
कनकाई, २८ कत्तिक । झापाको कन्काई नगरपालिका दुर्गापुरकी बिन्दा उप्रेती ओली यतिबेला क्यान्सर रोगसँग लडिरहेकी छन्।
स्तन क्यान्सरबाट पीडित उहाँलाई छ वटा किमो चढाइसकिएको छ।आर्थिक अवस्था कमजोर रहेकाले उहाँको उपचारमा समस्या भएको छ। डाक्टरको सल्लाह बमोजिम उपचार भइरहे पनि केमोसँगै शल्यक्रिया समेत गर्नुपर्ने भएकाले उहाँलाई आर्थिक सहयोगको आवश्यकता रहेको छ।
आफन्त र परिवारको सहयोगमा हालसम्म उपचार भएपनि थप उपचारका लागि आर्थिक अभाव भएको परिवारले जनाएको छ।अन्य क्यान्सरको तुलनामा स्तन क्यान्सर निको हुने सम्भावना बढी हुने चिकित्सक बताउँछन् । तर क्यान्सर रोगको उपचार पद्धति महँगो भएकाले त्यसको पहुँचमा पुग्न धेरै रकमको आवश्यकता पर्छ।
बिन्दाको उपचारमा सहयोग गरेर नयाँ जीवन दिन आफन्तजनले आग्रह गरेका छन् । बिन्दाको उपचारमा सहयोगको अपिल गर्दै सामाजिक सञ्जालमा राजेन्द्र खलानले लेख्नुभएको छ- “तेह्रथुम जिल्ला तत्कालीन छातेढुङा गाबिस हाल आठराइ गापा होडामा बसोबास गर्ने र हाल झापा जिल्ला कनकाइ नगरपालिमा दुर्गापुर स्थायी ठेगाना भएको हाम्रो भाइ शंकर ओलीकी श्रीमती हाम्री बुहारी बिन्दा उप्रेती ओलीलाई बिगत ६ महिनादेखी स्तन क्यान्सर भएर ललितपुर स्थित नेपाल क्यान्सर अस्पतालमा राखिएको छ र किमो लगाउने काम हुँदै छ। डा. को सल्लाह बमोजिम किमो पछि अपरेसन समेत गर्नु पर्ने भएकोले तथा हालसम्म ६ वटा किमो चढाइ सकेकोले परिबारको आर्थिक अवस्थाले यो सब गर्न सम्भब नभएको कारण केही आफन्त जनको सहयोगमा अहिलेसम्मको उपचार भयो। अबको उपचारका लागि समेत खर्च धेरै लाग्ने भएकोले सबैले आ आफ्ना स्थानबाट सकेको आर्थिक सहयोग गरिदिनु होला भनी निवेदनका साथ यो पोस्ट गरेको छु। एकले अर्कालाई बचाएर बाच्नु नै सन्सारको मानव धर्म भएकोले यहाँहरु सबैले सकेको जति सहयोग गर्नुहुनेछ भन्ने आश गरेको छु। मैले यो पोस्टमा नबिल बैंकको क्यु आर स्वयं बिमारिकै राखेको छु र बिमारिको केही अस्पतालको कागज र फोटो समेत राखेको जानकारी गराउन चाहन्छु। कृपया रकम तोक्नु हुन्न मलाई थाहा छ सकेजती सहयोग गरौं ।”

क्यान्सर रोगसँग संघर्षरत बिन्दालाई सहयोग गर्न चाहने महानुभावले बिन्दाको मोबाइल नम्बर 9862030279 मा सम्पर्क गरेर सहयोग गर्न सक्नुहुनेछ ।
अथवा उहाँको निम्न व्यहोराको बैंक खातामा रकम जम्मा गर्न सकिनेछ।

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



