झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, ८ भदौ । भद्रपुरका पत्रकारलाई पुरस्कृत गर्नेगरी भट्टराई दम्पतीले १ लाख ५५ हजार रुपैयाँ बराबरको महर्षि वशिष्ठ पत्रकारिता अक्षयकोष स्थापना गरेका छन् । भद्रपुर–८ का गणेशप्रसाद भट्टराई र शकुन्तला भट्टराईले उक्त कोष स्थापना गरेका हुन् । महर्षि वशिष्ठ पत्रकारिता नामाकरण गरिएको अक्षयकोषमा भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुर, दाता परिवार र प्रेस क्लबबीच भदौ ८ गते सम्झौता भएको छ । अक्षयकोषबाट प्राप्त हुने ब्याजबाट भट्टराई कुलवंश प्रतिष्ठानको वार्षिक साधारण सभामा एक जना पत्रकारलाई सम्मानसहित पुरस्कृत गर्नेछ । प्रेस क्लब भद्रपुरका अध्यक्ष, भट्टराई कुलवंश प्रतिष्ठान भद्रपुरका अध्यक्ष र वौद्धिक व्यक्तित्वगरी तीन सदस्यीय पुरस्कार छनोट समितिले पुरस्कृत पत्रकार छान्ने जनाइएको छ । दोस्रो…

Read More

भद्रपुर, ८ भदौ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगरसमितिको आज विशेष अधिवेशन शुरु हुँदै छ । अधिवेशनको अवसरमा जनयुद्धताका सेल्टर प्रदान प्रदान गर्ने सेल्टर दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व पर्यटन मन्त्री सुदन किराती रहने पार्टीले जनाएको छ । आज बिहान १० बजेदेखि भद्रपुर–६ स्थित सिटी गार्डेनमा कार्यक्रम शुरु हुने छ । विशेष अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

Read More

झापा, ८ भदौ । यस वर्ष धान रोपाइँका लागि मनसुन अनुकूल रहँदा ९८ दशमलव पाँच प्रतिशत रोपाइँ सम्पन्न भइसकेको छ । कृषि तथा पशुपन्छी मन्त्रालयका अनुसार अघिल्लो वर्ष ९४ दशमलव ६ प्रतिशतमा रोपाइँ सम्पन्न भएकामा यस वर्ष झन्डै चार प्रतिशत रोपाइँ बढेको छ । मुलुकभर १३ लाख ९८ हजार नौ सय ८५ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुने क्षेत्रमध्ये १३ लाख ७८ हजार ६ सय ११ हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका अनुसार कोशी प्रदेशमा ९९ दशमलव ६ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । कोशी प्रदेशमा करिब दुई लाख ७६ हजार तीन सय ८६ हेक्टर…

Read More

झापा, ८ भदौ । सुदूरपश्चिमको मौलिक पर्व गौरा आजदेखि विधिवत् रुपमा सुरु भएको छ । भाद्र शुक्ल पक्ष पञ्चमीदेखि सुरु हुने पर्वको आज पहिलो दिन घर–घरमा बिरुडा राखेर मनाइँदै छ । आजको दिनलाई बिरुडा पञ्चमी समेत भनिन्छ । आज ब्रतालु महिलाले घरमा ‘बिरुडा’ (पाँच प्रकारका अन्न तथा गेडागुडी) भिजाएर गौराको सुरुवात गर्ने चलन छ । तामाको भाँडोलाई गाईको गोबरले लिपेर दुबो, अक्षताले शृङ्गारी त्यसभित्र पञ्च अन्न ९मास, कलौँ, गहत, गहुँ र गुरुस० भिजाएर बिरुडा बनाउने चलन छ । बिरुडालाई गौरीको प्रसादका रुपमा लिइन्छ । गौरादेवीको पुजाआजामा पनि बिरुडाको प्रयोग गरिन्छ । पुत्रदा एकादशीको व्रत बसिसकेपछि भदौको बिरुडा पञ्चमीदेखि गौरा पर्व…

Read More

झापा, ८ भदौ । रुसी सेनामा भर्ती भई स्वदेश फर्कन इच्छुक अधिकांश नेपालीहरू आगामी कातिक–मंसिरभित्र नेपाल आइपुग्ने भएका छन्। दक्षिण एसियाली मुलुकहरू भारत र श्रीलंकाले समेत आफ्ना नागरिकहरूलाई रुसी सेनाबाट फिर्ता ल्याउन अपेक्षाकृत सफलता प्राप्त नगरेका बेला नेपालले भने फिर्ता हुन इच्छुक सबैजसो नागरिकहरूलाई फिर्ता ल्याउने सफलता प्राप्त गरेको हो। रुसी सेनाको तर्फबाट युद्धमा ज्यान गुमाउनेहरूको संख्या पनि बढ्ने देखिएको छ। हाल चलिरहेको छानबिनबाट पुष्टि भए युद्धमा मारिने नेपालीहरूको संख्या ३ दर्जनबाट बढेर पाँच दर्जन नाघ्न सक्छ। रुस–युद्ध युद्धमा हालसम्म ३९ जना नेपालीहरू मारिएको आधिकारिक रूपमा पुष्टि भइसकेको छ। तर, पछिल्लो समय रुसले मस्कोस्थित नेपाली राजदूतावासलाई युक्रेनसँगको युद्धमा मारिएका थप…

