झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ९ असोज । कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ फिल्ममा पनि फर्किएका छन् । कुमार कट्टेल ‘जिग्री’को निर्देशन रहेको फिल्म ‘लाज शरणम्’बाट उनी फिल्ममा फर्किएका हुन् । फिल्मको हाल डोल्पामा छायाङ्कन भइरहेको छ । फिल्ममा उनी मुख्य भूमिकामा रहेका बताइएको छ । २०७२ को भूकम्पपछि सामाजिक कार्यमा सक्रिय उनी त्यसपछि चितवनमा रङ्गशाला निर्माणमा जुटेका थिए । सोही समय ‘सेन्टी भाइरस’ फिल्म अभिनय गरेका उनी त्यसपछि अभिनयबाट टाढा रहेका थिए । ‘लाज शरणम्’मा सितारामको अलवा अर्जुन घिमिरे, मुकुन्द श्रेष्ठ, विजय बराल, महेश त्रिपाठी, कमलमणि नेपाल, हरिस निरौला, रेनुनाथ योगी, सागर लम्साल, बबिन राई, प्रियना आचार्य, माला लिम्बू लगायतको समेत अभिनय रहनेछ ।…

Read More

झापा, ९ असोज । भारतको मध्य प्रदेशमा एउटा अचम्मको घटना भएको छ । सागर जिल्लामा एक गर्भवती महिलाको पेटभित्रको बच्चाको पेटमा बच्चा फेला परेको छ । अल्ट्रा साउन्डको क्रममा यो कुरा पत्ता लागेको हो । महिलाले बच्चालाई जन्म दिइसकेकी छिन् । यस्तो केसलाई मेडिकलको भाषामा पीटस इन पीटू भनिन्छ । डाक्टरहरूका अनुसार लाखौं महिलामध्ये एकमा यस्तो हुनसक्छ । जन्मपछि नवजात शिशुलाई जिल्ला अस्पतालको एसएनसीयू वार्डमा भर्ना गरेर राखिएको छ । बच्चालाई बचाउन डाक्टरले सर्जरी गर्नेबारे विचार विमर्श गरिरहेको बताइएको छ । महिला नवौँ महिनामा मात्रै क्लिनिकमा स्वास्थ्य परीक्षण गर्न आएकी थिइन् । जाँचका क्रममा उनको पेटभित्र रहेको नवजात शिशुको पेटमा…

Read More

झापा, ९ असोज । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ। क्यानडाको किङसिटीमा मंगलबार राति सवा ९ बजे (नेपाली समय) का लागि तय खेल वर्षातका कारण टस समेत हुन नसकी रद्द भएको हो । सिरिजको अन्तिम खेल रद्द भएसँगै नेपाल र ओमानले समान एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालले ८ खेलबाट १ खेलमा जित, ६ खेलमा हार र १ खेल रद्द भएर ३ अंकमा अंक तालिकाको सातौँ स्थानमा छ।

Read More

झापा, ९ असोज । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै बङ्गालको खाडीमा विकसित भएको न्यूनचापिय प्रणालीको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो देशभर साधरणतया बदली रहने छ । सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बाग्मती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै वर्षाको पनि सम्भावना रहेको…

Read More

झापा, ८ असोज । झापाको कनकाई नगरपालिका–८ स्थित विरिङ पुलमाथि दुई वटा भारतीय ट्रकमा आगजनी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राष्ट्र राष्ट्रियता धर्म संस्कृति नागरिक बचाउ महा अभियान झापा संयोजक ४० वर्षीय भीम तुम्बापो लिम्बू र सहसचिव ३३ वर्षीय सुरेश चौधरी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । संयोजक लिम्बू हल्दिबारी–१ घर भई हाल बिर्तामोड–५ मा बस्दै आएका छन् भने चौधरी बिर्तामोड–७ निवासी हुन् । भारतको सिलिगुडीबाट प्लाइको फेस पत्ता बोकेर नेपालको सिरहातर्फ जाँदै गरेको यूपी ५७ एटी ४४९३ नम्बरको भारतीय ट्रकमाथि गत असोज ६ गते…

