तीले सोही स्थानका सुबिन भट्टराईको भान्सा घर भत्काउन लाग्दा छिमेकी भण्डारीले हात्ती धपाउन खोज्दा एक सय मिटरसम्म हात्तीले लखेटी लछार–पछार पारी मारेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकले अनुसन्धान थालेको छ ।

Read More