
सुनसरी, २५भदौ । सुनसरीको बराहक्षेत्र नगरपालिका- ६ स्थित सप्तकोशी नदीबाट बेवारिसे अवस्थामा अवैध लागुऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।
भदौ २५ गते राती साढे १ बजे इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले सप्तकोशी नदीमा ३ वटा ट्यूव माथी (८ बोरा) २ सय ४८ किलोग्राम अबैध लागुऔषध गाँजा बग्दै गरेको अवस्थामा फेला पारेको हो ।
बरामद भएको गाँजा नियन्त्रणमा लिई अन्य थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



