
झापा, १० असोज । बार्सिलोनाले स्पेनिस ला लिगामा अपराजित यात्रालाई कायम राखेको छ। रोबर्ट लेवान्डोस्कीको निर्णायक गोलमा बार्सिलोनाले सो यात्रालाई कायमै राखेको हो ।
बुधबार राति भएको खेलमा बार्सिलोनाले गेटाफेलाई १–० गोलअन्तरले हराएको हो । पहिलो हाफको १९औँ मिनेटमा लेवान्डोस्कीले गरेको गोल नै बार्साको जितका लागि निर्णायक बनेको हो । गएराति नै भएको खेलमा जिरोना र रायो भालेकानोले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन्।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।


