
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १० मंसिर । आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो । त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रुपियाँमा किनबेच भइरहेको छ । आन चाँदी तुलनामा प्रतितोला एक सय…
कचनकवल, १० मंसिर । कचनकवल गाउँपालिकामा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान अन्तर्गत ‘न्यायमा पहुँच सम्बन्धी अन्तरक्रिया कार्यक्रम’ आजबाट सुरु भएको छ। “हामी सबैको प्रतिबद्धताः लैङ्गिक हिंसा अन्त्यका लागि एक्यवद्धता” भन्ने मूल नारासहित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको आयोजनामा कचनकवल वडा नं. ७ को सभाहलबाट औपचारिक रूपमा अभियानको शुभारम्भ भएको हो। उद्घाटन सत्रमा गाउँपालिका अध्यक्ष, उपाध्यक्ष, स्थानीय नेतृत्व, महिला समूह, तथा विभिन्न सामाजिक सङ्घसंस्थाका प्रतिनिधिहरूको उपस्थिति थियो ।अभियानको पहिलो दिन आजको अन्तरक्रिया कार्यक्रममा लैङ्गिक हिंसा, यसको समाधानका उपाय, तथा न्यायमा पहुँच अभिवृद्धि गर्ने विषयमा छलफल गरिएको छ। कार्यक्रम कचनकवल गाउँपालिकाका उपाध्यक्षको अध्यक्षतामा सञ्चालन भएको थियो। प्रमुख अतिथि कचनकवल गाउँपालिकाका अध्यक्ष…
बिर्तामोड, १० मंसिर । बिर्तामोड नगरपालिका-६ बुट्टाबारी स्थित सरस्वती माध्यमिक विद्यालयमा ‘लागुऔषध दुर्व्यसन र मादक पदार्थ सेवन विरुद्द सचेतनामुलक कार्यक्रम’ सम्पन्न भएको छ । निर्माणधिन बुट्टाबारी-प्याकुरेल चोक सडक खण्डको ठेकेदार कम्पनी आरपी साप समता जेभीको आयोजनामा सडकमा काम गर्ने प्राविधिक, मजदुर, शिक्षक र विद्यार्थीको सहभागितामा जनचेतना मुलक कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा बोल्दै कार्यक्रमकी प्रमुख अतिथि नगर प्रमुख पवित्रा महतारा प्रसाईले लागुऔषधमा लागेर समाजमा धेरै युवाहरुले आफ्नो जीवन बर्बाद बनाएको बताउनु भयो । उहाँले लागुऔषध, मादकपदार्थ तथा सूर्तीजन्य पदार्थ नियन्त्रणका लागि सबै जागरुक हुनु पर्ने बताउनु भयो । यस्तै नगर उप प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले अवाञ्छित क्रियाकलाप गर्ने मान्छे…
बिर्तामोड, १० मंसिर । झापाका बिर्तामोड नगरपालिकाको वडा नं. ६ को दुई भिन्न स्थानमा आगलागी हुँदा करिब २५ लाख बराबरको क्षति भएको छ । बिर्तामोड–६ बुट्टाबारीमा मोटरसाइकल वर्कसप र सोही वडाको मसाले टोलमा टिपरमा आगलागी हुँदा रू २५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गएराति १ः४० बजे बिर्तामोड–६ मसाले टोलस्थित अर्जुन थलानको परालको थुप्रोमा अचानक आगलागी हुँदा नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखिएको सक्षम निर्माण सेवाको बा.०३–००१ क ०३३१ नम्बरको टिपरमा आगलागी भएको छ । आगलागीबाट उक्त टिफरको अगाडीको भाग जलेर नष्ट हुँदा करिब रू १० लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका…
झापा, १० मंसिर । झापाको शिवसतक्षी नगरपालिका–११ स्थित सताक्षीधाम परिसरमा ५१ फिट अग्लो रुद्राक्ष शिवलिंग निर्माण भइरहेको छ । आगामी मंसिर १४ देखि २४ गतेसम्म हुने ‘श्रीसताक्षी गोरक्षा महोत्सव–२०८१’ को अवसरमा यहाँ उक्त शिवलिंग निर्माण थालिएको हो । आज धाम परिसरमा आयोजित पत्रकार भेटघाटमा धर्मसंस्कृतिको रक्षासँथै धार्मिक पर्यटन प्रबद्र्धन गर्ने उद्देश्यले ५१ फिट शिवलिंग निर्माण गर्न लागिएको श्रीसताक्षीधाम गोलोक गोवर्धन गौशालाका संरक्षक एवम् संस्थापक अध्यक्ष नन्दकिशोर भारद्वाजले बताउनुभयो । “शिवलिंग निर्माण लागि एक करोड २५ लाख वटा रुद्राक्ष प्रयोग हुनेछ”, उहाँले भन्नुभयो, “धामपरिसरमा रहेका धर्मानुरागीहरुले रुद्राक्ष फलामको तारमा उन्ने काम गरिरहनुभएको छ ।” शिवलिंग निर्माणमा रू १५ देखि २० लाख…
