
शिवसताक्षी, ९ असोज । राष्ट्रिय युवा संघ नेपाल झापा जिल्ला नवौं अधिवेशन शिवसताक्षीको झिलझिलेमा एक भव्य कार्यक्रमका साथ उद्घाटन गरिएको छ ।
शिवसताक्षीको झिलझिले स्थित वाटर किङ्गडम पार्कमा एक भव्य कार्यक्रम गर्दै अधिवेशनको उद्घाटन गरिएको हो । राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय अध्यक्ष क्षितिज थेवेले पानसमा दिप प्रज्जवल गरेर उद्घाटन गरेका थिए ।
उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष थेवेले नेपालको युवा आन्दोलनको नमुना सन्देशको लान सक्ने नेतृत्व चयन गर्नु पर्ने बताए । उनले राष्ट्रिय युवा संघले नेपालका युवाहरुलाई सही मार्ग निर्देशन, सही बाटोमा डो¥याउँदै नेपालको युवा अन्दोलनलाई एउटा उचाई पु¥याएर नेतृत्व गर्ने संगठनको केन्द्रिय कमिटीले ल्याएका योजनाहरु, विभिन्न कार्यक्रमहरु, युवाका आन्दोलन मुद्धा, उदेश्यलगायत सम्पूर्ण विषयहरुलाई निराकरण गर्न सक्ने नेतृत्व यो अधिवेशनले चयन गर्ने छ ।
उनले भने, झापाको युवाहरुलाई सही दिशामा अगाडी बढाएर समृद्ध नेपाल र सुखी नेपालीको परिकल्पनाको अभियान्ता बनाएर एमालेको महान अभियान पुरा गर्न सक्ने गरी नेतृत्व चयन गर्ने अपेक्षा गरेको छु ।
अधिवेशनको उद्घाटन सत्रमा राष्ट्रिय युवा संघ नेपाल केन्द्रिय कमिटी उपाध्यक्ष कृष्ण हरि विसी, महासचिव सुमन पुरी, नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष प्रेम गिरी, प्रदेश कमिटी सचिवलाय सदस्य तथा संघीय सांसद एलपी साँवा लिम्बु, नेकपा एमाले झापा जिल्ला इन्चार्ज रोमनाथ ओलीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।
अधिवेशन निर्धारित समय भन्दा २६ महिना पछि भएको हो । कार्यक्रममा झलक बहादुर गन्दर्भद्वारा जनवादी गीत समेत प्रस्तुत गरिएको थियो । कार्यक्रममा नेकपा एमालेका केन्द्रिय कमिटी सदस्य, प्रदेश कमिटी सदस्य, जिल्ला कमिटी अध्यक्षसहित सदस्यहरुको उपस्थिति रहेको थियो ।
नेपाल राष्ट्रिय युवा संघ झापा जिल्ला संयोजक फुर्वा लामाको अध्यक्षतामा भएको अधिवेशन भोली १० गते सम्म चल्ने छ भने अहिले बन्द सत्र स्तगित भएको बताइएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



