
झापा, १० मंसिर । आज नेपाली बजारमा सुनको मूल्यमा भारी गिरावट आएको छ । आज सुनको मूल्य तोलामा १५ हजार नौ सय रुपियाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
महासङ्घका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५१ हजार तीन सय रुपियाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन आइतबार सुन प्रतितोला एक लाख ६७ हजार दुई सय रुपियाँमा कारोबार भएको थियो ।
त्यसैगरी, चाँदीको मूल्य पनि घटेको छ । आइतबार प्रतितोला एक हजार नौ सय ६० रुपियाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार आठ सय ४५ रुपियाँमा किनबेच भइरहेको छ । आन चाँदी तुलनामा प्रतितोला एक सय १५ रुपियाँ घटेको हो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



