
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
भद्रपुर, ९ असोज । झापाको भद्रपुरमा दुर्गा पूजाको तयारी बारे आज छलफल गरिएको छ । भद्रपुर नगरपालिकाको सभाहलमा सरोकारवालाबीच छलफल गरिएको हो । दशकौँदेखि भद्रपुरस्थित दुर्गा मन्दिरमा गरिँदै आएको पूजालाई यस वर्ष अझ भव्य, परिस्कृत कसरी बनाउन सकिन्छ ? भन्ने बारेमा छलफल भएको थियो । घटस्थापनादेखि विजयादशमीसम्म तिथि अनुसार गरिने पूजा विधिका बारेमा जानकारी गराइएको थियो । नगरप्रमुख गणेश पोखरेलले भद्रपुरमा गरिने दुर्गापूजा हरेक वर्ष विशेष रहँदै आएको उल्लेख गर्दै यस वर्ष पूजालाई अझ भव्य बनाउने गरी जुट्न सबै आग्रह गरे ।
शिवसताक्षी, ९ असोज । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला नवौं अधिवेशन शिवसताक्षीको झिलझिलेमा एक भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको छ । शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्गडम पार्कमा एक भव्य कार्यक्रम गर्दै अधिवेशनको उद्घाटन गरिएको हो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेले पानसमा दिप प्रज्जवल गरेर उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थेवेले नेपालको युवा आन्दोलनको नमुना सन्देशको लान सक्ने नेतृत्व चयन गर्नु पर्ने बताए । उनले राष्ट्रिय युवा संघले नेपालका युवाहरुलाई सही मार्ग निर्देशन, सही बाटोमा डो¥याउँदै नेपालको युवा अन्दोलनलाई एउटा उचाई पु¥याएर नेतृत्व गर्ने संगठनको केन्द्रिय कमिटीले ल्याएका योजनाहरु, विभिन्न कार्यक्रमहरु, युवाका आन्दोलन…
झापा, ९ असोज । झापा मिडिया कप २०८१ को खेल तालिका सार्वजनिक गरिएको छ । बुद्धशान्ति प्रेस क्लबले आयोजना हुन लागेको प्रतियोगितामा आयोजक बुद्धशान्तिसहित अर्जुनधारा, मेचीनगर, कनकाई र भद्रपुर प्रेस क्लबले प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पत्रकार मञ्च दमक र खेलकुद पत्रकार मञ्च झापा सहभागी हुनेछन् । असोज १७ गते सुरु हुने प्रतियोगिताको तालिकाअनुसार उद्घाटन खेलमा आयोजक बुद्धशान्ति र अर्जुनधारा प्रेस क्लबले प्रतिस्पर्धा गर्नेछन् । सोही दिन पहिलो चरणका अन्य ३ खेल हुनेछ । जसअन्तर्गत आयोजक कनकाई प्रेस क्लबले भद्रपुर प्रेस क्लबसँग र मेचीनगर प्रेस क्लबले दमक पत्रकार मञ्चसँग खेल खेल्नेछ । नेपाल खेलकुद पत्रकार मञ्च झापा शाखा भने सिधै…
चन्द्र बस्नेतकनकाई, ९ असोज । बालबालिकाको समस्या निवारणमा सधैं लागिपर्ने कनकाई नगर प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउनुभएको छ।बुधबार आज कनकाईमा बालबालिकासँग मेयर कार्यक्रममा बालबालिकाले राखेको जिज्ञासाको जवाफ दिदै नगर प्रमुख पोखरेलले सो कुरा बताउनुभएको हो। उहाँले बालमैत्री वातावरणमा बालबालिकाको अधिकार तथा हकहितको संरक्षण, संवद्र्धन, सम्मान, प्रवद्र्धन र परिपूर्ति गर्न स्थानीय सरकार प्रतिबद्ध रहेको बताउनुभएको थियो । नगरभरि रहेका सामुदायिक तथा निजी विद्यालयका विद्यार्थी एवम् शिक्षक– शिक्षिका सहभागी रहेकोे कार्यक्रममा विद्यार्थीहरुले आफुहरुले भोगेका समस्याहरुका बारेमा नगर प्रमुखलाई जानकारी गराएका थिए । कार्यक्रममा कनकाई–६ मा रहेको चम्फापुर माध्यमिक विद्यालयमा कक्षा–६ मा अध्ययनरत सिम्रन तामाङले विद्यालयमा फोहोर मैलाको उचित व्यवस्थापन गर्न नसकिएको सौचालयमा गुड्का…
बिर्तामोड, ९ असोज । भारतीय ट्रकमा आगजनी गरेको अभियोगमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा पक्राउ परेका दुर्गा प्रसाईँलाई रिहाइको माग गर्दै झापामा दुईवटा भारतीय ट्रकमा आगजनी गरिएको थियो । पक्राउ पर्नेमा दुर्गा प्रसाईले गठन गरेको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’ र त्यसको युवा संगठन नागरिक प्रतिरक्षा बल (पीडीएफ) का नेता कार्यकर्ता रहेका छन् । प्रहरीले मंगलबार नागरिक प्रतिरक्षा बलका जिल्ला संयोजक भीम तुम्बापोलाई झापाको धरमपुरबाट नियन्त्रणमा लिएको थियो । बिर्तामोडबाट मंगलबार नै अभियानकर्मी सुरेश चौधरी पक्राउ परेका थिए । यसैगरी हल्दीबारी गाउँपालिका–९ का बिवश लिम्बू , हल्दीबारी–१ वीरबहादुर गुरुङ, खेमराज दाहाल, अर्जुनधारा नगरपालिका–९ का…
बिर्तामोड नगरपालिकाको राष्ट्रिय परिचय पत्रको फोटो खिच्ने कार्य स्थगन गरिएको सूचना !
