झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

चारआली, २९ गते । झापा मेचीनगर नगरपालिका-१ का राजन चिमरियाले ३ सय बिपन्न परिवारलाई निस्शुल्क धारा जडान गरिदिने संकल्प गर्दै चुनावी मैदानमा उत्रेका छन् । चारआली साना शहरी तथा खानेपानी सरसफाई संस्थाको आसन्न निर्वाचनमा साझा प्यानलको तर्फबाट अध्यक्षका प्रत्यासी चिमरियाले बिजयपछि ३ वर्षमा ३ सय बिपन्न परिवारका घरमा निस्शुल्क धारा बितरण गरिदिने अठोट गरेका हुन् । संस्थाको आगामी मङ्सिर १ गते निर्वाचनका लागि प्रतिबद्धतासहित मत माग्दै घरदैलो अभियानमा मैदानमा उत्रेका चिमरियाले उक्त संकल्प गरेका हुन् । आर्थिक रुपमा सबल हुने वर्गले शुद्ध पिउँने पानी उपभोग गर्ने र कमजोर आयश्रोत भएका बिपन्न परिवारका सदस्यको आर्थिकसँगै र स्वास्थ्योवस्था पनि कमजोर हुने भएकाले…

Read More

कनकाई, २८ कत्तिक । झापाको कन्काई नगरपालिका दुर्गापुरकी बिन्दा उप्रेती ओली यतिबेला क्यान्सर रोगसँग लडिरहेकी छन्। स्तन क्यान्सरबाट पीडित उहाँलाई छ वटा किमो चढाइसकिएको छ।आर्थिक अवस्था कमजोर रहेकाले उहाँको उपचारमा समस्या भएको छ। डाक्टरको सल्लाह बमोजिम उपचार भइरहे पनि केमोसँगै शल्यक्रिया समेत गर्नुपर्ने भएकाले उहाँलाई आर्थिक सहयोगको आवश्यकता रहेको छ। आफन्त र परिवारको सहयोगमा हालसम्म उपचार भएपनि थप उपचारका लागि आर्थिक अभाव भएको परिवारले जनाएको छ।अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सर निको हुने सम्भावना बढी हुने चिकित्सक बताउँछन् । तर क्यान्सर रोगको उपचार पद्धति महँगो भएकाले त्यसको पहुँचमा पुग्न धेरै रकमको आवश्यकता पर्छ। बिन्दाको उपचारमा सहयोग गरेर नयाँ जीवन दिन आफन्तजनले…

Read More

सुनसरी, २८ कार्तिक । सुनसरीको धरान उप-महानगरपालिका-१७ खैरेनी स्थित सुप्रिम एग्रिकल्चर कृषि फर्मबाट लागुऔषध गाँजा सहित फर्मका संचालक मनिराज राईलाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते राती कृषि फर्ममा लागु औषध गाँजाको कारोबार भई रहेको छ भन्ने विशेष सूचनाको आधारमा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर र इलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले फर्मको कोठामा १० वटा प्लास्टिकको बोरामा लुकाई छिपाई राखेको अवस्थामा ३०७ किलोग्राम गाँजा बरामद गरेको हो । फर्मबाट गाँजा बरामद भए संगै फर्म संचालक धरान-१३ का४४ बर्षीय मनिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरीरहेको छ ।

Read More

झापा, २८ कार्तिक । झापा र मोरङबाट लागुऔषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ । कार्तिक २७ गते झापाको मेचीनगर नगरपालिका-६ स्थितमा लागुऔषध नियन्त्रण व्युरो काँकरभिट्टाबाट खटएको प्रहरी टोलीले चेक जाँचको क्रममा तनहुँ व्यास नगरपालिका-१० का २८ बर्षीय उत्सव पौडेल, काठमाण्डौ टोखा नगरपालिका-३ का ४० बर्षीय अर्जुन राज पाण्डेलाई ८ ग्राम ६१० मिलिग्राम र रौतहट गरुडा नगरपालिका-५ का २१ बर्षीय रमोध राय यादवलाई ८ ग्राम ७९० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने लागुऔषध नियन्त्रण व्युरो विराटनगरको प्रहरी टोलीले बिराटनगर महानगरपालिका-१५ स्थितबाट सुनसरी धरान-१४ का २४ बर्षीय सुशिल भुजेललाई निषेधि औषधी लुपिजेसिक, एभिल र डाइजेपाम समेत गरी १५६…

Read More

निसान निरौलाकनकाई, २४ कात्तिक । ‘खोल्सीको सुन’ उपनामले चिनिने नगदेबाली अलैंचीको भाउ प्रतिमन लाख रुपैयाँ नजिक पुगेको छ । विक्री गर्ने मुख्य सिजनमै राम्रो भाउ आएपछि इलाम, पाँचथर, ताप्लेजुङलगायत पूर्वी पहाडी जिल्लाका किसान उत्साही देखिएका छन् । अहिले इलामका बजारमा अलैंचीको भाउ प्रतिमन (४० किलो) ९२ हजारदेखि ९८ हजार रुपैयाँसम्म छ । इलाम उद्योग वाणिज्य संघ अध्यक्षसमेत रहेका बिब्ल्याँटेका व्यापारी कृष्ण पौडेलले पुच्छर काटेको ठूलो दानालाई गुणस्तरीय मान्ने गरिएको बताउनुभयो । ‘अचेल अलैंचीको गुणस्तर हेरेर मूल्य दिन थालिएको छ,’, ‘राम्रो अलैंचीको राम्रो भाउ छ ।’ पौडेलको भनाइ रहेकोे थियोे । उहाँले २०७९ सालमा प्रतिमन ३२ हजार रुपैयाँमा कारोबार भएको अलैंचीको…

