
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बनियानी, २८ असोज । झापाको अर्जुनधारा नगरपालिकाबाट आज श्रीमतीको हत्या आरोपमा श्रीमानलाई पक्राउ गरिएको छ । आज दिउँसो आफ्नी श्रीमती ३७ वर्षीया मुना चौहानको हत्या गरेको आरोपमा अर्जुनधारा–३ जुङ्गेघारीका ४६ वर्षीय वीरबहादुर चौहानलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले जानकारी दिनुभयो । आज दिउँसो ३ः५० बजे अर्जुनधारा–३ दार्जिलङ डाँडास्थित भरत कुमालको घरको आँगनमा वीरबहादुरले श्रीमती मुनाको घाँटीमा धारिलो हतियार प्रहार गरेका थिए । श्रीमतीको हत्या गरेर फरार भएका उनलाई अर्जुनधारा–३ को जुकेखाडी जंगलबाट पक्राउ गरिएको प्रवक्ता चन्दले बताउनुभयो । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।
बनियानी, २८ असोज । झापामा आज १० जना सडक मानवको उद्धार गरिएको छ । मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आजदेखि शुरु भएको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ का क्रममा जिल्लाका विभिन्न स्थानबाट नौ जना पुरुष र एक जना महिलाको उद्धार गरिएको हो । मानव सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेसनको संयुक्त आयोजनामा शुरु भएको उद्धार अभियानका क्रममा मेचीनगर नगरपालिकाबाट चार जना, बिर्तामोड नगरपालिकाबाट दुई जना, कनकाई नगरपालिकाबाट दुई जनाको र शिवसताक्षी नगरपालिकाबाट दुई जनाको उद्धार गरिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले दिनुभयो । ‘यो पटकको चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने मूल भावका साथ शुरु भएको ३२ दिने अभियानका…
झापा, २८ असोज । पृथ्वीराजमार्ग अन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ ढापटारमा आज बिहान माइक्रोले ठक्कर दिँदा प्रहरी हवल्दारको मृत्यु भएको छ । गोरखा घर भई हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँमा कार्यरत भक्तबहादुर नहर्कीको मृत्यु भएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिए । गोरखाबाट पोखरातर्फ जाँदै गरेका हवल्दार नहर्की सवार गण्डकी एए ओओ १५ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको विद्युतीय माइक्रोले ठक्कर दिइ गम्भीर घाइते बनाएको थियो । घाइते नहर्कीको आँबुखैरेनी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । माइक्रो चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सन्तोष शर्माबनियानी, २८ असोज । झापाको मेचीनगर–६ काँकरभिट्टास्थित मेची पुलबाट आजदेखि मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ शुरु भएको छ । ‘यो पटक चाडपर्वमा कसैले बस्न नपरोस् सडकपेटीमा’ भन्ने नाराका साथ सहयोगापेक्षी सडक आश्रित मावनहरुको मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८१ काँकरभिट्टादेखि शुरु भएको हो । मावन सेवा आश्रम र आनी छोइङ डोल्मा फाउण्डेशनको आयोजनामा यो सडक मानव उद्धार अभियान शुरु भएको हो । यात्रा आरम्भका क्रममा आज मेचीनगर–६ स्थित काँकरभिट्टाबाट एकजना बोल्न नसक्ने अवस्थाका युवाको उद्धार गरिएको छ । आफ्नो नाम बताउन नसक्ने युवालाई उद्धार गरी मेचीनगर–४ आमडाँगीस्थित मानव सेवा आश्रममा राखिएको मानव सेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले दिनुभयो । काँकरभिट्टाबाट शुरु…
फुङ्लिङ, २८ असोज । सडक अवरुद्धका कारणले सुनसान जस्तै भएको पाथीभरा पछिल्लो समयमा तीर्थयात्रीको सङ्ख्य बढ्दै गएको छ । सडक मर्मत गरी सुचारु भएसँगै पाथीभरामा आउने तीर्थयात्रीको सङ्ख्या वृद्धि हुँदै गएको हो । ताप्लेजुङको पाथीभरा मन्दिरसम्मको सडक अस्थायी रूपमा सुचारु भएपछि स्थानीय होटल व्यवसायी र यातायात व्यवसायीसमेत उत्साहित भएका छन् । लगातारको वर्षाका कारण अवरुद्ध रहेको मेची राजमार्ग, तमोर करिडोर, र पाँचथर सडक खण्ड खुल्नासाथ तीर्थालुको चहलपहलमा वृद्धि भएको छ । सोमबार मात्र करिब चार सय तीर्थालु मन्दिरमा पुगेको पाथीभरा मन्दिरका कर्मचारी राजेन्द्र महतले बताउनुभयो । स्थानीय होटल व्यवसायीका अनुसार माथिल्लो फेदी क्षेत्रमा रहेका होटलमा तीर्थालुबाट बसोबास र खानाको लागि…
