झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १० भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानमा दक्षिणतिर र पूर्वतिर सरदर स्थानको आसपास अवस्थित रहेको जनाइएको छ । जल तथा मौसम विज्ञान विभागद्वारा आज जारी मौसम बुलेटिनका अनुसार हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ भने कोशी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । सातै प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेकोबुलेटिनमा उल्लेख छ ।…

Read More

झापा, १० भदौ । महिलाको मौलिक पहिरन गुन्यु चोली जगेर्ना गर्ने सन्देश बोकेर मेची–महाकाली यात्रामा निस्किएकी ५५ वर्षीया सुशीला उप्रेती तिवारीले यात्रा समापन गरेकी छन् । भदौ ५ गते मेचीको बुद्धशान्ति गाउँपालिकाबाट मोटरसाइकल यात्रा सुरू गरेकी तिवारीले पाँचौँ दिन आइतबार पश्चिमी सीमा नाका कञ्चनपुरको गड्डाचौकी पुगेर यात्रा समापन गरेकी हुन् । परापूर्वकालदेखि महिलाले पहिरिँदै आएको गुन्यु चोली लगाउने चलन विस्तारै हराउँदै जान थालेकाले जगेर्ना गर्नुपर्ने सन्देश बोकेर मेची महाकाली यात्रामा निस्कनुपरेको उनले बताइन् । “संस्कृति र पहिचान पोसाकबाट पनि झल्की छ, त्यो नै हरायो भने पहिचान गुम्छ । त्यसैले गुन्यु चोली लगाएर यात्रा गरेको हुँ”, उनले भनिन् । झापाको बुद्धशान्ति–३…

Read More

झापा, १० भदौ । वैदिक सनातन हिन्दू धर्मावलम्बीले ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाउँदैछन् । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई ‘श्रीकृष्णजन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यसदिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गर्नाका साथै विशेष गरी महिला, पुरुष ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ । अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गर्नुभएको थियो । कुरुक्षेत्रमा कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम्…

Read More

बिर्तामोड, ९ भदौ । झापाको अर्जुनधारा–५ की एक १६ वर्षीया किशोरीमाथि सामुहिक बलात्कार गरेको आरोपमा प्रहरीले थप दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले यस अघि शनिबार चार जनालाई पक्राउ गरेको थियो भने एक जना फरार रहेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा अर्जुनधाराको लंका होटलमा कुकको काम गर्ने सुदिप श्रेष्ठ र सुजन डाँगी रहेको प्रहरीले जनाएको छ । अर्जुनधाराकै सञ्जिव तामाङ भने फरार रहेको प्रहरीले जनाएको छ । यसअघि प्रहरीले अर्जुनधारा–७ का अनिस लिम्बू, सरोज राई, केशब मगर, सुनिल राजवंशी पक्राउ गरेको थियो । युवतीका अनुसार घटनामा संलग्नमध्ये चिनजनका दुईजनाले उनलाई शुक्रबार साँझ खाजा खान लगेका थिए । सोही…

Read More

झापा, ९ भदौ । नेपाल बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड (एनएमसी) मा कार्यरत सदस्य सहजकर्ता कर्मचारीहरुलाई संस्थामा परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा दोस्रो चरणको अभिमुखीकरण तालिम प्रदान गरिएको छ । भदौ ८ गते शनिबार बिर्ताअर्जुन क्षेत्र र कनकाई रतुवा क्षेत्र ख अन्तरगतका सेवा केन्द्रहरुमा कार्यरत सदस्य सहजकर्ताहरुलाई अभिमुखीकरण गरिएको हो । संस्थाको बिर्ताअर्जुन क्षेत्रका सदस्य सहजकर्ताहरुलाई बिर्तामोडमा र कनकाई रतुवा क्षेत्र खका सदस्य सहजकर्ताहरुलाई शिवसताक्षीको दूधेमा भेला गरी परिमार्जित नीति तथा कार्यविधिहरुका बारेमा अभिमुख गराइएको हो । अन्तरक्रियात्मक विधिबाट भएका दुवै कार्यक्रमहरुमा सदस्य सहजकर्ताहरुले काम गर्दा महसुस गरेका अप्ठ्याराहरुलाई सहजकर्ता समक्ष जिज्ञासा राख्दै जानकारी लिएका थिए । संस्था अन्तरगतको शिक्षा तथा…

Read More

झापा, ९ भदौ । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले दशैँअघि नै दुग्ध र उखु किसानले भुक्तानी पाइसक्ने बताउनुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उहाँले कृषकको रकम भुक्तानीलाई मन्त्रालयले प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको हो । बजारको अभावमा किसान आहतमा पर्ने अवस्थाको अन्त्य गरिने पनि उहाँले प्रतिबद्धता जनाउनुभयो । मन्त्रालयले रैथाने उत्पादनलाई प्रोत्साहन गर्ने भएको छ । उद्योग मन्त्रालयसँग समन्वय गरेर कोदोबाट हुने उत्पादनको प्रवर्द्धन गर्ने कार्यक्रमलाई पनि मन्त्रालयले प्राथमिकतामा राखेको छ । विषादी मुक्त अनाज उत्पादनमा जोड दिने कार्यक्रमलाई पनि अघि बढाउने तयारीमा मन्त्रालय रहेको उहाँले बताउनुभयो । कृषि अनुदानको दुरुपयोग भइरहेको गुनासो बढिरहेका बेला…

