झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ४ कात्तिक । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राहरुको विनिमय दर सार्वजनिक गरेको छ। आज अमेरिकी डलर, युरो, दिनार, अस्ट्रेलियन डलर, पाउन्डसहित सबैजसो विदेशी मुद्राको विनियमदर घटबढ भएको छैन। अर्थात् शनिबार जुन मूल्यमा कारोबार भएको थियो, आज पनि सबैजसो विदेशी मुद्राको कारोबार सोही मूल्यमा हुनेछ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दरअनुसार आजका लागि अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २१ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८१ पैसा छ। हिजो पनि अमेरिकी डलर यही मूल्यमा कारोबार भएको थियो। त्यसैगरी आजको लागि यूरो एकको खरिददर एकसय ४५ रुपैयाँ ५४ पैसा र बिक्रीदर एक सय ४६…

Read More

झापा, ४ कात्तिक । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो टी–२० खेलमा घरेलु टोलीविरुद्ध मध्यम सुरुवात गरेको छ। अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा ३४ रन बटुलेको छ। ६ ओभरको समाप्तीमा नेपालले १ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ। क्रिजमा ओपनर अनिल शाह १५ र कुशल भुर्तेल १७ रनमा अविजित छन्। अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे। नेपालले पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो। नेपालले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ। तीन खेलको…

Read More

झापा, ४ कात्तिक । सूर्य दर्शन बचत तथा ऋण सहकारी संस्था लिमिटेड पोखराको सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दा सम्बन्धमा अनुसन्धानका लागि पक्राउ पर्नुभएका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिलाई रवि लामिछानेलाई आज जिल्ला अदालत कास्कीमा उपस्थित गराइने भएको छ । सभापति लामिछानेलेलाई शनिबार सार्वजनिक बिदा परेकाले आइतबार अदालतमा उपस्थित गराइँदैछ । जिल्ला अदालत कास्कीले उक्त मुद्दामा अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएसँगै शुक्रबार साँझ काठमाडौँबाट पक्राउ पर्नुभएका लामिछानेलाई सडक मार्ग हुँदै राति नै पोखरा पुर्‍याइएको थियो । लामिछानेलाई पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य परीक्षण गरी बिहान ३ बजेतिर जिल्ला प्रहरी कार्यालय कास्कीमा लगिएको प्रहरीले जनाएको छ ।

Read More

जनकपुरधाम, ४ कात्तिक । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राको छैटौँ दिन शनिबार ११ जना सडक आश्रित मानवहरुको उद्धार गरिएको छ । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने भावनासहित मानवसेवा आश्रम र आनी छोइङ डोल्मा फाउन्डेसनको संयुक्त आयोजनामा यात्रा सुरु भएको हो । मेची–महाकाली राष्ट्रिय उद्धार यात्राअन्तर्गत शनिबार लहान नगरपालिका वडा १ बाट २ जना, वडा ३ बाट ३ जना, गोलबजार नगरपालिका ६ बाट २ जना र मिर्चैया नगरपालिका ७ बाट १ जना गरी सिरहाबाट ८ जना र त्यस्तै धनुषा जिल्लाको जनकपुरधाम नगरपालिकाबाट १ बाट २ जनाको उद्धार भएको हो । मेचीनगरदेखि सुरु भएको यात्रा शनिबार जनकपुरधामसम्म आइपुग्दा ६८ जना…

Read More

झापा, ४ कात्तिक । हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि केही प्रभाव रहेको छ । जसको प्रभावले कोशी, मधेस, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ । कोशी, मधेस, बागमती र कर्णाली प्रदेशको थोरै स्थानहरू तथा गण्डकी र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ । आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ । कोशी,…

Read More

ताप्लेजुङ, ३ कात्तिक । ताप्लेजुङको ग्राम्रीण क्षेत्रमा रेडपाण्डा संरक्षण गर्न कुकुर र बिरालोलाई बन्ध्याकरण अभियान थालिएको छ । रेडपाण्डा नेटवर्कको सहयोगमा हिमाली संरक्षण मञ्चले विगत ७ वर्षदेखि अभियानलाई निरन्तरता दिँदै आएको हो । रेडपाण्डा पाइने विभिन्न बस्तीमा रहेका कुकुर र बिरालोलाई बन्ध्याकरण गर्नुका साथै रेविजविरुद्ध खोप दिएर रेडपाण्डा संरक्षणको अभियान सुरु गरेको हिमाली संरक्षण मञ्चका सचिव विविश केदमले जानकारी दिए । उनका अनुसार अभियानले रेडपाण्डाका लागि सुरक्षित वातावरण सिर्जना गर्न, सङ्क्रमण र हिंस्रक आक्रमणबाट रेडपाण्डालाई जोगाउन विशेष प्रयास गरिरहेको छ । रेडपाण्डा पाइने क्षेत्रका ग्रामीण समुदायमा पशु स्वास्थ्य र जनावर व्यवस्थापनका गतिविधिलाई प्राथमिकता दिइँदै आएको छ । फुङलिङ नगरपालिकाको फावाखोला,…