बिर्तामोड, १० मंसिर । गएराति बिर्तामोड नगरपालिका–६ मसाले टोल स्थित अर्जुन थलानको परालको थुप्रोमा के कुन कारण अचानक आगलागी हुँदा नजिकै रहेको पञ्चसेवा ग्यारेजमा मर्मत गर्न राखेको सक्षम निर्माण सेवाको बा ०३ ००१ क ०३३१ नम्बरको टिफरमा समेत आगलागी भएको छ । टिफरको अगाडीको भाग जली नष्ट हुँदा अन्दाजी १० लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । अगो प्रहरी र स्थानीय मानिसहरुले निभाएका थिए ।
झापा, १० मंसिर । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आइतबारको तुलनामा यूरोपियन यूरो, स्वीस फ्रयाङ्क, कुवेती दिनारलगायतको मूल्य घटेको छ । त्यस्तै, युके पाउण्ड स्टर्लिङ, क्यानेडियन डलर, साउदी अरेबियन रियाल, साउथ कोरियन वन, स्वीडिस क्रोनर लगायतको भने मूल्य बढेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ ८२ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ ४२ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४० रुपैयाँ ४६ पैसा र बिक्रीदर एक सय ४१ रुपैयाँ ०८ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ६८…
कञ्चनपुर, १० मंसिर । जङ्गली हात्तीले घर भत्काए पछि लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन् । घरभित्र राखेको अन्नपात केही हात्तीले खाइदिएको छ । बचेको अन्न, लत्ताकपडा बोकेर उनी छिमेकीको घरमा शरण लिन पुगेका हुन् । “दिउँसो घर बारी रेखदेखका लागि आउने गरेका छौँ”, उनको भनाइ छ, “साँझ नपर्दै छिमेकीको घरमा शरण लिन पुग्छौँ ।” हात्तीको बथान अझै आउने डरले कडाराले एक साताअघिदेखि घरमा बस्न छाडेका छन् । घरभित्र राखिएको आठ बोरा धान खाएको उल्लेख गर्दै उनले लत्तापकडा च्यातचुत पार्ने कार्यसँगै भाँडाकुँडा सबैमा हात्तीले खुट्टामुनि राखेर पिच्काएर कामै नलाग्ने बनाएको बताए । कडारा…
झापा, १० मंसिर । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनका लागि मतदान स्थल उपलब्ध गराइदिन निर्देशन दिएको छ । आयोगले यही मंसिर १३ देखि १६ गते मतदान सम्पन्न नभएसम्म मतदान स्थलको रूपमा कायम भएका स्थान उपलब्ध गराइदिन आग्रह गरेको हो । आयोगले मतदान स्थल कायम भएका सामुदायिक विद्यालय, निजी विद्यालय, वडा कार्यालय, स्वास्थ्य संस्था, सामुदायिक भवन, औद्योगिक प्रतिष्ठान, सार्वजनिक स्थल निर्वाचन प्रयोजनका लागि उपयोग गर्ने व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मार्फत उपनिर्वाचन हुने सबै स्थानीय तहलाई निर्देशन दिएको हो । आयोगको आइतबारको बैठकले स्थानीय तहको उपनिर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र मितव्ययी रूपमा…
झापा, १० मंसिर । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । जसअनुसार सोमबार बिहान कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रहेको छ। बाँकी भूभागमा भने मौसम मुख्यतया सफा रहँदा तराईका थोरै स्थानहरुमा हल्का हुस्सु लागेको महाशाखाको भनाइ छ । यस्तै दिउँसो कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भूभागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ । यस्तै कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । यस्तै राति कोशी प्रदेश,…