Read More

झापा, ९ भदौ । झापाको गौरीगञ्ज गाउँपालिका ५ को चिल्हारा बजारमा आगलागी हुँदा दुईवटा घर जलेर नष्ट भएको छ । स्थानीय ४० वर्षीय सनपलाल हरिजनले गाईबस्तुका लागि बालेको घुरबाट गएराति सल्किएको आगोले नजिकै रहेका घर जलेका हुन् । मध्यरातमा सनपलालको टिनको छानो र बाँसको टाटी भएको एकतले घरमा आगलागी हुँदा बाख्रा, अन्नपात, भाँडावर्तन र नगद ५५ हजार गरी करिब ५ लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । त्यस्तै सोही ठाउँ बस्ने अन्दाजी ३५ वर्षीय शुक्र हरिजनको टिनको छाना र बाँसको टाटी भएको एकतले घरको पश्चिम भाग आधा जलेको छ । आगलागीका कारण अन्नपात लत्ताकपडा गरी अन्दाजी…

Read More

झापा, ९ भदौ । भुटानलाई हराउँदै नेपाल साफ यू–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा मैदानमा टाई ब्रेकरमा ४–१ को जित दर्ता गर्दै उपाधि भिडन्तमा स्थान बनाउन नेपाल सफल भयो । निर्धारित ९० मिनेटको खेल १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय टाई ब्रेकरमा भएको थियो । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । दोस्रो हाफमा भुटानले जेत्सन दोर्जीको गोलमा अग्रता लियो । तर भुटान १० खेलाडीमा झरेलगत्तै नेपालले निराजन धामीको गोलमा खेल बराबर गर्‍यो । टाई ब्रेकरको पहिलो प्रहारमा नेपालका लागि राम थापा र भुटानका जेत्सन दोर्जीले गोल गरे । दोस्रो प्रहारमा अभिनाश स्याङतानले गोल गर्दा जिग्मे नाम्गेलको…

Read More

राजेश ढुंगानाभद्रपुर‌स्थित धे‌र‌ै‌ पुर‌ानो‌ संस्था दे‌वको‌टा स्मृति भवनले‌ जिल्लामा आफ्नै‌ साहित्यिक शाख बो‌के‌को‌ छ । विगतमा भद्रपुर‌का नामुद साहित्यकार‌ र‌ साहित्यप्रे‌मीहरूले‌ ने‌तृत्व गर‌े‌को‌ यो‌ संस्था भौ‌तिक रुपमा त सक्षम छँदै‌ थियो‌, आफ्नो‌ उद्दे‌श्य प्राप्तिका लागि पनि सफल थियो‌ । पुर‌ानो‌ भद्रपुर‌को‌ पुर‌ानो‌ ने‌तृत्व क्रमशः समयक्रममा हर‌ाउँदै‌ गएपछि यो‌ भवनले‌ पनि आफ्नो‌ शाख गुमाउँदै‌ गयो‌ । भौ‌तिक रूपमा पनि र‌ उद्दे‌श्य प्राप्तिका लागि पनि भद्रपुर‌का अन्य साहित्यिक र‌ सामाजिक संस्थाजस्तै‌ । स्पष्ट रूपमा भन्नु पर्दा, यो‌ भवनले‌ साहित्यिक ने‌तृत्व नै‌ पाउनु पर्दथ्यो‌ । त्यसो‌ भएको‌ भए भौ‌तिक रुपले‌ जीर्ण भए पनि यसले‌ साहित्यिक उद्दे‌श्य भने‌ प्राप्त गनेर्‌ थियो‌ र‌ निर‌न्तर‌ता दिने‌ थियो‌ । तर‌, विगत लामो‌ समयदे‌खि…

Read More

सन्तोष शर्माबनियानी, ९ भदौ । झापाको कचनकवल गाउँपालिका–१ घेराबारी स्थित नेपाल–भारत सीमाको दशगजा क्षेत्रमा भारतीय नागरिकले बाटो खन्न थालेपछि स्थानीयबासीले अवरोध गरेका छन् । आज रातिदेखि भारतीय नागरिकले बाटो खनेपछि अवरोध गरिएको कचनकवल–१ का वडाध्यक्ष रञ्जीत लिम्बू जानकारी दिनुभयो । “दशगजामा भारतीय नागरिकले बाटो खनेको थाहा पाएपछि हामीले रोकेका हौैँ”, उहाँले भन्नुभयो, “मान्छे नभएको बेला राति–राति बाटो खन्ने गरिएको छ ।” यसअघि पनि पटक–पटक बाटो खन्न खोज्दा अवरोध गरिएको उहाँको भनाइ छ । हाल उक्त स्थानमा करिब १५० मिटर बाटो खनिसकेको उहाँले बताउनुभयो । “हामीले खनिएको बाटो पुर्न खोजिरहेका छौं”, उहाँले भन्नुभयो, “तर, हामीलाई दिइएको छैन ।” कचनकवल–१ को वडा…

Read More