Read More

झापा, ८ भदौ । तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित मस्र्याङदी नदीमा बस खस्दा मृत्यु हुने र घाइतेको विवरण प्रहरीले सार्वजनिक गरेको छ । हिजो बिहान ११ः२० बजेतिर पृथ्वी राजमार्ग सडक खण्डमा पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको यूपी ५३ एफटी ७६२३ नम्बरको भारतीय यात्रुबाहक बस सडकबाट अन्दाजी १५० मिटर तल मर्स्याङदी नदीमा खसेकोे थियो । उक्त दुर्घटनामा २७ यात्रुको मृत्यु भएको र १६ जना घाइतेलाई उपचारका लागि काठमाडौँ पठाइएको प्रहरीले विज्ञप्तिमार्फत जनाएको छ । मृतकहरुको विवरण१. देश भारत महाराष्ट्र प्रदेश जिल्ला जलगाँउ बस्ने अं.बर्ष १६ की चन्दना सुहास राणे पुरानो मेडिकल कलेज भरतपुर रिफर गरिएकोमा १५:२६ बजेको समयमा मृत घोषणा लास ऐ अस्पतालमा…

Read More

झापा, ८ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको दक्षिणमा र पूर्वतिर सरदर स्थानको केही उत्तर दिशा तर्फ अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल देशभर आंशिक देखि साधरणतया बदली रहेको छ। कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। सबै प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै…

Read More

झापा, ७ भदौ । तनहुँको आबुखैरेनी गाउँपालिका वडा नम्बर–२ स्थित मर्स्याङ्दी नदीमा बस दुर्घटनामा मृत्यु हुनेको संख्या २७ पुगेको छ । शुक्रबार भारतीय नम्बर प्लेट–७६२३ को बस मर्स्याङ्दी नदीमा दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २७ पुगेको हो । २६ जनालाई आँबुखैरेनीमै मृत घोषणा गरिएको र एकजनाको भरतपुरमा मृत्यु भएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले जानकारी दिए । उनका अनुसार दुर्घटनाको कारण खुलेको छैन । मृतकहरूको सनाखत भैसकेको छैन । यस्तै १६ जनालाई उपचारका लागि काठमाडौँ लगिएको जानकारी प्रमुख जिल्ला अधिकारी गौतमले दिए । उनीहरू भारतबाट पोखरा हुँदै काठमाडौँ आउँदै थिए । गण्डकी प्रदेश प्रहरी कार्यालयका एसएसपी रवीन्द्र रेग्मीका अनुसार चालका…

Read More

कनकाई, ७ भदौ । कनकाई–३ सुरुङ्गा स्थित हरिकुल नमूना माध्यामिक विद्यालयमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाइएको छ । विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि श्रीकृष्ण जन्माष्टमी पर्वको अवसरमा कार्यक्रम आयोजना गरिएको विद्यालयले जनाएको छ । विद्यार्थीलाई प्रयोगात्मक हुने हिसाबले सिकाईका लागि कार्यक्रम गरिएको विद्यालयकी प्रबन्ध निर्देशक ग्रीशा रावल थापाले बताउनुभयो । अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमुलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका सञ्चालक साजन थापाले बताउनुभयो । विशेष गरेर विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा राखेको र हरेक चाडपर्व मनाउने परम्परालाई पनि विद्यालयबाट नै सिकाउने गरेको शिक्षक सन्दीप…

Read More

द्रोण अधिकारीभद्रपुर, ७ भदौ । झापाको साविक महेशपुर ६ हाल भद्रपुर ६ मोतियावारी माता मन्दिर छेउमा तीन दशकयता माटाको मूर्ति बनाएर जीवन चाइरहेका कलाकार हुन् विष्णु राजवंशी । दुई सन्तानको शिक्षादिक्षा र ४ जनाको परिवार धान्ने आधार यही मूर्तिकला रहेको कलाकार विष्णु राजवंशीलाइ्र्र पछिल्लो समय आर्थिक संकटले सताउन थालेको छ । उनले जानेको मूर्तिकलाका लागि लगनशीलता र मेहनतलाई घटाएका छैनन तर पनि आफ्नो व्यवसायमा अतिक्रमण बढेकै कारण निर्मित मूर्ति नबिक्दा आर्थिक संकटको सामना गर्नुृ परेको उनको दुखेसो छ । अभिषेक मूर्ति उद्योगका नाममा बैधानिक रूपमा सञ्चालनमा रहेको उनको उद्योगको उत्पादनलाई भारतीय बजारबाट भित्रने अवैध मूर्तिले नराम्ररी संक्रमण गरिरहेको उनको भनाइ…

Read More