झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २५ भदौ । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका कृष्णबहादुर गिरी उर्फ सिद्धबाबाले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले बलात्कार मुद्दामा अडियो रेकर्ड परीक्षण गर्ने प्राविधिकको विज्ञतामा प्रश्न उठाउँदै जिल्ला अदालत सुनसरीले उनलाई सफाइ दिएको थियो । जिल्लाको फैसलाविरुद्ध सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन गरेको थियो । मंगलबार उच्च अदालत विराटनगरका न्यायाधीश विमल सुवेदी र राजेन्द्र अधिकारीको संयुक्त इजलासले जिल्लाको फैसला सदर गरेको हो । सरकारको अब सर्वोच्च जाने बाटो बाँकी रहेको छ।

Read More

बिर्तामोड, २५ भदौ । बिर्तामोड नगरपालिकाले वडा नम्बर २ को पूर्णिमा कृषि समूहलाई बंगुरका पाठा वितरण गरेको छ । नगरपालिकाको मेयर पकेट प्याकेज कार्यक्रम अन्तर्गत उक्त समूहलाई ३० वटा बंगुरका पाठा वितरण गरिएको हो । कार्यक्रमको नियमानुसार वडा नम्बर ९ को नमुना बंगुरपालन कृषक समूहले फिर्ता गरेको पाठा पूर्णिमा समूहलाई वितरण गरिएको हो । कार्यक्रममा बोल्दै नगर उप(प्रमुख नगेन्द्र प्रसाद संग्रौलाले नगरलाई माछामासुमा आत्मनिर्भर बनाउने योजना अनुसार मेयर पकेट प्याकेज कार्यक्रमलाई निरन्तरता दिएको बताउनु भयो । मेहेनत गर्दा वंगुरबाट मनग्य आम्दानी लिन सकिने भएकोले व्यवसायिक बन्न उहाँले आग्रह गर्नु भयो । यसैबीच वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले बंगुरका…

Read More

झापा, २५ भदौ । नेपालमा डेंगु सङ्क्रमणबाट मृत्यु हुने सङ्ख्या पाँच जना पुगेको छ । पछिल्लो तथ्याङ्क अनुसार ७ हजार ६४० जना सङ्क्रमितमध्ये पाँच जनाको मृत्यु भएको हो । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका अनुसार गत माघको दोस्रो सातायता फैलिएको डेंगु ७७ जिल्लामध्ये हुम्ला र मुस्ताङबाहेकका सबै जिल्लामा फैलिएको छ । सात प्रदेशमध्ये सबैभन्दा बढी डेंगु सङ्क्रमित गण्डकी प्रदेशमा छन् । कूल सङ्क्रमित सङ्ख्यामध्ये तीन हजार ६१९ जना अर्थात् ४७.४ प्रतिशत सङ्क्रमित गण्डकीमा रहेका छन् । यस्तै, बागमती प्रदेशमा १ हजार ९११ जना डेंगु सङ्क्रमित छन् भने कोशीमा ८८५ जना, मधेसमा १२८ जना सङ्क्रमित रहेका छन् । यस्तै, लुम्बिनी…

Read More

बिर्तामोड, २५ भदौ ।नेपाल ट्रेड युनियन कांग्रेससँग आबद्ध नेपाल नाई संघ विर्तामोड नगर समितिको अध्यक्षमा बन्धन ठाकुर निर्वाचित हुनुभएको छ । विर्तामोड नगर क्षेत्रभित्रका ठाकुरहरुको भेलाले ठाकुरको अध्यक्षतामा समिति गठन गरेको हो । समितिको उपाध्यक्षमा अमर ठाकुर, सचिवमा विजय ठाकुर, सहसचिवमा दुखन ठाकुर र कोषाध्यक्षमा ओमप्रकाश ठाकुर निर्वाचित हुनुभएको छ । समितिका सदस्यहरुमा सत्ययम ठाकुर, अमित ठाकुर, मुकेश ठाकुर, विवेक ठाकुर, पप्पु ठाकुर र अशोक ठाकुर चयन हुनुभएको छ । नेपाल नाई संघका केन्द्रीय सदस्य विजय ठाकुरको प्रमुुख आतिथ्य र नेपाल नाई संघ झापाका अध्यक्ष मनोजकुमार ठाकुरको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल तरुण दल केन्द्रीय सदस्य सजेश शिवाकोटी, नेपाली कांग्रेस विर्तामोड…

Read More

बिर्तामोड, २५ भदौ । नेपाल प्रजातन्त्र सेनानी संघ झापाको आज सम्पन्न पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा लिलक सिटौलालाइ निर्विरोध निर्वाचित गरेको छ । गठित समितिको उपसभापतिमा उत्तमकुमार सुवेदी, सचिवमा पंकज घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । समितिका सदस्यहरुमा बिलास मल्लिक डोम, कमलप्रसाद राजवंशी, जयबहादुर राई, आसमानसिंह राजवंशी, बलराम तामाङ, ज्ञानमणि भुर्तेल, चक्रप्रसाद सिटौला, टेकनाथ उप्रेती, झुनादेवी बानिया, सूर्य ढुङ्गाना, लुथ्रो हेमरम, तीर्थराज डाँगी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत इन्दु पूर्वेलीले जानकारी दिनुभयो । अधिवेशनले रामकुमारी पौडेल, टिकाप्रसाद प्रसाई, विरबहादुर प्रसाई, युद्धराज ओली, शरद शिवाकोटी, यामप्रसाद भण्डारी र श्यामलाल दाहाललाई केन्द्रीय प्रतिनिधिमा निर्विरोध चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी…

