राजेश ढुंगाना
भद्रपुरस्थित धेरै पुरानो संस्था देवकोटा स्मृति भवनले जिल्लामा आफ्नै साहित्यिक शाख बोकेको छ । विगतमा भद्रपुरका नामुद साहित्यकार र साहित्यप्रेमीहरूले नेतृत्व गरेको यो संस्था भौतिक रुपमा त सक्षम छँदै थियो, आफ्नो उद्देश्य प्राप्तिका लागि पनि सफल थियो ।
पुरानो भद्रपुरको पुरानो नेतृत्व क्रमशः समयक्रममा हराउँदै गएपछि यो भवनले पनि आफ्नो शाख गुमाउँदै गयो । भौतिक रूपमा पनि र उद्देश्य प्राप्तिका लागि पनि भद्रपुरका अन्य साहित्यिक र सामाजिक संस्थाजस्तै ।
स्पष्ट रूपमा भन्नु पर्दा, यो भवनले साहित्यिक नेतृत्व नै पाउनु पर्दथ्यो । त्यसो भएको भए भौतिक रुपले जीर्ण भए पनि यसले साहित्यिक उद्देश्य भने प्राप्त गनेर् थियो र निरन्तरता दिने थियो । तर, विगत लामो समयदेखि त्यसो हुन सकिरहेको छैन, भएकै छैन । केही वर्षयता यो भवनको भौतिक स्थिति जीर्ण भए पनि यसले साहित्यिक नेतृत्व पाएको भए सम्भवतः भौतिक जीर्णतालाई चिर्न समेत सक्दथ्यो ।
हालै यसै भवनको प्रांगणमा खुला व्यायामशाला बनेको छ । लथालिङ्ग तालले जे–जस्तो रुपमा बनेको छ, एकछिनका लागि त्यसलाई पनि ठीकै मानौँ । तर, हाम्रो समाजको मानसिकता बडो उदेकलाग्दो स्थितितर्फ गइरहेको छ । वर्तमान प्रधानमन्त्री केपी ओली दमकमा अबौर्ं खचेर्र भ्युटावर बनाउँछन्, जो अहिले प्रयोगविहीन छ ! यो मानसिक दिवालियापनको चरम रूप हो ।
त्यस्तै, हाम्रा नगर–प्रमुख गणेश पोखरेल दिनहुँ त्यही बाटोबाट ओहोरदोहोर गर्दा पनि देवकोटा स्मृति भवनको जीर्ण भवन देख्दादेख्दै त्यसको मर्मत–सम्भार गर्नुपनेर् आवश्यकता ठान्दैनन्; बरु व्यायामशाला आवश्यक देख्छन् । तर, त्यसलाई कुनै पनि हालतमा उचित मान्न सकिँदैन । साहित्यिक संस्थाको मूल काम साहित्यिक अभियन्ता बन्नु हो । व्यायामशाला वा यस्तै कुनै असाहित्यिक काम कुरा गनेर् होइन । हो, यतिबेला जीर्ण भवन व्यायामशालालाई हेरेर रोइरहेको छ ।
पछिल्लोपटक त्यही व्यायामशाला बनाउँदा पनि आर्थिक चलखेल भएको चर्चा सञ्चारमाध्यममा छ्याप्छ्याप्ती आइरहेको छ । यो विडम्बनाले सिङ्गो साहित्यिक जगत र भद्रपुरले शिर निहु¥याउनु परेको छ । १० लाख रकममा पनि आर्थिक चलखेल हुन्छ भने नगर–प्रमुख, उपप्रमुख, नगरपालिका र स्मृति भवनका पदाधिकारीहरू जम्मै एकमुष्ट रुपमा दोषी छन् । नगर–प्रमुख र उपप्रमुखले त यसको उचित सफाई दिनै पनेर् छ । अझ रकम निकासी गनेर् र भवनको चेकबाट भुक्तानी गनेर् भवनका जिम्मेवार पदाधिकारी र नगरपालिकाको कर्मचारी यो प्रकरणमा मुछिएको देखिन्छ ।
कस–कसले भागशान्ति जय नेपाल गरे, त्यो आफ्नै ठाउँमा छँदैछ । तर, प्रकरण सतहमा आएपछि अत्यन्त प्रतिष्ठित मानिएका सभापति, सचिव तथा कोषाध्यक्षले राजीनामा गरेर छानबीनलाई सजिलो पानेर् कि ?– प्रश्न शक्तिशाली छ ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।