Read More

शिवसताक्षी, २४ कात्तिक । झापा शिवसताको दुधेमा रहेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले १८ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ । संस्थाले आज विभिन्न विधामा सहकारीका सदस्यहरुलाई सम्मान गर्दै आफ्नो वार्षिक साधारण सभा सम्पन्न गरेको हो । संस्थाले वार्षिक साधारण सभाको अवसर पारेर संस्थामा शेयर सदस्यहरु १३ जनालाई सम्मान गरेको खुद्रा बचत तथा ऋण सहकारी संस्थाले जनाएको छ । सम्मानित हुनेहरुमा जेष्ठ सदस्यहरुतर्फ छविलाल पाठक, डिकबहादुर बुढाथोकी, रन्जनादेवी जवेगु, र डम्बरकुमारी ढकाल रहेका छन । त्यस्तै असल बचत कर्ता तर्फ भीमबहादुर थाम्सुहाङ्ग, रुद्र बजगाई, असल ऋणीतर्फ मनिकुमारी नेम्वाङ्ग, खगेन्द्र उप्रेतीलाई सम्मान गरिएको संस्थाका अध्यक्ष नारायणप्रसाद बजगाईँले जानकारी दिए…

Read More

झापा, २४ कात्तिक । आफ्नै गोरुले हानेर झापा गौरादहमा एकजनाको मृत्यु भएको करिव एक सातापछि छिमेकीको राँगोले हान्दा कन्काई नगरपालिका–५ तल्लो चप्रामारीकी एक महिला सख्त घाइते भएकी छन् । हिजो दिउँसो २ बजे तल्लो चप्रामारी टोल बस्ने गादु मियाले आफ्नो राँगो घर अगाडि खेतमा बाँधेकोमा सो राँगोले डोरी चुँडाएर छिमेकी ५० वर्षीया सरस्वती पराजुलीलाई हानेको हो । घाइते पराजुलीको कम्मरमुनिको भाग नचल्ने भएको छ । उनको बीएण्डसी अस्पताल बिर्तामोडमा उपचार भइरहेको र अवस्था मध्यम रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले बताए । यसअघि कात्तिक १४ गते आफ्नै गोरुले हानेर गौरादहमा एक जनाको मृत्यु भएको थियो भने अर्का घाइते…

Read More

झापा, २३ कात्तिक । जलस्रोत तथा सिंचाइ राज्यमन्त्री पूर्णबहादुर तामाङ ९कान्छाराम० को कान्छाराम कन्स्ट्रक्सनसहित एक दर्जन बढी कम्पनी कालोसूचीमा परेका छन्। प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सूचना निकाल्दै १३ वटा कम्पनीलाई एक वर्षदेखि साढे दुई वर्षसम्म कालो सूचीमा राखेको हो। कालोसूचीमा पर्नेमा ऊर्जा, जलस्रोत तथा सिंचाइ राज्यमन्त्री एवम् नेपाली कांग्रेस रामेछापका सभापतिसमेत रहेका पूर्णबहादुर तामाङ ९कान्छाराम० मुख्य व्यक्ति रहेको कान्छाराम कन्स्ट्रक्सन, रमिला लामा मुख्य व्यक्ति र दिपक थिङ आधिकारिक व्यक्ति रहेको एनबी कन्स्ट्रक्सन, टेन्डी शेर्पा मुख्य व्यक्ति भएको द कञ्चनजंघा कन्स्ट्रक्सन र सुबित श्रेष्ठ मुख्य व्यक्ति भएको बिरुवा कन्स्ट्रक्सन साढे दुई वर्षसम्म कालोसूचीमा परेका हुन्। उनीहरुले लिएको…

Read More

बिर्तामोड, २३ कात्तिक । झापा गाउँपालिका र बिर्तामोड नगरपालिकामा आगलागी भएको हो । आज बिहान रातको १ः३० बजे झापा गाउँपालिका–३ सिमलवाडी लालमोहरस्थित वसिया हेमरमको भान्सा कोठामा रहेको चुलोवाट आगलागी भएको हो । जस्ता पाताले बारेको, जस्ता पाताको छानो भएको सखुवा र सिमेन्टको खम्वा भएको घर र भान्सा घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । घरमा रहेको नगद १० हजार, कुखुरा १० वटा, जस्ता पाता, धान ८ मन, चामल ३ बोरा, लत्ताकपडा, भाडाकुडा समेत गरी ९० हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ । त्यस्तै बिर्तामोड– ८ प्याकुरेल चौकमा भएको आगलागीबाट करिव १० लाखको क्षति भएको छ । गएराति ८ः३०…

Read More

झापा, २३ कात्तिक । झापाको गौरीगञ्जमा मोटरसाइकल आफैँ अनियन्त्रित हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । हिजो राति गौरीगञ्ज गाँउपालिका वडा नम्बर ३ ठेकिटोला स्थित हुलाकी सडक खण्डमा पश्चिम गौरीगञ्ज बजारबाट पुर्व कोरोबारी तर्फ जादैं गरेको मे ८ प ८८९५ नम्बरको मोटर साइकल आफै अनियन्त्रित भई दुर्घटना हुदा मोटरसाइलक चालक गौरीगञ्ज–४ का ३० को रोशन मगर र पछाडी सवार गौरीगञ्ज–२ का ३२ वर्षीय श्याम राजबंशी घाइते भई उपचारको लागी लाईफ लाईन अस्पताल दमक पठाएइकोमा उपचारको क्रममा मोटरसाइकल चालक रोशन मगरको मृत्यु भएको हो ।

Read More