
झापा, २६ भदौ । सरकारले चाडपर्वलाई लक्षित गरी चिनी आयातका लागि सहुलियत दिएको छ । चिनी आयातमा ३० प्रतिशत भन्सार शुल्क लाग्दै आएको छ ।
यो पटक चिनीमा साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई भन्सार शुल्कमा ५० प्रतिशत छुट दिइने सोमबारको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ । यी दुवै कम्पनीलाई भारत सरकारले दिइने चालु वर्षको कोटा बमोजिम १५ हजार मेट्रिक टन चिनी आयात गर्ने अनुमति दिइने निर्णय भएको छ ।
सरकारले निजी र सरकारी कम्पनी गरेर ४४ हजार मेट्रिक टन चिनी आयात गर्ने तयारी गरेको छ । उक्त चिनी चाडपर्व अगाडि ल्याइसक्ने तयारी भएको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



