झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २८ भदौ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची भन्सार कार्यालय अगाडिको गेटबाट खैरो हेरोइनसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । आज दिउँसो मेची भन्सार कार्यालयको भवन अगाडि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले भारतबाट सिटी सफारीमा नेपालतर्फ आउँदै गरेको कपिलबस्तु बुद्धभूमी नगरपालिका–४ घर भई दमक नगरपालिका–९ मा बस्दै आएका ४७ वर्षीय शुक्रराज नेपाली सार्कीलाई प्रहरीले खैरो हेरोइनसहित पक्राउ गरेको हो । शंका लागेर चेकजाँच गर्दा रोयल पाल्की लेखिएको चामलको बोराभित्र लुकाएर ल्याउँदै गरेको अवस्थामा खैरोहेरोइन प्लाष्टिकबाहेक १०५ ग्राम ९३० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले बोकेको मोवाइल एक थान र नेपाली नगद…

Read More

शिवसताक्षी, २८ भदौ । झापा शिवसताक्षी नगरपालिका वडा ६ नं. महिलाहरुले उत्पादन गरेको सामाग्री बिक्री वितरणका लागि आजबाट खुल्ला गरिएको छ । वडा नं. ६ को क्याम्पस रोडमा शिवगञ्ज उद्यमी महिला समूहले उत्पादन गरेको सामाग्री विक्री वितरणका लागि खुल्ला गरिएको हो । समूहले आज सामाग्री बेच विखनका लागि पसल उद्घाटन गर्दै सर्व सुलभ मूल्यमा आफुले उत्पादन गरेको सामाग्रीहरु विक्री वितरण जनाएको छ । पसलको उद्घाटन शिवसताक्षी नगरपालिकाका नगर प्रमुख मेगाहाङ्ग थोप्रा, वडाध्यक्ष मनोज खुलाललगातले गर्नु भएको हो । उद्घाटनका क्रममा बोल्नु हुदै नगरप्रमुख थोप्राले महिलाहरुले आत्मनिर्भर भएर यसरी उद्योग सञ्चालन गरेकोमा उद्यमी महिला समूहलाई धन्यवाद दिनुभएको छ । नगरपालिका, वडा…

Read More

हल्दिबारी, २८ भदौ । झापाको हल्दिबारी गाउँपालिका स्वास्थ्य शाखाले आर्थिक वर्ष २०८०–८१ को वार्षिक समिक्षा गरेको छ। भदौ २७ र २८ गते आयोजित कार्यक्रममा गाउँपालिकाका सबै स्वास्थ्य संस्थाहरूले आफ्नो वार्षिक कार्यसम्पादनको विवरण प्रस्तुत गरेका थिए । हल्दिबारीमा एक आधारभूत अस्पताल, तीन स्वास्थ्य चौकी र दुई आधारभूत स्वास्थ्य केन्द्र सञ्चालनमा रहेका छन् । यी स्वास्थ्य संस्थाबाट आर्थिक वर्ष २०८०–८१ मा ४६ हजार २ सय ६ जनाले स्वास्थ्य सेवा लिएका छन् भने आधारभूत अस्पतालबाट मात्रै २४ हजार २ सय ७३ जनाले सेवा लिएको जनाइएको छ । कार्यक्रममा स्वास्थ्य संस्थाहरूमा आएका विभिन्न रोगका बिरामीहरूको विवरण, खोप कार्यक्रम तथा स्वास्थ्य सेवाका अन्य गतिविधिहरूको बारेमा…

Read More

झापा, २६ भदौ । माओवादी जनयुद्धको समयमा वेपत्ता भएकी मोरङ पथरीशनिश्चरे नगरपालिका ५ की लक्ष्मी खतिवडाको कुशको शव बनाएर दाहसंस्कार गरिएको छ । गत भदौ १७ गते उनको दाहसंस्कार गरिएको हो । उनका ८३ वर्षीय बुबा जनकलाल खतिवडा काजकिरियामा बसेका छन् । जनकलालले आफ्नी छोरी लक्ष्मीको मृत्युको न्यायिक घोषणा गर्न माग गदै २०८० साउन १४ गते जिल्ला अदालत मोरङमा निवेदन दिएका थिए । अदालतले २०८० भदौ २५ गते तत्कालिन शाही नेपाली सेनाले पक्राउ गरेर वेपत्ता बनाएको दिनलाई आधार मानेर न्यायिक मृत्युको घोषणा गरिदिएको थियो । सोही आधारमा वडा कार्यालयमा मृत्यु दर्ता गरेर उनको दाहसंस्कार गरिएको लक्ष्मीका भाइ प्रेम खतिवडाले जानकारी…

