
बिर्तामोड, २५ भदौ । नेपाल प्रजातन्त्र सेनानी संघ झापाको आज सम्पन्न पाँचौं जिल्ला अधिवेशनले अध्यक्षमा लिलक सिटौलालाइ निर्विरोध निर्वाचित गरेको छ ।
गठित समितिको उपसभापतिमा उत्तमकुमार सुवेदी, सचिवमा पंकज घिमिरे निर्विरोध निर्वाचित हुनुभएको छ । समितिका सदस्यहरुमा बिलास मल्लिक डोम, कमलप्रसाद राजवंशी, जयबहादुर राई, आसमानसिंह राजवंशी, बलराम तामाङ, ज्ञानमणि भुर्तेल, चक्रप्रसाद सिटौला, टेकनाथ उप्रेती, झुनादेवी बानिया, सूर्य ढुङ्गाना, लुथ्रो हेमरम, तीर्थराज डाँगी निर्वाचित हुनुभएको निर्वाचन अधिकृत इन्दु पूर्वेलीले जानकारी दिनुभयो ।
अधिवेशनले रामकुमारी पौडेल, टिकाप्रसाद प्रसाई, विरबहादुर प्रसाई, युद्धराज ओली, शरद शिवाकोटी, यामप्रसाद भण्डारी र श्यामलाल दाहाललाई केन्द्रीय प्रतिनिधिमा निर्विरोध चयन गरेको नेपाली कांग्रेस झापाका कार्यालय सचिव जयकुमार दाहालले जानकारी दिनुभयो ।
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



