
झापा, १५ वैशाख । अर्जुनधारा नगरपालिका क्षेत्रमा लागुऔषध कारोबार भइरहेको सूचनाको आधारमा प्रहरीले पाँच जनालाई नियन्त्रणमा लिएको छ।
इप्रका अनारमनीबाट खटिएको प्रहरीले झापाको अर्जुनधारा नगरपालिका-११ स्थित चियाबगान क्षेत्रबाट लागुऔषध कारोबार भइरहेकाको जानकारी पाएपछि छापा मार्दा प्लास्टिक बाहेक १२ ग्राम १० मिलिग्राम ब्राउन सुगर जस्तो लागुऔषध पदार्थसहित पाँच जनालाई नियन्त्रणमा लिएको हो । पक्राउ परेका सबैलाई थप अनुसन्धानका लागि इप्रका अनारमनीमा राखिएको छ ।
पक्राउ पर्नेमा बिर्तामोड नगरपालिका-३ का २२ वर्षीय विश्व राजवंशी, अर्जुनधारा नगरपालिका ४ का २६ वर्षीय सनम खड्का, अर्जुनधारा नगरपालिका ५ का २९ वर्षीय ध्रुव कुमार दनुवार, अर्जुनधारा नगरपालिका ११ का २९ वर्षीय मन्दिप राई
र अर्जुनधारा नगरपालिका ११ का ३४ वर्षीय उमेश तामाङ रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
पक्राउ परेका उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