झापा, २८ असोज । प्रहरी प्रमुखको घुमुवा भन्दै स्थानीय व्यवसायी सँग रकम असुलेको आरोपमा प्रहरीले लागु औषध सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा परोहा नगरपालिका–२ निवासी ३५ वर्षीय सुनिल कुमार बैठा रहेका छन् । प्रहरीले उनको साथबाट २२ पोका गाँजा २०० ग्राम, नाइट्रोभेट ट्याब्लेट १० पिस, कोकस डिएक्स–१ बोतल –१, मोबाइल थान १, नगद १७ हजार, ९सय ३५ रुपैयाँ र प्रदेश २–०३–०१९ प ९५३७ नम्बरको मोटरसाइकल बरामद जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । बैठाले परोहा–२ लाल बकैयाको एकान्त बाटोमा कुरेर आवतजावत गर्ने व्यवसायीसँग जिल्ला प्रहरी कार्यालय रौतहटको प्रहरी उपरिक्षक दिलीप घिमिरेको सादा पोसाकको प्रहरी हुँ भन्दै…
झापा, २८ असोज (एजेन्सी) । विश्वको सबैभन्दा शक्तिशाली रकेट स्टारशिपको पाँचौँ परीक्षण सफल भएको छ । यस परीक्षणमा पृथ्वीबाट ९६ किलोमिटर माथि पठाइएको सुपर हेभी बुस्टरलाई लन्चप्याडमा फिर्ता ल्याइएको थियो, जसलाई म्याकजिलाले समातेको थियो । म्याकजिलासँग दुईवटा धातु हातहरू छन् जुन चपस्टिक्स जस्तो देखिन्छ। स्टारशिप पृथ्वीको वायुमण्डलमा पुनः प्रवेश गराएर हिन्द महासागरमा नियन्त्रित अवतरण गरियो । जब स्टारशिप पृथ्वीको वायुमण्डलमा प्रवेश गर्यो, यसको गति २६ हजार किलोमिटर प्रति घण्टा थियो र तापमान १ हजार ४३० डिग्री सेल्सियस पुगेको थियो । स्टारशिप आइतबार साँझ बोका चिका, टेक्सासबाट लञ्च गरिएको थियो । स्टारशिप स्पेसक्राफ्ट र सुपर हेभी रकेटलाई सामूहिक रूपमा ुस्टारशिपु भनिन्छ…
चितवन, २८ असोज । भाउजू हत्या गरेको अभियोगमा ज्वाइँ ९नन्दको श्रीमान्०लाई प्रहरीले पक्राउ गरेको छ । माडी नगरपालिका वडा नम्बर ७ की ७१ वर्षीया विष्णुमाया रानाभाटको हत्या गरेको अभियोगमा स्थानीय ६२ वर्षीय टिकाराम रानाभाटलाई प्रहरीले पक्राउ गरी आज साँझ सार्वजनिक गरेको हो । रानाभाटले भाउजूको हत्या गरी भिरबाट फालेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी भेषराज रिजालले जानकारी दिए । उनका अनुसार असोज १९ गतेदेखि घरबाट हराइरहेकी विष्णुमायाको शव असोज २१ गते घर नजिकै रहेको सामुदायिक वनको भिरमा भेटिएको थियो । घटना शङ्कास्पद भएपछि अनुसन्धानका क्रममा पक्राउ परेका टीकारामले प्रहरीसमक्ष हत्या गरेको स्वीकार गरेको उनले जानकारी दिए…
डडेलधुरा, २८ असोज । डडेल्धुराको पोखरामा १४ वर्षीया किशोरीको हत्याको आरोपमा स्थानीय एक जनालाई आइतबार सार्वजनिक गरिएको छ । शनिबार डडेल्धुराको पोखरा बजारमा मृत फेला परेकी १४ वर्षिय आरती भट्टराईको हत्या आरोपमा पक्राउ परेका स्थानीय स्टेसनरी व्यापारी टेकबहादुर भण्डारीलाई जिल्ला प्रहरी कार्यालय डडेल्धुरा पत्रकार सम्मेलनमार्फत आज सार्वजनिक गरिएको हो । अमरगढी नगरपालिका–७ की बालिका भट्टराईको हत्या गरिएको थियो । डडेल्धुरा प्रहरीका प्रमुख तथा प्रहरी नायब उपरीक्षक सुगन्ध श्रेष्ठका अनुसार भण्डारीले भट्टराईको हत्या गरेको स्वीकार गरिसकेका छन् । “घटना निज टेकबहादुर भण्डारीको स्टेश्नरी पसलनै हो”, डिएसपी श्रेष्ठले भन्नुभयो, “पसलभित्र कोठामा आवेगमा आएर भट्टराईको घाँटी थिची हत्या गरेको भण्डारीले स्वीकार गरेका छन्…
झापा, २८ असोज । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २० पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८० पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४६ रुपैयाँ ७९ पैसा र बिक्रीदर एक सय ४७ रुपैयाँ ४४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिददर एक सय ७५ रुपैयाँ ३७ पैसा र बिक्रीदर एक सय ७७ रुपैयाँ १५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर एक सय ५६ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ५७ रुपैयाँ २६ पैसा कायम गरिएको…