
भद्रपुर, ८ भदौ । नेकपा (माओवादी केन्द्र) भद्रपुर नगरसमितिको आज विशेष अधिवेशन शुरु हुँदै छ ।
अधिवेशनको अवसरमा जनयुद्धताका सेल्टर प्रदान प्रदान गर्ने सेल्टर दाताहरुलाई सम्मान गर्ने कार्यक्रम रहेको छ । कार्यक्रमको प्रमुख अतिथि पार्टीका केन्द्रीय सदस्य एवम् पूर्व पर्यटन मन्त्री सुदन किराती रहने पार्टीले जनाएको छ । आज बिहान १० बजेदेखि भद्रपुर–६ स्थित सिटी गार्डेनमा कार्यक्रम शुरु हुने छ । विशेष अधिवेशनले नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



