
झापा, ४ कात्तिक । अमेरिका भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले दोस्रो टी–२० खेलमा घरेलु टोलीविरुद्ध मध्यम सुरुवात गरेको छ।
अमेरिकाको डालासस्थित ग्राउण्ड पेरी स्टेडियममा टस जितेर ब्याटिङ गरिरहेको नेपालले पावर प्लेमा ३४ रन बटुलेको छ। ६ ओभरको समाप्तीमा नेपालले १ विकेटको क्षतिमा ३४ रन बनाएर खेलिरहेको छ।
क्रिजमा ओपनर अनिल शाह १५ र कुशल भुर्तेल १७ रनमा अविजित छन्। अर्का ओपनर आशिफ शेख तेस्रो ओभरको चौथो बलमा ४ बलमा १ रन बनाउँदा सौरभ नेत्रवल्करको बलमा एलबीडब्धु धरापमा परे। नेपालले पहिलो टी–२० खेलमा १७ रनको जित निकालेको थियो। नेपालले आजको खेलमा अघिल्लो खेलको टोलीलाई नै निरन्तरता दिएको छ।
तीन खेलको सिरिजमा नेपाल आजको खेलमा अमेरिकालाई हराउँदै एक खेल अगावै सिरिज आफ्नो पक्षमा पार्न चाहन्छ। उता अमेरिका भने पहिलो जित निकाल्दै सिरिज बराबरी गर्ने योजनामा छ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