Read More

झापा, २६ भदौ । मोरङको सुन्दरहरैँचा नगरपालिका–९ मुस्लिम टोलमा घरभित्रै गोरु काट्ने घरधनीलाई प्रहरीले पक्राउ गरेको छ । मुस्लिम टोलकी ३१ वर्षीया ताजकेरा खातुनको घरभित्र गोरु काट्दै गर्दा प्रहरी पुगेर पक्राउ गरेको हो । प्रहरी पुग्दा घरभित्र धमाधम गोरु काट्ने काम भइरहेको भेटिएपछि गोरुको मासुसहित घरधनी खातुनलाई पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याइएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी ज्ञानेन्द्रबहादुर बस्नेतले बताए । गोरु काटेको घटनामा संलग्न चार जना फरार बनेका छन् । इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक तेजबहादुर दाहाल नेतृत्वको टोलीले उनीहरुको खोजी गरिरहेको छ । उनका अनुसार पक्राउ परेकी खातुनकै घरमा पालेको गोरु काटेको यकिन भएको छ । मुलुकी अपराध…

Read More

झापा, २६ भदौ । सरकारले चाडपर्वलाई लक्षित गरी चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ । यो पटक चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यी दुवै कम्पनीलाई भारत सरकारले दिइने चालु वर्षको कोटा बमोजिम १५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिइने निर्णय भएको छ । सरकारले निजी र सरकारी कम्पनी गरेर ४४ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । उक्त चिनी चाडपर्व अगाडि ल्याइसक्ने तयारी भएको उद्योग वाणिज्य तथा…

Read More

झापा, २६ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी भूभागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका…

Read More

झापा, २६ भदौ । झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४औं वार्षिक साधारणसभा अन्तरगत इकाइगत सभा शुरु भएको छ । आइतबारदेखि इकाइगत सभा शुरु भएको संस्थाको सोमबार मोरङको पथरी शनिश्चरेमा दोस्रो इकाइगत साधारणसभा भएको संस्थाका आइटी विभाग प्रमुख विजय पाण्डेले जानकारी दिए । इलामस्थित सिटी हलमा आइतबार प्रथम इकाइगत साधारणसभा इलाम नगरपालिका–६ का वडाध्यक्ष दुर्गा श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको थियो । उक्त इकाइगत साधारणसभामा इलाम र पाँचथर अन्तर्गतका ११ वटा सेवा केन्द्रहरुबाट शेयर सदस्यहरुको उपस्थिति रहेको थियो । संस्थाका अध्यक्ष सुवास भट्टराईले ३ अर्ब ३ करोड ५० लाख ७६ हजार ५८३ रुपैयाँ…

Read More

झापा, २६ भदौ । झापाको कनकाई नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटी देशभरका महिला जनप्रतिनिधिहरुबाट छानिने ‘शी लिड्स आइकन’ मा छनौट हुनुभएको छ। महिला सशक्तीकरणको क्षेत्रमा काम गर्ने ‘कल्प इम्पावर वेमेन नेपाल’ ले संचालन गरेको ‘शी लिड्स आइकन–२०८१’ को उत्कृष्ट २७ मा कनकाई नगरपालिकाकी उपप्रमुख शिवाकोटी छनोटमा पर्नु भएको हो। ‘हामी रोज्दैछौं हाम्रा प्रतिनिधि’ भन्ने नाराका साथ देशभरका महिला जनप्रतिनिधिहरूको कर्मलाई विश्व सामु परिचित गराउने उद्देश्यले लिइएको आवेदन मध्येबाट उत्कृष्ट २७ छनोट गरिएको हो । ‘महिला स्वास्थ्य, महिला उद्यमशीलता, न्याय तथा नीति, महिला सशक्तीकरण र जवाफदेहिता’ क्षेत्रमा प्रेरणादायी काम गर्ने महिला जनप्रतिनिधिहरूमा पहिलो चरणको छनौटमा परेका २७ मध्ये उत्कृष्ट ३ जना…

Read More

बिर्तामोड, २५ भदौ । बिर्तामोड नगरपालिका वडा नम्बर १ बाट वडासचिब टिका अधिकारीलाई विदाई गरिएको छ । वडा कार्यालयमा आज आयोजित स्वागत, सम्मान तथा विदाई कार्यक्रमका विच वडासचिव अधिकारीलाई विदाई गरिएको हो । वडासचिब अधिकारीको बिर्तामोड नगरअस्पतालमा प्रशासन प्रमुखमा सरुवा भएको छ । यस्तै वडा नम्बर १ मा वडासचिबमा जानुका बस्नेतले जिम्मेवारी प्राप्त गर्नु भएको छ । बस्नेत एक महिना अघि अर्जुनधारा नगरपालिकाबाट सरुवा भएर बिर्तामोड आउनु भएको हो । उहाँलाई जनप्रतिनिधि तथा बिभिन्न टोलविकास संस्थाका प्रतिनिधिहरुले फूलमालाले स्वागत गरेका छन् । यसैबीच उत्कृष्ठ कर्मचारीलाई सम्मान गरिएको छ । वडाकी कम्प्युटर अपरेटर डिना काफ्लेलाई वर्ष उत्कृष्ठ कर्मचारीकारुपमा नगदसहित सम्मान गरिएको…

Read More