झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

विराटनगर, १६ असोज । मोरङ, सुनसरी र उदयपुर जिल्लाको ३ छुट्टा छुट्टै स्थानहरुबाट प्रतिबन्धित लागु औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । असोज १५ गते विराटनगर महानगरपालिका-१५ स्थितमा भारतबाट नेपाल तर्फ आउँदै गरेका मोरङ सुन्दर हरैँचा नगरपालिका-४ का २१ बर्षीय बिवेक ऋषिदेवलाई लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीले Nitrazepam Tablet -१०० चक्की सहित नियन्त्रणमा लिएको छ । यसैगरी प्रहरी चौकी लालपत्ता उदयपुरबाट चेकजाँचमा खटिएको प्रहरी टोलीले लहानबाट गाईघाट तर्फ आउँदै गरेको प्र.२-०३-००१ज ०११४ को विङगरलाई चेकजाँच गर्दा गाडीमा सवार त्रियुगा नगरपालिका-१० का २० बर्षीय संगम भुजेल र २२ बर्षीय संगम राईको साथबाट २७ एम्पुल प्रतिवन्धित लागुऔषध…

Read More

झापा, १६ असोज । झापाको गौरीगञ्ज गाउँपालिका–३ का ३६ वर्षीय रामकुमार गिरीको करेन्ट लगाएर माछा मार्ने क्रममा मृत्यु भएको छ । असोज १५ गते घर नजिकै रहेको भान्द्रा खोलामा माछा मार्न पानी तान्ने मोटरको तार खोलेर खोलामा लगाउँदा करेन्ट लागेर घाइते भएका गिरीलाई उपचारका लागि लाइफ लाइन अस्पताल दमक लैजाने क्रममा बाटैमा नै मृत्यु भएको हो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय झापाबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, १६ असोज । झापाको बिर्तामोड नगर क्षेत्रमा बजार अनुगमन शुरु भएको छ । बिर्तामोड नगरपालिकाले जिल्ला प्रशासन कार्यालय र खाद्य गुणस्तर विभाग, उद्योग वाणिज्य संघ लगायत विभिन्न संघ संस्थाको सहभागितामा बजार अनुगमन सुरु गरेको हो ।

Read More

शिवसताक्षी, १६ असोज । झापाको दुधे बजारमा वडा दशैंको उपलक्ष्यमा मिनी महोत्सव लाग्ने भएको छ । स्थानीय दूधे बजार विकास समितिको आयोजनामा दुधेको विहीबारे हाटको खुल्ला ठाउँमा मिनी महोत्सवको आयोजना गरिएको दुधे बजार विकास समितिले जनाएको छ । महोत्सव आगामी आश्विन १८ गतेबाट २६ गतेसम्म मिनी मेलाको आयोजना गरिएको हो । दूधे बजारमा लाग्ने साप्ताहिक हाटलाई असर नपर्ने गरी मिनी मेला बेलुकी ६ बजेदेखि ९ बजेसम्ममा सञ्चालन हुने आयोजक दूधे बजार विकास समितिका अध्यक्ष सन्तोष थोप्राले जानकारी दिए । उनका अनुसार महोत्सवमा समाजमा बर्जित गरिएका जुवा, तास, डाइस जस्ता विकृति फैलाउने खेलहरु भने समावेस गरिएको छैन । बालबालिका लागि स–साना…

Read More

सिरहा, १६ असोज । ग्राहकको स्वास्थ्यमाथि पटकपटक खेलवाड गरेको भन्दै लहानको माखन भोग होटललाई खाद्य तथा गुण नियन्त्रण कार्यालयले रु। २० हजार जरिवाना गरेको छ । लहान नगरपालिकाका उपप्रमुख रामचलितर महतोको नेतृत्वमा मङ्गलबार गरिएको बजार अनुगमनका क्रममा उक्त होटलका समोसामा कीरा फेला परेपछि जारिवाना गरिएको हो । उपप्रमुख महतोको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, राष्ट्रिय उपभोक्ता मञ्चसहितको संयुक्त टोलीले अनुगमन गरेको हो । अनुगमन टोलीले कृष्णा सप्लायर्समा पनि लाखौँ मूल्य बराबरका म्याद गुज्रिएको पेयपदार्थ फेलापरेको छभने ऋषिजल पानी कम्पनीले ‘मिनरल वाटर’को मूल्य बढी राखेर उपभोक्तालाई बिक्री गर्ने गरेको फेला पारेको छ । कृष्णा सप्लायर्सलाई…

Read More

झापा, १६ असोज । देशभर मनसुनी वायुको प्रभाव रहेको छ। भारतको उत्तर–पूर्व असम र आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधरणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ । कोशी प्रदेशका केही स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका थोरै स्थानहरू…

