
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
होक्से, १८ असोज । बुद्धशान्ति प्रेस क्लबको आयोजनामा भएको झापा मिडिया कपको उपाधि पत्रकार मञ्च दमकले जितेको छ भने प्रेस क्लब भद्रपुर उपविजयी भएको छ । आज भएको फाइलन खेलमा भद्रपुरलाई १–३ गोल अन्तरले हराउँदै दमकले उपाधि रक्षा गरेको हो । जीतसँगै दमकले नगद रू २५ हजार, मेडल र प्रमाणत्र पाएको छ भने उपविजेता भद्रपुरले रू १५ हजार, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । कार्यक्रममा प्रमुख अतिथि बुद्धशान्ति गाउँपालिका–१ का वडाध्यक्ष अनिल वाग्ले, पत्रकार महासंघ झापाका अध्यक्ष एक राज गिरी, त्रिभूवन माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष खड्ग तिम्सिना लगायतले विजयी–उपविजयी टीमलाई पुरस्कार प्रदान गर्नुभएको थियो । असोज १७ गते…
कालीस्थान, १८ असोज । श्री भद्रकाली कीर्तन मण्डली अर्जुनधारा–९ र १० ले मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको छ । दशैंको अवसर पारेर कालिकापीठ कालीस्थानमा एक समारोह आयोजना गर्दै मासिक सत्सङ्ग एवं सम्मान कार्यक्रम सम्पन्न गरेको हो । कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै कालिका संस्कृत विद्यापीठका प्राचार्य आ. रघुनाथ रिजालले भगवानको नाम संकीर्तनले कलियुगमा सिद्धी प्राप्त हुने बताउनुभयो । विभिन्न ८ बढी कीर्तन समूह आबद्ध रहेको ॐकार कीर्तन मण्डलीको संयोजन र आबद्ध कीर्तन मण्डलीहरुको आयोजनामा हुने मासिक सत्सङ्ग कार्यक्रमका बीच भद्रकाली कीर्तन मण्डलीलाई सहयोग पु¥याउने झापा धुलाबारी निवासी समाजसेवी कल्याण खड्का र पवित्रा खड्कालाई दोसल्ला ओढाएर सम्मान गरिएको…
बिर्तामोड, १८ असोज । झापाको बिर्तामोडमा अवकाशप्राप्त नेपाली सेनाका सदस्यले कार्यालय स्थापना गरेका छन् । आज एक कार्यक्रमका बीच सामाजिक व्यक्तित्व तथा मेची आँखा अस्पतालका अध्यक्ष जलकुमार गुरुङले कार्यालयको उद्घाटन गरे । नेपाल राष्ट्रिय भूतपूर्व सैनिक संघ, २ नम्बर क्षेत्रीय कार्यसमिति, झापाको उक्त कार्यालयको उद्घाटनसँगै संस्थाको झन्डोत्तलन पनि प्रमुख अतिथि रहेका गुरुङले गरेका थिए । संघका अध्यक्ष रामबहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि गुरुङ, स्थानीय टोल विकास संस्थाकी अध्यक्ष जानुका थापा मगर लगायतले शुभकामना व्यक्त गरेका थिए । संघका सचिव कान्तिबहादुर कार्कीले सञ्चालन गरेको कार्यक्रममा तिलराज भूर्तेलले स्वागत गरेका थिए । संघको कार्यालका लागि अध्यक्ष खत्रीले कोठा उपलब्ध गराएका…
बिर्तामोड, १८ असोज । नेपाल तमू (गुरुङ) विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति झापाको समिति पुनः गठन गरिएको छ । झापाको बितामोड सम्पन्न चौथो जिल्ला अधिवेशनले अध्यक्षमा पुनः नवेश गुरुङलाई निर्वाचित गरेको हो । समितिको उपाध्यक्षमा किरण गुरुङ महिला उपाध्यक्षमा रिन्जी गुरुङ, सचिवमा ममता गुरुङ, एन्जिला गुरुङ, सहसचिवमा सनम गुरुङ, कोषाध्यक्षमा शीला गुरुङ, सहकोषाध्यक्षमा उदन गुरुङ निर्वाचित हुनु भएको छ । त्यस्तै, समितिको सदस्यमा लक्की गुरुङ, सलिना गुरुङ, समिक्षा गुरुङ, आदित्य गुरुङ, निर्जन गुरुङ लाई चयन गरिएको छ । तमू विद्यार्थी छोंज धीं जिल्ला कार्यसमिति झापाका अध्यक्ष नवेश गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा तमू ह्यूल छोंज धीं गुरुङ राष्ट्रिय परिषदका केन्द्रीय सचिवालय…
