
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २८ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक(दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू(क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न महाशाखाको अनुरोध छ । साथै यसबाट ती क्षेत्रहरूमा दैनिक जनजीवन लगायत…
झापा, २८ साउन । आज साउनको अन्तिम सोमबार झापासहित देशभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ । काठमाडौँको पशुपतिनाथ, झापाको अर्जुनधारा जलेश्वरधाम, कनकाई माईधाम लगायतका शिवालयमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको हो । साउने सोमबारको पूजाआजा गर्न आएका दर्शनार्थी तथा बोलबम यात्रामा निस्केकाहरूका लागि बिहानदेखि नै मन्दिरमा सहज रूपमा दर्शनको व्यवस्था मिलाएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । साउन महिना र सोमबार भगवान् शिवजीको महिना र बार भएकाले पनि शिवालयहरुमा धेरै भक्तजनको घुइँचो लाग्ने गर्दछ । यसैगरी, गोकर्णेश्वर, सन्तानेश्वर, डोलेश्वर, किरातेश्वर, भालेश्वरसहित, काभ्रेपलाञ्चोकको साँगा, तनहुँको देवघाट, म्याग्दीको गलेश्वरलगायत शिवालयमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधन गरिरहेका छन् । साउनको…
सन्तोष शर्माबनियानी, २८ साउन । झापा रैथाने हात्तीको संख्या बृद्धि हुँदै गएको छ । पछिल्लो पाँच वर्षयता जिल्लामा रैथाने हात्तीको संख्या झण्डै तेब्बर भएको डिभिजन वन कार्यालय झापाका प्रमुख मेघराज राईले जानकारी दिनुभयो । उहाँका अनुसार २०७५ सालतिर १०–१२ वटा संख्यामा रैथाने हात्ती रहेकोमा हाल उक्त संख्या ३० वटाभन्दा धेरै छ । “भारतबाट खानाको खोजीमा नेपाल प्रवेश गर्ने हात्ती यतै बस्न थालेपछि रैथाने हात्तीको संख्या बढ्दै गएको छ”, उहाँले भन्नुभयो, “आहाराकै लागि हात्तीको बसोबास बढेको छ ।” गत वर्ष सुक्ष्म रुपमा अध्ययन गर्दा रैथाने हात्तीको संख्या बृद्धि भएको पाइएको उहाँको भनाइ छ । पहिला निश्चित क्षेत्रमा मात्र देखिने गरेको हात्ती…
झापा, २७ साउन । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमाको उपचार रकम बढाएर ५ लाख रुपैयाँ पु(याउन प्रस्ताव गरेका छन् । आइतबार मन्त्रालयमा आयोजित प्रेस मिटमा पौडेलले सरकारले स्वास्थ्य बीमाको उपचार एक लाखबाट बढाउन प्रस्ताव गरेका हुन् । आमा सुरक्षा कार्यक्रम, सरकारले दिने ८ वटा रोगको उपचार खर्च, विभिन्न खाद्य पदार्थमा सुगर कर लगाएर बीमा रकमको स्रोत सुनिश्चित गर्ने उनले बताएका छन् । मन्त्री पौडेलले विभिन्न क्षेत्रमा रहेका स्वास्थ्य बीमा सेवा उपचार एकद्वार बनाउनु पर्ने बताए । पछिल्लो समय स्वास्थ्य बीमामा २८ प्रतिशत जनसङ्ख्या आबद्ध रहेकोमा नवीकरण गर्नेको सङ्ख्या भने घटेको छ ।
झापा, २७ साउन । नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०को जारी स्थायी समिति बैठकमा सदस्यहरुले स्थानीय तहलाई आधार बनाएर समाजवादको आधार तयार गर्नुपर्नेमा जोड दिनुभएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा बसेको स्थायी समिति बैठकका धारणा राख्ने सदस्यले जनताका समस्या र मुद्दामा केन्द्रित भएर जनपरिचालनको कार्यक्रम ल्याउनुपर्ने बताउनुभयो । उहाँहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको अघिल्लो सरकारले थालेका सुशासन र समृद्धिका अभियानबाट वर्तमान सरकारलाई पछि हट्न नदिन खबरदारी गर्नुपर्ने धारणा राख्नुभएको उपाध्यक्ष एवं प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिनुभयो । “आजको आवश्यकताअनुसार पार्टीमा नयाँ पद्धति र प्रणाली विकास गरी पार्टीभित्रको मूल्याङ्कनको पद्धतिलाई व्यवस्थित बनाउनुपर्छ”, स्थायी समिति सदस्यको भनाइ उद्धृत गर्दै उहाँले भन्नुभयो…