Read More

भद्रपुर, १६ असोज । भद्रपुर नगरपालिका वडा नम्बर–७ को वडा कार्यालयले नवगठित टोल विकास संस्थाका अध्यक्षहरुसँग अन्तरक्रिया गरेको छ । वडा कार्यालयले मङ्गलबार आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा वडाअध्यक्ष अभिषेक ढुङ्गानाले टोलमा गर्नुपर्ने काम,कर्तव्य र अधिकारका वारेमा जानकारी गराएका थिए । विकास भनेको सडक, विजुली , पानी मात्र नभइ व्यक्तित्व विकास, घरेलु उद्योग लगायत स्वरोजगार बन्नु चाही दीर्घकालीन विकास भएको उनको धारणा थियो । टोलमा देखिएका सामान्य समस्या टोलबाट नै समाधान गर्न र बाँकी कामहरुका लागि वडा तथा नगरसँग समन्वय गरी टोललाइ जसरी भएपनि समृद्ध र सुन्दर वनाउन उनले अनुरोध गरेका थिए । बार्षिक कार्ययोजना बनाएर कार्यक्रम गर्ने र आकस्मिक वाहेक…

Read More

शिवसताक्षी, १५ असोज । झापाको शिवसताक्षी नगरपालिकाले आज शिवगञ्ज बजार अनुगमन गरेको छ । चाडबाड नजिकै गर्दा बजारमा म्याद गुज्रिएका अखाद्य बस्तुहरुको विक्री वितरण हुने गरेको पाइएपछि नगरपालिकाले अनुगमन सुरु गरेको हो । आज गरिएको शिवगञ्ज बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्यागुज्रिएका अखाद्य बस्तुहरु फेला परेको शिवसताक्षी नगरपालिकाले जनाएको छ। शिवगञ्ज बजारमा शिवशक्ति ट्रेडर्सको बोर्ड राखिएर किराना पसल गरेको पाइएको छ । उक्त पसलमा २० थान कोल्ड ड्रिङ्क्स, ५ केजी लालमोन लगायतका खाद्य सामाग्रीहरु म्याद गुज्रिएको अवस्थामा फेला परेको छ। उक्त सामाग्रीहरु नगरपालिकाले डिस्पोज गरेको जनाएको छ । पसल सञ्चालक विजय शाहका अनुसार हाल किराना भएको सटहरमा पहिले टेडर्स रहेकाले…

Read More

धनकुटा, १२ असोज । धनकुटाको पाख्रीबास नगरपालिका-५ गुरासे देवीथान स्थितमा पहिरोमा परी २ जनाको मृत्यु भएको छ । असोज १२ गते बिहान अरिवल बर्षातको कारण पाख्रीबास-५ का सन्तोष तामाङको घरमा माथीबाट पहिरो झर्दा किचिएर उनको ३२ बर्षीया श्रीमती आशा तामाङ र सासुआमा ५० बर्षीया राम कुमारी तामाङको घटना स्थलमा नै मृत्यु भएको छ । घटनाको जानकारी प्राप्तहुना साथ तत्काल जिल्ला प्रहरी कार्यालय धनकुटाबाट प्रहरी उपरीक्षक श्याम सिंह चौधरी सहितको टोली खटि उद्धारको क्रममा पुरिएको मृत अवस्थमा दुई जनाको शव फेला पारेको हो भने घाईते अवस्थामा सोही घरमा रहेकी छिमेकी  २४ बर्षीया मिन माया तामाङलाई उपचारको लागि जिल्ला अस्पताल धनकुटा पठाईएको छ…

Read More

बिराटनगर, १२ असोज । इलामको माई नगरपालिका-८ सेते खोलाले बगाएर १ जना बृद्धको मृत्यु भएको छ भने खोलाले बगाएर झापामा ३ जना र मोरङमा १ जनाको मृत्यु भएको छ  । असोज ११ गते दिउँसो माईनगरपालिका-८ का ६८ बर्षीय मैत बहादुर लिम्बु खोला तर्ने क्रममा खोलाले बगाएको अवस्थामा स्थनिय मानिसहरुले फेला पारी उद्धार गरी उपचारको लागी लैजाने क्रममा उनको बाटोमा नै  मृत्यु भएको थियो । सोही दिन झापाको कचनकवल गाउँपालिका-१ स्थित जमुवा खोला तर्ने क्रममा स्थानिय पन्चु राजवंशीको १४ बर्षीया छोरी नेहारिका राजवंशीलाई बगाई बेपत्ता बनाएको छ यसै गरी कमल गाउँपालिका-१ का ३५ बर्षीय टिकाराम चौधरी कृष्ने खोलामा माछा मार्ने क्रममा खोलामा डुबी बेपत्ता भएका छन…

Read More