Read More

झापा, ३ कात्तिक । भारतमा बेचिएका १२ जना बालबालिकाको उद्धार गरिएको छ । भारतका विभिन्न सहरमा पुर्‍याएर बेचिएका, अवैध काममा लगाइएका र सडकमा जीवन बिताइरहेका बालबालिकालाई उद्धार गरिएको हो । नेपाल–भारतमा मानव बेचबिखनको क्षेत्रमा काम गर्दै आएको संस्था किन इन्डियाले १२ जना बालबालिकाको उद्धार गरेर नेपाल ल्याएको हो । उद्धार गरिएकामा ९ जना बालिका, एकजना किशोरी र २ जना बालक छन् । किन इन्डियाले भैरहवास्थित विभिन्न संस्थाहरूको सहकार्यमा जिल्ला प्रशासन मार्फत् आफन्तको जिम्मा लगाएको हो। उदयपुरका ४, सुनसरीका ३, धनुषाका २, सिन्धुपाल्चोक, धनकुटा र पर्साका १–१ जना छन् । उनीहरुलाई भारतको सुपाउ, मधुवनी, गया, बिहार, दिल्ली, बेंग्लुर लगायतका ठाउँबाट उद्धार…

Read More

झापा, ३ कात्तिक । झापाको कमल गाउँपालिकामा यात्रुबाहक बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । आज दिउँसो कमल गाँउपालिका–५ रबि पेट्रोल पम्पस्थित पुर्व–पश्चिम राजमार्गमा दमकबाट बिर्तामोड तर्फ जाँदै गरेको प्रदेश न १–०१–००१ ख ३४३५ नम्बरको कनकाई माई पाथिभरा यात्रुबाहक बसले सोही दिशातर्फ जाँदै गरेको को १६ प ५३२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिई दुर्घटना हुँदा मोटरसाइकल चालक मोरङ केराबारी गाँउपालिका–७ का ५५ वर्षीय पदम मुकारुम राईको घटना स्थलमै मृत्यु भएको हो । उक्त घटनापछि स्थानीयबासी आक्रोसित भई उक्त बसलाई ढुङगा, मुडा गरी सिसा तोडफोड गरेर आगजनी गर्दा अगाडीको भागमा सामान्य क्षति भएको छ । बस चालक गौरादह नगरपालिका–१ का ३५…

Read More

झापा, ३ कात्तिक । मोरङ, झापा र उदयपुरबाट लागुऔषध ब्राउन सुगर, प्रतिबन्धित औषधी र गाँजा सहित ७ जनालाई प्रहरीले नियन्त्रणमा लिइएको छ । कात्तिक २ गते दिउँसो मोरङको उर्लाबारी नगरपालिका–६ स्थितमा इलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरी टोलीले प्रतिबन्धित औषधी ट्रामाडोल र स्पासपेन २ हजार १० क्याप्सुलसहित उर्लाबारी–६ का ३० वर्षीय प्रकाश बिक र ५१ वर्षीय काजीमान सार्कीलाई पक्राउ गरेको छ । त्यसैगरी, जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका–१२ का २० वर्षीय रुपन लिम्बू, २८ वर्षीय असिम राई, ३६ वर्षीय सञ्जिव थापा र त्रियुगा नगरपालिका–१३ का ३५ वर्षीय मलिन थापालाई प्रतिबन्धित औषधी स्पास्मो ५० क्याप्सुल र १५० ग्राम गाँजासहित पक्राउ…

Read More

झापा, ३ कात्तिक । झापाको भद्रपुरबाट हल्दिबारीका एक युवालाई लागुऔषधसहित पक्राउ गरिएको छ । शुक्रबार दिउँसो भद्रपुर–३ झोलुङ्गे पुलस्थित सप्रबल नेपाल बीओपी महेशपुरबाट दिएको गोप्य सूचनाको आधारमा प्रहरी टोली सहित खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे ११ प ९६४७ नम्बरको कालो पल्सर मोटरसाइकल चालक जिल्ला झापा हल्दिबारी गाउँपालिका–२ का २५ वर्षीय विष्णु राजवंशीलाई चेकजाँच गर्ने क्रममा निजले मुख भित्र प्लाष्टिकले पोका पारी लुकाइ छिपाइ ल्याउँदै गरेको लागु औषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिक सहित २ ग्राम ५६० मिलिग्राम र प्लाष्टिक बाहेक १ ग्राम ९५० मिलिग्राम र मोटरसाइकल सहित नियन्त्रणमा लिई सो सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको जिल्ला…

Read More