झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, १५ भदौ । प्रत्येक वर्ष भदौ १५ गते विभिन्न कार्यक्रम आयोजना गरी मनाइने पुस्तकालय दिवस आज देशभर मनाइँदै छ । विसं २०६५ देखि सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रुपमा मनाउँदै आएको हो । राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा विसं १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले भदौ १५ गतेलाई पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो । सत्रौँ पुस्तकालय दिवसका अवसरमा दुई साता अघिदेखि नै सरकारी एवं गैरसरकारी स्तरबाट विभिन्न कार्यक्रम सुरु भएको छ । सरकारले पुस्तकालय दिवस मनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा दीपक काफ्लेको संयोजकत्वमा मूल समारोह समिति गठन…

Read More

झापा, १५ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । हाल कोशी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदलीदेखि मूख्यतया सफा छ । कोशी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी प्रदेशको एक–दुई स्थानमा मेघ गर्जन–चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र गण्डकी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको सम्भावना छ । आज राति…

Read More

झापा, १५ भदौ । मनाङको थोचे आसपासमा भूकम्पको धक्का महसुस भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज विहान ३ बजेर ४७ मिनेट जाँदा मनाङको थोचे आसपास केन्द्रविन्दू भएर चार दशमलव दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि भदौ १३ गते बझाङको मासदेव आसपास केन्द्रविन्दू भएर चार दशमलव तीन रेक्टरस्केलको भूकम्प गएको थियो । नेपाल हिमालय क्षेत्र भएको कारणले भूकम्पको जोखिमको क्षेत्रका रुपमा लिने गरिन्छ ।

Read More

मेचीनगर, १४ भदौ । योङ कम्युनिष्ट लिग नेपाल मेचीनगरको अध्यक्षमा दिपक राईसहित ५१ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ । नेपाल मेचीनगरको सातौं सम्मेलनबाट उपाध्यक्ष राजेश गुरुङ, दीपेश मेचे, रिजेश कार्की, सचिवमा सुबम खड्का सहसचिवमा बरुण राजबंशी, रमेश बाँस्तोला, उपाध्यक्ष रन्जिना वर्देवा सर्वसम्मत भएका हुन् । त्यसैगरी देबेन्द्र दाहाल, रबिन पराजुली, राम राजबंशी, बिष्णु, भट्टराई, लक्ष्मी आचार्य, तुलसी आचार्य, हेम थापा लगायत सदस्यमा चयन भएका छन् । राजु निरौलाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा माओवादी केन्द्रका केन्द्रिय सदस्यीय रन्जित तामाङ, झापा संयोजक राजु आचार्य अग्नि, सचीव मोहन टुडु, वाइसीएलका जिल्ला इन्चार्ज निशान मगार, प्रदेश सदस्य प्रकाश भण्डारी, डिल्लीराम घिमिरेलगायतले सम्बोधन गरेको कार्यक्रममा…

Read More

मेचीनगर, १४ भदौ । माओवादी केन्द्रका केन्द्रीय सदस्य रन्जित तामाङले अब माओवादी केन्द्रले नेपालमा भ्रष्टाचार पक्षधर विरुद्धको अन्तिम युद्ध गर्ने बताएका छन् ।  योङ कम्युनिस्ट लिग नेपाल मेचीनगरको सातौं सम्मेलनको प्रमुख अतिथिको रूपमा सम्बोधन गर्ने क्रममा केन्द्रीय सदस्य तामाङले माओवादीको क्रान्तिबाट ब्यवस्था बदलेको र अब अवस्था बदल्न भ्रष्टाचार विरुद्ध अन्तिम संघर्ष गर्नुपर्ने बताएका हुन् । युवा नेता तामाङले सबै भ्रष्टाचार जोगाउन र भ्रष्टाचारीलाई उन्मुक्ति दिन एमाले-काङ्ग्रेस गठबन्धन भएको भन्दै समाजका टोलटोल र केन्द्रमा भएको भ्रष्टाचारलाई परास्त गर्दै सुशासनका लागि संघर्ष हुने बताएका थिए । अवस्था बदल्नका लागि युवाको ढुकढुकी `वाइसीएल´ महत्त्वपुर्ण योगदान हुनुपर्नेमा जोड दिएका थिए । उनले भने, अब…

Read More

झापा, १४ भदौ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज पार्टीको प्रदेश संसदीय दलको बैठकपछि माओवादीले नेकपा एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । समर्थन कायमै राखेर माओवादी साउन ११ गते नै सरकारबाट बाहिरिएको थियो । माओवादी प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले माओवादी केन्द्रले दल र संसदको तर्फबाट समर्थन फिर्ता लिएको जानकारी दिए । सरकारबाट बाहिरिएको १ महिनापछि माओवादीले समर्थन पनि फिर्ता लिएको हो । एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्की माओवादीकै समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ को उपधारा ५ बमोजिम मुख्यमन्त्री बनेका थिए । केन्द्रमा…