झापा, २७ साउन । चितवनस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले देशका सबै प्रदेशमा सेवा विस्तार गर्ने भएको छ । अस्पतालका कार्यकारी निर्देशक डा.शिवजी पौडेलले सङ्घीय सरकारको कार्यक्रमअन्तर्गत केन्द्रीय क्यान्सर अस्पतालले यही भदौदेखि सबै प्रदेशमा सेवा विस्तार गर्न लागेको बताउनुभयो । हरेक प्रदेशको एउटा सरकारी अस्पतालमा कम्तीमा पाँच शय्याको क्यान्सर उपचार कक्ष सञ्चालन गर्ने गरी सेवा विस्तार हुने उहाँले जानकारी दिनुभयो । कोशी प्रदेशको धनकुटा, मधेसको जनकपुर गण्डकीको दमौली, लुम्बिनीको दाङ, कर्णालीको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा सेवा विस्तार गरिने छ । कार्यकारी निर्देशक डा पौडेलका अनुसार हरेक महिना एक साता अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको टोली विस्तारित केन्द्रमा खटिने र सबै प्रदेशका…
आदरणीय सभापतिज्यू, पदाधिकारीज्यूहरु र उपस्थित केन्द्रिय सदस्यहरु, १. आजभन्दा झण्डै पाँच दशक अगाडि नेपाली कांग्रेसका पथ प्रदर्शक जननायक विपी कोइराला दक्षिण एशियामा उत्पन्न राजनीतिक उतार चढावले नेपालको राष्ट्रियता कमजोर हुन्छ भनी प्रवासबाट स्वदेश फर्कनु भएको थियो । प्रजातन्त्र र राष्ट्रियता एक अर्काका पुरक हुन र यिनलाई भिन्न–भिन्न रुपमा हेर्नु हुन्न भन्ने उहाँको मान्यता थियो । आज फेरी एकपटक दक्षिण एशियामा राजनीतिक हलचल छाएको छ । निर्वाचित सरकारहरु माथि धावा बोलिएको छ । जनताको अभिमतप्रति अविश्वासको खाडल निर्माण गरिंदैछ । अर्थात दक्षिण एशिया अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल भएर नेपाल जस्तो देश चेपुवामा पर्ने संभावना बढेको छ । २. दक्षिण एशियाको राजनीतिक द्धन्द्धले…
झापा, २७ साउन । मोरङ र सुनसरीबाट लागुऔषधसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो राति सुनसरीको रामधुनी नगरपालिका–३ स्थितमा इलाका प्रहरी कार्यालय रामधुनीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ज २ प ५५९५ नम्बरको मोटरसाईकल चालक रामधुनी ७ का ३० वर्षीय थोमन नेपालीलाई निषेधित औषधि ट्रामानिल २८४० क्यापसुल, स्पास्मो १२० क्यापसुल सहित पक्राउ गरेको छ । त्यसैगरी, मोरङको इलाका प्रहरी कार्यालय पथरीले पथरी शनिश्चरे–३ का ३८ वर्षीय निगु दोर्जे तामाङलाई २५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ । लागुऔषध सहित पक्राउ परेका उनिहरुको थप अनुसन्धान भइरहेको छ ।
सोलुखुम्बु, २७ साउन । सोलुखुम्बुको दुधकुण्ड नगरपालिका–६ स्थितमा करेन्ट लागेर एक जना पुरुषको मृत्यु भएको छ । मृत्यु हुनेमा थुलुङ दुधकोशी गाउपालिका–४ का ४० वर्षीय बिष्णु राई रहेका छन् । हिजो दिउँसो दुधकुण्ड नगरपालिका–६ स्थित जंगलमा बिद्युत कार्यालयले हाजिरामा रुखको हाँगा काट्न स्थानीय ४० वर्षीय बिष्णु राई, ५१ वर्षीय कुमार बस्नेत, ३२ वर्षीय पसी शेर्पा र ३२ वर्षीय बुद्धिराज भण्डारीलाई लगाएकोमा रुखको हाँगा काटी सके पश्चात भर्याङ निकाल्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनिहरुलाई उपचारार्थ जिल्ला अस्पताल फाप्लु ल्याएकोमा उपचारको क्रममा बिष्णु राईको मृत्यु भएको हो । अन्य घाइतेहरुको सोही अस्पतलामा उपचार भईरहेको छ भने घटना सम्बन्धमा जिल्ला प्रहरी…
इटहरी, २७ साउन । सुनसरीको इहटरी उप महानगरपालिका–५ का ३० बर्षीय सालिग्राम लुईटेलले आफ्नै नाबालिका भतिजिको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । हिजो अपरान्ह इटहरी–५ स्थितमा डेरा गरी बस्दै आएका लुईटेलले दाजु नबराज लुईटेलको डेढ बर्षीया छोरी आईन्सु लुइटेललाई आफ्नै डेरा कोठा भित्र धारीलो ब्लेडले घाँटी र टाउकोमा चिरी हत्या गरेका थिए । घटनाको जानकारी प्राप्त हुनासाथ तत्काल इलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीले लुईटेललाई घटना स्थलबाटै पक्राउ गरेको हो । हत्या आरोपमा पक्राउ परेका लुईटेलको थप अनुसन्धान भईरहेको छ ।