पाँचथर, १८ असोज । पाँचथरको फिदिम नगरपालिका र हिलिहाङ गाउँपालिकाको सिमावर्ती मेची राजमार्गको हेवा खोलामा फड्के निर्माण गरी पैदल र मोटरसाइकल तार्न सुरु गरिएको छ । नेपाली सेना, सशस्त्र, प्रहरी स्थानीय लगायतको सक्रियतामा ५ दिन मा फड्के निर्माण गरिएको हो । मोटरसाइकल सम्म तार्न सकिने गरी बनाइएको फड्केमा आवतजावत गर्न सहज भएको छ ।गत असोज १२ गते अविरल वर्ष सँगै आएको बाढीले त्यहाँ अवस्थित बेली ब्रिज बगाएपछी पाँचथरको हिलिहाङ, याङवरक गाउँपालिका सँगै सिङ्गो ताप्लेजुङ सम्म सडक सञ्जाल टुटेको थियो । साना तथा ठुला गाडीको लागी ह्युम पाइप आएपछि चाँडै निर्माण गरिने सडक विभागले जनाएको छ । यस्तै फिदिम फालोट सडक खण्डको…
झापा, १८ असोज । पूर्वराजा ज्ञानेन्द्र शाहले विजयादशमीका दिन निर्मल निवासमा शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाइदिने भएका छन् । संवाद सचिवालयले दिएको जानकारी अनुसार पूर्वराजा शाह र पूर्वारानी कोमल शाहले विजयदशमीका दिन अपराह्न ४ बजे शुभेच्छुक तथा सर्वसाधारणलाई टीका लगाउनेछन् । पूर्वराजा शाह हाल भुटान भ्रमणमा रहेका छन् । उनी आइतबार स्वदेश फर्किने कार्यतालिका रहेको छ ।
मोरङ, १८ असोज । मोरङ केराबारीमा दुई नाबालकको डुबेर मृत्यु भएको छ । केराबारी–८ मा रहेको कृष्ण क्रसरको परिसरमा रहेको खाल्डोमा डुबेर सोही ठाउँका तोयानाथ चौलागाईंका छोराहरू ६ वर्षीय रामचरण र १० वर्षीय भूपेन चौलागाईं रहेका छन् । मृत फेला परेका नाबालकका बुवा तोयानाथ त्यही क्रसरका कामदार रहेको प्रहरीले जनाएको छ । नाबालकहरु क्रसरको खाल्डोमा डुबेर बेपत्ता भएको विषयमा प्रहरीले दिउँसो ३ः४० बजेतिर सूचना पाएको थियो । पौडी खेल्न खाल्डोमा पसेका नाबालकहरूको बाहिर निस्कन नसक्दा मृत्यु भएको हुनसक्ने अनुमान गरेको छ । सो ठाउँबाट मिक्सगिट्टी निकाल्दा ४ फिटभन्दा गहिरो खाल्डो बनेको थियो । तर, क्रसरले उक्त खाल्डो नपुरेर त्यत्तिकै छाडेका…
झापा, १८ असोज । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा देशका पूर्वी र मध्य भागमा दक्षिण–पश्चिम बङ्लादेश आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागका अनुसार कोशी र बागमती प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा आंशिक बदली भएको छभने कोशी र बागमती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । यसैगरी, आज दिउँसो कोशी, मधेस ,बागमती र गण्डकी प्रदेश लगायत देशका पहाडी भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी, बागमती र गण्डकी तथा अन्य…
झापा, १८ असोज । नवरात्रको दोस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी दोस्रो ब्रह्मचारिणी देवीको विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रको पहिलो दिन बिहीबार दसैँघर वा पूजा कोठामा वैदिक विधिपूर्वक घटस्थापना गरी जौँको जमरा राखिएको थियो । त्यसै दिन घटस्थापना गरिएको स्थानमा नौ दुर्गामध्येकी पहिलो देवी शैलपुत्रीको आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिएको थियो । दोस्रो दिन आज पूजास्थलमा ब्रह्मचारिणी देवीलाई आह्वान गरी विधिपूर्वक पूजाआराधना गरिँदै छ । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास…
झापा, १७ असोज । झापा दमकमा लागुऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति दमक नगरपालिका–३ बेलडाँगी शिविर सेक्टर नं. बी १ हट नं. १९ बस्ने पेमासिंह तामाङको घरमा निजकै छोरा २१ वर्षीय अभिषेक तामाङ र दमक–७ का २७ वर्षीय सञ्जिव लिम्बूलाई प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकमा पोका पारेको स–सानो पोका १७ थान बरामद गरेको छ । उक्त पोकाहरु डिजिटल तराजुमा तौल गर्दा प्लाष्टिकसहित १ ग्राम ५३० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम फेला पारेकाले उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।