Read More

झापा, ८ असोज । नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षकहरूको सरुवा भएको छ । नेपाल प्रहरी प्रधान कार्यालयको मानवस्रोत विकास विभागले असोज ७ गतेको निर्णय अनुसार उनीहरूको सरुवा गरेको हो । २०८१ साल असोज महिनादेखिको तलब भत्तासमेत हाल सरुवा भएको दरबन्दीबाट पाउने गरी व्यवस्था मिलाइएको छ ।यस्तो छ सरुवा विवरण

Read More

झापा, ८ असोज । झापाको झापा गाउँपालिका–६ बाट आज प्रहरीले लागुऔषधसहित एक जनालाई पक्राउ गरेको छ । झापा गाउँपालिका–६ शरणमति स्थितमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले झापा–५ पन्थपाडाका ४२ वर्षीय तेहेरुदिन शेखलाई भारतबाट नेपालतर्फ पैदल आउदै गरेको अवस्थामा शंका लागि चेकजाँच गर्दा उनले लगाएको हाप पाइन्टको दाहिने साइडको गोजीमा लुकाई छिपाई ल्याउँदै गरेको लागुऔषध ब्राउनसुगर जस्तो देखिने लिसाइलो पदार्थ प्लाष्टिकसहित ३२ ग्राम १६० मिलिग्राम र प्लाष्टिक बाहेक २८ ग्राम ३५० मिलिग्राम फेला पारेको हो । उनलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, ८ असोज । नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष लवदेव ढुङ्गानालाई पितृ शोक परेको छ । ढुङ्गानाका पिता देवीप्रसाद ढुङ्गानाको ९१ वर्षको उमेरमा निधन भएको हो । पाँचथरको फिदिम नगपालिका–२ साम्दिन घर भएका ढुङ्गाना अस्वस्थ्व भएपछि उपचारका लागि झापाको बिर्तामोडस्थित वीएण्डसी अस्पताल ल्याइएको थियो । १९९१ साल साउनमा जन्मिएका ढुङ्गानाका श्रीमती लुमादेवी तथा सात छोरा र ५ जना छोरी रहेका छन् । जसमध्ये लवदेव नेपाल पत्रकार महासंघ कोशीका उपाध्यक्ष हुन् । त्यस्तै लक्ष्मी ढुङ्गाना पाँचथर बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख हुन् ।

Read More

इलाम, ८ असोज । इलामको सन्दकपुरमा एक पुरुषले श्रीमतीको हत्या गरी आत्महत्या गरेका छन् । सन्दकपुर गाउँपालिका-१ भित्तेका ४६ वर्षे उजबहादुर राईले धारिलो हतियार प्रहार गरी ४० वर्षीया फूलकुमारीको हत्या गरेका हुन् । श्रीमतीको हत्यापश्चात उनले पनि आत्महत्या गरेको इलामका प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले जानकारी दिए । प्रहरीका अनुसार फूलकुमारीको शव घरभन्दा ६०–७० मिटर तल मूलबाटोमुनि फेला परेको छ भने उजबहादुरको शव नजिकै निबारोको रुखमा भुन्डिएको अवस्थामा भेटिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको र दुवैजनाको शव पोस्टमार्टमका लागि सदरमुकाम पठाइएको प्रहरीले जनाएको छ ।

Read More

झापा, ८ असोज । झापाको बुद्धशान्ति गाउँपालिका वडा न।२ का वडाध्यक्ष गोपाल ओली ८० हजार रुपैयाँ घुस लिँदालिँदै पक्राउ परेका छन् । झापाको बिर्तामोडस्थित हनुमान कम्प्लेक्स अगाडि घुस रकम लिँदै गर्दा मंगलबार दिउँसो ओली पक्राउ परेका हुन् । घुस रकम लिँदै गर्दा ओलीलाई नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका नेता कार्यकर्ताहरूले रकमसहित नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् । जमिनमा घर जग्गा बाटोको सिफारिस गरिदिए बापत उनले घुस रकम असुल गरेको पार्टीको प्रदेश कमिटी सदस्य अर्जुन पाण्डेले जानकारी दिए । पीडितले पार्टीमा जानकारी गराएपछि योजना बमोजिम रकम लिँदालिँदै ओली पक्राउ परेका हुन् । अहिले वडाध्यक्ष ओलीलाई इलाका प्रहरी कार्यालय…

Read More