Read More

झापा, १४ भदौ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचारीलाई जोगाउनकै लागि आफु नेतृत्वको सरकार परिवर्तन भएको बताउनुभएको छ । माओवादी पार्टीको प्रशिक्षण कार्यक्रममा सहभागी हुन आज सुर्खेत आईपुग्नु भएका अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई जोगाउनकै लागि सरकार परिवर्तन भएको दाबी गर्नुभयो । “गलत कार्य गर्नेलाई माओवादी केन्द्रले छोड्दैन”, उहाँले भन्नुभयो, “देशका भ्रष्ट्राचारीहरूलाई कारबाही गर्न थालेपछि म प्रधानमन्त्रीबाट बाहिरिनु पर्यो ।” पूर्व प्रधानमन्त्री समेत रहनु भएका माओवादी अध्यक्ष प्रचण्डले एमाले सांसद्हरुले सदनमै हिंसा शब्द प्रयोग गर्नुलाई जायज मान्न नसकिने भन्दै संविधानमा नै जनयुद्ध शब्द प्रयोग भएको जनाउनु भयो । आफ्नो पार्टी फुटको चर्चा गलत भएको पुष्टि भइसकेको भन्दै उहाँले…

Read More

सन्तोष शर्माबनियानी, १४ भदौ । झापामा एक सय आठ जनामा डेंगु रोगको संक्रमण देखिएको छ । गत साउन १ गतदेखि भदौ १३ गतेसम्म एक सय आठ जनामा डेंगु संक्रमण देखिएको स्वास्थ्य कार्यालय झापाका डेंगु रोग फोकल पर्सन युवनाथ बरालले जानकारी दिनुभयो । सोही अवधिमा डेंगु संक्रमणबाट एक जना महिलाको मृत्यु समेत भएको उहाँले बताउनुभयो । झापाका १५ वटा पालिकामध्ये सबैभन्दा धेरै बिर्तामोड नगरपालिकामा ७४ जनामा डेंगु संक्रमण देखिएको छ भने अर्जुनधारा नगरपालिका, कचनकवल गाउँपालिका, शिवसताक्षी नगरपालिका, गौरादह नगरपालिका र गौरीगञ्ज गाउँपालिकामा संक्रमितको संख्या शून्य रहेको कार्यालयको तथ्यांक छ । त्यस्तै, मेचीनगर दुई जना, बुद्धशान्तिमा तीन जना, हल्दिबारीमा चार जना, भद्रपुरमा…

Read More

पाँचथर, १४ भदौ । पाँचथरको फालेलुङ गाउँपालिका-५ डाँडा गाउँ स्थितमा बिष्फोटमा परी १ जना बालक र १ जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ बर्षीया प्रिन्सा सावा र ११ बर्षीय दिप्सन सावा रहेका छन । बिगत १० बर्ष देखि आईतराज केरुङको ढुङ्गा माटोले बनेको घरमा ज्ञान बहादुर राईको स-परिवार बस्दै आईरहेकोमा भाद्र १३ गते अपरान्ह ३ बजे राईको छोरा १३ बर्षीय पवन राई, छिमेकी दिलिप सावाको छोरा ११ बर्षीय दिप्सन सावा, छोरी २ बर्षीया प्रिन्सा सावा र दिपक राईको छोरा ७ बर्षीय दिप्सन राई भेला जम्मा भई आगनमा खेलीरहेको अवस्थामा अचानक के कुन बस्तु बिष्फोट भएको थियो ।…

Read More

झापा, १४ भदौ । नेकपा माओवादी केन्द्रले कोशी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । आज बस्न लागेको प्रदेशसभाको बैठकमा सम्बोधन गर्दै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले जानकारी दिए । माओवादी केन्द्र गत साउन ११ गते सरकारबाट बाहिरिएको थियो । केन्द्रमा कांग्रेस–एमालेबिच गठबन्धन बनेपछि माओवादी सरकारबाट बाहिरिएको थियो ।कोशीमा नेकपा (एमाले) प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीको नेतृत्वमा सरकार छ । माओवादी सांसदहरूको समर्थनमा गत वैशाख २७ गते संविधानको धारा १६८ (५) अनुसार गठन भएको उक्त सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै मुख्यमन्त्री कार्कीले ३० दिनभित्र विश्वासको मत लिनुपर्ने भएको छ । नेपाली…

Read More