झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, १० असोज । झापाको बिर्तामोडस्थित चिल्ड्रेन हस्पिटलले तेस्रो वार्षिकोत्सव मनाएको छ । आज बिर्तामोडमा एक कार्यक्रमको आयोजना गरी हस्पिटलले वार्षिकोत्सव मनाएको हो । संस्थापक अध्यक्ष लीला मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा हस्पिटलका एमडी डा. रुपक आचार्यले हस्पिटलले एक वर्षको अवधिमा २ हजार ७१ जनाले अस्पतालबाट ओपीडी सेवा लिएको जानकारी दिनुभयो । जसमध्ये १ हजार ९३९ जना निको भएका छन् भने २५ जनालाई रेफर गरिएको डा अचार्यले बताउनुभयो । त्यस्तै, २३३ जनाले उपचारकै क्रममा डिस्चार्ज भएर गएका थिए भने एक जना बालकको मृत्यु भएको अस्पतालले जनाएको छ । “गम्भीर अवस्थाका बिरामी आउँदा उपचारमा कठिनाइ भए पनि सकेसम्म निको बनाएरै पठाएका छौं”,…

Read More

झापा, १० असोज । दसैँ नजिकिँदासम्म पनि यो वर्ष मनसुन बाहिरिएको छैन । बरू आजदेखि देशभरको मौसम बदली भएर असोजमा पनि झरी पर्ने भएको छ । जल तथा मौषम विज्ञान विभागका अनुसार आजदेखि चार दिन लगातार देशभर मौसम बदली हुने छ । विभागले चार दिनसम्म देशभर विभिन्न ठाउँमा हल्कादेखि अति वर्षासम्म भएर त्यसले ५६ जिल्लामा जनधनको क्षति हुनसक्ने भन्दै सजग गराएको छ । विभागका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । ‘बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण आज दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणतयादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा…

Read More

प्रदुषणबाट फोक्सोलाई बचाउने केही उपायहरू•    धुलो, धुवाँ ढुसी आदि हटाउन घरमा नियमित रूपमा सफा गर्ने।•    घरमा पर्याप्त हावा प्रवाह सुनिश्चित गर्न नियमित रूपमा झ्याल र ढोका खोल्ने बानि गर्ने।•    अरुले गरेको धुम्रपानबाट बच्ने र अरुलाई पनि धुम्रपान नगर्नको लागि परामर्श दिने।•    खाना पाकाउन, कोठा हरु तताउन कम प्रदुषणगर्ने इन्धन प्रयोग गर्ने•    वायु प्रदूषणको स्तर उच्च हुँदा बाहिर ननिस्कने प्रयास गर्नुहोस्।•    प्रदुषित क्षेत्र मा जानु पर्दा एन-९५ मास्क लगाउनुहोस्।•    प्रदूषणयुक्त क्षेत्रहरूबाट टाढा रहने प्रयास गर्नुहोस्। शिवसताक्षी नगरपालिकाशिवसताक्षी झापाको जनहितमा जारी सन्देश

Read More

झापा, १० असोज । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ। रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले सो यात्रालाई कायमै राखेको हो । बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो । पहिलो हाफको १९औँ मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै बार्साको जितका लागि निर्णायक बनेको हो । गएराति नै भएको खेलमा जिरोना र रायो भालेकानोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।

Read More

झापा, १० असोज । सर्लाहीको हरिपूर्वामा एक युवकले गोली हानेर पत्नीको हत्या गरेका छन्। उनले चलाएको गोली लागेर उनका बुबा समेत घाइते भएका प्रहरीले जनाएको छ। गएराति पौने २ बजे हरिपूर्वा नगरपालिका–५ का २७ वर्षीय धिरेन्द्र यादवले आफ्नी २३ वर्षीया पत्नी चित्रलेखा यादवको गोली हानेर हत्या गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। चित्रलेखाको टाउको र आँखामा दुई गोली लागेको थियो । उनको घटनास्थलमै मृत्यु भएको थियो भने धिरेन्द्रका बुवा ५४ वर्षीय रामदिनेश यादवको हातको कुइँनामा गोली लागेर घाइते छन् । वैदेशिक रोजगारी कुवेत गएका उनी एक महिना अघि फर्किएका थिए । उनले पत्नीलाई हत्या गर्नुको कारण भने खुलेको छैन…