झापा, ९ असोज । चट्याङ लागेर २ जनाको मृत्यु भएको छ । असोज ८ गते दिउँसो साढे १२ बजे रंगेली नगरपालिका–९ का लुखीराम हेमरमको श्रीमती २७ बर्षीय साक्रो हेमरम खेतमा घाँस काट्दै गरेको अवस्थामा चट्याङले लाग्दा उनको घटनास्थलमै मृत्यु भएको छ । त्यस्तै, सोही राति १० बजे मिक्लाजुङ गाउँपालिका–३ स्थितमा घर बनाउन गएका मिस्त्री झापा दमक नगरपालिका–४ का ३६ बर्षीय कुमार मोते घर बाहिर उभिएको अवस्थामा चट्याङले लागेर घाइते भई उपचारको लागि दमक अस्पताल लगिएकोमा अस्पताल पुर्याउनासाथ उनको मृत्यु भएको थियो ।
बिर्तामोड, ९ असोज । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्था लि.को १२ औं वार्षिक साधारण सभा अन्तरगत आज सदस्य सेवा केन्द्र धुलाबारीको इकाइगत साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष सुब्रत न्यौपानको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन संस्थाका सल्लाहकार संयोजक सावित्राकुमारी लिम्बूले गर्नुभएको थियो । कार्यक्रममा सेवा केन्द्र अन्तरगतका उत्कृष्ट सदस्यलाई सम्मान गरिएको छ । उत्कृष्ट कर्जा कारोबारकर्ता भीमकुमार विष्ट, उत्कृष्ट आवधिक बचतकर्ता रविना बस्नेत, उत्कृष्ट साधारण बचतकर्ता भीमप्रसाद पौडेल, उत्कृष्ट शिक्षा बचतकर्ता आर्यन÷ आरुष मेचे, गत एसईईमा उत्कृष्ट नतिजा ल्याउने पुष्पकमल रिजाल र सौरभ दियालीलाई सम्मान गरिएको हो । संस्थाका अध्यक्ष सुब्रत न्यौपानले वार्षिक प्रगति…
झापा, ९ असोज । राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी सम्मान, सद्भाव र सहिष्णुताको भावना जागृत गर्दै मुलुकको विविधतालाई संरक्षण गर्दै आएको बताएका छन् । जितिया पर्वका अवसरमा शुभकामना व्यक्त गर्दै उनले नेपाली मौलिक सांस्कृतिक सम्पदाको सम्वर्द्धन गर्न सबै जुट्नुपर्नेमा जोड दिए । साथै उनले संस्कारयुक्त आदर्श सामाजिक वातावरण सिर्जना गर्न र सदाचार जीवनशैली अपनाउनका लागि यस्ता चाडपर्वको गरिमालाई सम्मानजनक बनाई निरन्तरता दिनु आवश्यक देखिएको बताए । जितिया पर्व विशेषगरी नेपालको तराई क्षेत्रमा बसोबास गर्ने थारु तथा मधेसी समुदायका महिलाद्वारा आफ्ना सन्तानको दीर्घायु, सुस्वास्थ्य, सफलता एवं पारिवारिक सुखशान्तिका लागि भगवान्को पूजा आराधना गर्दै मनाइने पर्व हो ।…
झापा, ९ असोज । एक महिनाभित्र सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको दुई सय ७० दशमलव तीन मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिने भएको छ । लामो समयदेखि विवाद रहँदै आएको सिन्धुपाल्चोकको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको एक सय दुई मेगावाट तथा रसुवाको रसुवागढी जलविद्युत् आयोजनाको उत्पादित एक सय ११ मेगावाट, माथिल्लो साञ्जेनको १४ दशमलव आठ मेगावाट र साञ्जेन जलविद्युत् आयोजनाको ४२ दशमव पाँच मेगावाट विद्युत् एक महिनाभित्र राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री खड्काले आज रसुवाका विभिन्न जलविद्युत् आयोजना, प्रसारण लाइन तथा सवस्टेशनको स्थलगत निरीक्षण गर्दै निर्माण ढिला हुँदा दैनिक करोडौँ बराबरको…