
झापा, ९ असोज । आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजअन्तर्गत नेपाल र ओमानबीचको खेल रद्द भएको छ।
क्यानडाको किङसिटीमा मंगलबार राति सवा ९ बजे (नेपाली समय) का लागि तय खेल वर्षातका कारण टस समेत हुन नसकी रद्द भएको हो । सिरिजको अन्तिम खेल रद्द भएसँगै नेपाल र ओमानले समान एक अंक बाँडेका छन्। अंक बाँडेसँगै नेपालले ८ खेलबाट १ खेलमा जित, ६ खेलमा हार र १ खेल रद्द भएर ३ अंकमा अंक तालिकाको सातौँ स्थानमा छ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