Read More

झापा, २५ भदौ । झापाको मेचीनगर–९ मा बरामद गरिएको जंगली हात्तीको अंग परीक्षणका लागि राष्ट्रिय विधि विज्ञान प्रयोगशाला पठाइएको छ । हात्तीको अंग हो–होइन विषयको यकिन गर्न प्रयोगशाला पठाइएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी अञ्जना पुरीले जानकारी दिनुभयो । गत बैशाख ४ गते दुवै दाह्रा काटिएको अवस्थामा मेचीनगर नगरपालिका–११ स्थित कालीका सामुदायिक वनभित्र हात्ती मृत फेला परेको थियो । बरामद भएको अंग सोही हात्तीको हो–होइन भन्ने पनि यकिन हुने उहाँले बताउनुभयो । सोमबार मेचीनगर–९ का खगेन्द्र चापागाई हात्तीको अंग सहित पक्राउ गरिएको थियो । डिभिजन वन कार्यालय झापा, सब डिभिजन वन कार्यालय धाइजन र इलाका प्रहरी कार्यालय धुलाबारीको संयुक्त…

Read More

बिर्तामोड, २५ भदौ । झापाको बिर्तामोडमा आजदेखि दशैं–तिहार महोत्सव तथा जुत्ता–चप्पल मेला शुरु भएको छ । नेपालीहरुको महान चाड दशैं–तिहारलाई लक्षित गरी शुरु गरिएको मेलाको आज बिर्तामोड नगरपालिकाका नगरप्रमुख पवित्रा महतारा प्रसाईंले उद्घाटन गर्नुभयो । कार्यक्रममा मन्तव्य राख्नुहुँदै उहाँले स्वदेशी उत्पादनलाई सबैले प्रयोग गर्नुपर्नेमा जोड दिनुभयो । “हामीले विदेशी होइन, स्वदेशी उत्पादन प्रयोग गर्नुपर्छ”, उहाँले भन्नुभयो, “यसले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउँछ, स्वदेशी उद्योगहरुको प्रबद्र्धन हुन्छ ।” बिर्तामोडस्थित सिटी सेन्टर हाताभित्र ‘नेपाली उत्पादनको प्रवद्र्धन हाम्रो अभियान’ भन्ने नाराका साथ शुरु भएको महोत्सव आगामी असोज २४ गतेसम्म सञ्चालन हुनेछ । सिटी सेन्टर बिर्तामोडको आयोजना तथा नेपाली जुत्ता घरको सह–आयोजनामा शुरु भएको जुत्ता–चप्पल…

Read More

बिर्तामोड, २५ भदौ । आक्रमणको घटनामा संलग्नलाई पक्राउ नगरे वाइसीएल नेपालले मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएको छ । झापा बुद्धशान्ति वाईसीएल अध्यक्ष पङ्कज शेर्पामाथि आइतबार भएको आक्रमणको घटनामा संलग्न मेचीनगर–१२ घर भएका बालकुमार विष्ट र नविन विष्टलाई प्रहरीले पक्राउ गरी कारबाहीको दायरामा नल्याएको भन्दै बुधबार मेची राजमार्ग बन्द गर्ने चेतावनी दिएको हो । आज बिर्तामोडमा पत्रकार सम्मेलन गर्दै वाइसीएलले आक्रमणमा संलग्न बिष्ट दाजुभाइलाई प्रहरीले पक्राउ गर्न आनाकानी गरेको भन्दै आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । ‘हामीले निवेदन दिंदा पनि प्रशासनले पक्राउ गर्न चासो दिएको छैन’, वाइसीएल नेपाल झापा अध्यक्ष डेबिट शाही ठकुरीले भने, ‘आजदिन भरमा पनि आक्रमणमा संलग्न बिष्ट…

Read More

सुनसरी, २५भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ स्थित सप्तकोशी नदीबाट बेवारिसे अवस्थामा अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ । भदौ २५ गते राती साढे १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदीमा ३ वटा ट्यूव माथी (८ बोरा) २ सय ४८ किलोग्राम अबैध लागुऔषध गाँजा बग्दै गरेको अवस्थामा फेला पारेको हो । बरामद भएको गाँजा नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको छ ।

Read More

विराटनगर, १५ भदौ । मोरङको दुई छुट्टा छुट्टै स्थानहरुबाट लागुऔषध ब्राउन सुगर र नियन्त्रित औषधी सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । भदौ २४ गते साँझ ६ बजे पथरी शनिश्चरे नगरपालिका-७ का २८ बर्षीय ललित गुरुङ्ले आफ्नै घरमा लागुऔषध बेचबिखान गरिरहेको छ भन्ने बिशेष सुचनाको आधारमा इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले उनको घर खानतलासी गर्दा घर भित्र लुकाईछिपाई राखेको अवस्थामा ३ ग्राम ३ सय ५० मिलीग्राम ब्राउन सुगर फेला पारी उनलाई नियन्त्रणमा लिएको हो भने CRV बाँसबारी मोरङबाट खटिएको प्रहरी टोलीले सुन्दरहरैँचा नगरपालिका-७ का २० बर्षीय रुपेश चौधरीलाई नियन्त्रित औषधी एभिल, डाइजेपाम र फेनारगन १७ एम्पुल सहित…

Read More