Read More

झापा, १० असोज । हाल देशभर मनसुनी वायुको प्रभावसँगै बंगालको खाडीमा विकसित भएको न्यूनचापीय प्रणालीको प्रभावसमेत छ। हाल मनसुनको न्यूनचापीय रेखा भने सरदर स्थानको दक्षिणतिर रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यतिबेला देशभरको मौसम साधारणदेखि पूर्णतया बदली छ। कोसी, मधेस, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा अहिले हल्कादेखि मध्यम वर्षा भइरहेको छ। आज दिउँसो पनि देशभर साधारणदेखि पूर्णतया बदली रहने अनुमान महाशाखाको छ। दिउँसो सबै प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी, मधेस, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ। त्यसैगरी कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई…

Read More

झापा, ९ असोज । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भएको भेटको सन्दर्भलाई लिएर राप्रपाका नेता रविन्द्र मिश्रले गरेको टिप्पणीप्रति प्रचण्डको सचिवालयले खण्डन गरेको छ । अध्यक्ष प्रचण्डका स्वीकीय सचिव रमेश मल्लले मिश्रको टिप्पणीमा कुनै सत्यता नभएको र यो उहाँको मनगढन्ते धारणा भएको बताउनुभएको छ ।‘हिजो विहानको खुमलटार भेटघाटमा रविन्द्र मिश्रजीले आफ्ना विचारहरु राखेको कुरालाई फेसबुकमार्फत पूर्वप्रधानमन्त्री तथा श्रद्धेय अध्यक्षको विचारसमेत भनेर केही टिप्पणी लेख्नुभएको छ’– मल्लले सचिवालयको धारणा सार्वजनिक गर्दै भन्नुभएको छ– ‘जसले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्ने महान बलिदानीपूर्ण आन्दोलनको नेतृत्व गर्नुभयो । शान्ति र संविधान निर्माणको नेतृत्व गर्नुभयो र आज सुशासन, सामाजिक न्याय र समृद्धिको…

Read More

इटहरी, ९ असोज । यातायात कार्यालय सुनसरीको इटहरीबाट नक्कली चिकित्सकसहित १७ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । यातायात सेवा र सवारी चालक अनुमति पत्र कार्यालयबाट नक्कली चिकित्सकसहित १७ जनालाई बुधबार सुनसरी प्रहरीले नियन्त्रणमा लिइएको हो ।सेवाग्राहीलाई दुःख दिएको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अगाडि बढाइएको सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयाँलले जानकारी दिनुभयो । फुयाँलद्वारा जारी विज्ञप्तिमा यातायात व्यवस्था कार्यालयमा सेवाग्राहीलाई दुःख दिने गरेको र अनियमित कार्य गर्न गरेको गुनासोका आधारमा पक्राउ गरिएको उल्लेख छ । पक्राउ पर्नेमा नक्कली चिकित्सक, बिचौलिया र लेखापढी गर्ने रहेका छन् । यातायात कार्यालय इटहरीमा बिचौलियाको बिगबिगी हुँदा सर्वसाधारणले सहज सेवा पाउन नसकिरहेको…

Read More

झापा, ९ असोज । मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व हर्षोल्लासका साथ सम्पन्न भएको छ । मधेसी र थारु महिलाहरूले मनाउने जितिया पर्व सोमबारबाट विधिवत् रुपमा शुरु भई बुधबार आज साँझ ५ः३० बजे पारण गरी व्रत सम्पन्न भएको हो । जितिया पर्व सोमबार बिहान नुहाएर खाएपछि सुरु भएको ३ दिने व्रत तथा पर्व आज बुधबार सम्पन्न भएको हो । जितिया पर्वको लागि उपवास बस्ने महिलाहरूले घर आँगन लिपपोत गरी बिहान नदी, कुवा, पोखरी, लगायत स्थानमा खल्ली, तोरीको तेल, सिन्दूर, केराको पात, तुलसीको पात, अगरबत्ती सामग्रीहरु लिएर स्नान गर्ने ठाउँमै पूजापाठ गरी जितिया पर्वको आरम्भ गरिन्छ । त्यस पश्चिम दिनभरी…

Read More

भद्रपुर, ९ असोज । नेपालमा बिहीबारदेखि चार दिन लगातार देशभर मौसम बदली हुने भएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज अपराह्न विशेष मौसम बुलेटिन सार्वजनिक गर्दै उक्त बदलीपछि पर्ने वर्षाका कारण ५६ जिल्ला उच्च जोखिममा रहेको जानकारी गराएको छ । महाशाखाका अनुसार हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । “बङ्गालको खाडीबाट प्रवाह हुने जलवाष्पयुक्त हावा साथै त्यस क्षेत्रमा बनेको न्यूनचापीय प्रणालीको प्रभावको कारण २०८१ असोज १० गते बिहीबार दिउँसोदेखि असोज १३ (आइतबार) सम्म देशभर साधारणयतादेखि पूर्णतया बदली रही अधिकांश स्थानमा मेघ गर्जन÷चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी…

Read More