
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, १६ साउन । बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतारा प्रसाईले तरकारीमा पाइने विषादी न्यूनीकरणका लागि ‘पारिको होइन बारीको खाऊँ’ कार्यक्रम सुरु गरिएको बताउनु भयो । वडा नम्बर १ स्थित अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्र उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख प्रसाईले भारतबाट विषादी अत्याधिक भएका तरकारी आयात हुने र त्यस प्रकारका तरकारीले स्वास्थ्यमा गम्भिर असर पर्ने बताउनु भयो । स्वास्थ्यको लागि स्थानीय उत्पादनमा ध्यानदिन आग्रह गर्दै उहाँले नगरको यस अभियानलाई परिणाममुखी बनाउनु पर्नेमा जोड दिनुभयो । यस्तै वडा नम्बर १ का वडाअध्यक्ष अग्निप्रसाद पाण्डेले तरकारी बिक्री केन्द्रलाई अझै अन्य स्थानमा पनि बढाएर लैजानु पर्ने बताउनु भयो । कार्यक्रम सुरु…
झापा, १६ साउन । झापाको मेचीनगर नगरपालिकाबाट भन्सार छलेर अवैध रुपमा नेपाल ल्याउँदै गरेको तीन लाख रुपैयाँ भन्दा बढीको अवैध कपडा प्रहरी बरामद गरेको छ । आज बेलुका इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले मेचीनगर–६ मेचीपुल हुँदै भारतबाट नेपालतर्फ अबैध रुपमा भन्सार छली लुकाई छिपाई ल्याउदै गरेको सोफा सेटको कबर १३ बण्डल, साडी १२ बण्डल, लुङ्गी ४ बण्डल, कोट पाइन्ट कपडा १५ बण्डल गरी करिब ३ लाख १२ हजार बराबरको कपडा नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १६ साउन । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट लागुऔषध ब्राउनसुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । आज बेलुका भद्रपुर–५ मेची पुलस्थित अस्थायी प्रहरी बिट मेचीपुलबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको प्र १–०१–०१२ प ४२७७ नम्बरको स्कुटी चालक जिल्ला झापा दमक नगरपालिका–९ का २५ वर्षीय संजय लावती र स्कुटीमा पछाडी सवार दमक–१० का २८ वर्षीय काजिमान गुरुङलाई शंका लागी चेकजाँच गर्दा उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउनसुगर प्लाष्टिकबाहेक १ ग्राम १४० मिलिग्राम फेला परेकोले स्कुटरसहित दुवै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय झापामा ल्याई राखी थप अनुसन्धान कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
बिर्तामोड नगरपालिकाको ‘पारीको होइन, बारीको खाऊँ’ अभियान अन्तर्गत बिर्तामोड वडा नम्बर १ स्थित अतिथि सदन सामुदायिक तरकारी बिक्री केन्द्रको रिबन काटेर उद्घाटन गर्नुहुुँदै नगर प्रमुख पवित्रा महतारा प्रसाई । तस्विर : नगर प्रमुखको सचिवालय
झापा, १६ साउन । कागतीको व्यावसायिक खेती र पर्याप्त उत्पादन भइरहे तापनि बजार अभाव र रोगको प्रकोपका कारण किसान निराश हुन थालेका छन् । भारतबाट आयात हुने कागतीलेसमेत स्थानीय उत्पादनको बजारमा समस्या सिर्जना गरेको किसानहरूको भनाइ छ ।कृषि ज्ञान केन्द्र झापाका सूचना अधिकारी चेतनाथ भण्डारीले झापामा आर्थिक वर्ष २०७६/७७ मा एक सय ७८ हेक्टर, आव २०७७/७८ मा दुई सय चार हेक्टर, आव २०७८/७९ मा तीन सय हेक्टर, आव २०७९/८० मा तीन सय हेक्टर र आव २०८०/८१ मा दुई सय ७० हेक्टर क्षेत्रफलमा कागतीखेती भएको बताउनुभयो । आव २०७९/८० देखि जिल्लामा कागती खेतीको क्षेत्रफलमा कमी आउन थालेको छ । उहाँका अनुसार…
काठमाडौँ, १६ साउन । काठमाडौँ महानगरपालिका–१७ ढल्कुमा आज दुई समूहबीच भएको झडपमा परी एकको मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । झडपका क्रममा धारिलो हतियार प्रहारबाट ढल्कु पोडेटोल निवासी ३३ वर्षीय अनित पुजारीको मृत्यु भएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक नवराज अधिकारीले जानकारी दिनुभयो । यस्तै झडपमा परी ५२ वर्षीय सुविन्द्र पोडे, ५४ वर्षीय किरण पुजारी, ४९ वर्षीय दिनेश पुजारी, ४२ वर्षीया माया पुजारी, ३९ वर्षीय विक्रम पुजारी र २३ वर्षका अमृत पुजारी घाइते भएका छन् । घाइतेको शिक्षण अस्पताल महाराजगञ्ज, राष्ट्रिय ट्रमा सेन्टर र पिपुल्स अस्पतालमा उपचार भइरहेको प्रवक्ता अधिकारीले बताउनुभयो । उहाँका अनुसार…
झापा, १६ साउन । नेपालमा सबैभन्दा धेरै रोजगारी सृजना साना तथा मझौला ब्यवसायीले गर्ने गरेपनि उनीहरुलाई राज्यले हेर्ने दृष्टिकोण सकारात्मक नरहेको बताइएको छ । नेपालमा ६० प्रतिशत भन्दा बढी रोजगारी साना तथा मझौंला व्यवसायीले सृजना गर्ने गरेको तर उनीहरुलाई राज्यले सम्मान गर्नुको सट्टा सधैं कर असुल्ने साधनको रुपमा मात्रै हेरेको बिर्तामोडका युवा व्यवसायी सजेश शिवाकोटीको भनाई छ । भन्सार महसुल तथा आन्तरिक राजश्वका विषयमा व्यवसायीलाई जानकारी गराउने उद्देश्यले बिर्तामोड उद्योग वाणिज्य संघले बुधवार आयोजना गरेको कार्यक्रममा बोल्दै व्यवसायी शिवाकोटीले संघ, प्रदेश र स्थानीय तहले विभिन्न बहानामा साना तथा मझौंला व्यवसायीबाट कर लिने नाममा ब्यवसायीलाई हैरानी दिने गरेको आरोप लगाए ।…
डा. राजेन्द्र गिरीहामी कहाँ सबैभन्दा बढी पाइने फल हो अमला । बारी, पाखो खरयान जंगल आदि जुनसुकै भागमा अमला फल्नसक्छ । तर यहि अमला आयुर्वेदिक औषधिका लागि अत्यन्तै महत्वपूर्ण मानिन्छ । आयुर्वेदमा सबैभन्दा बढी प्रयोग हुने जडिबुटि हो अमला । आयुर्वेदमा अति नै मानिने त्रिफलाका बनाउदा सबै भन्दा महत्वपूर्ण ठूलो हिस्सा अमला नै पर्दछ । त्यस्तै चेवनप्रासमा सबैभन्दा बढी प्रयोग ताजा अमलाको हुन्छ । आयुर्वेदिक मात्रै होइन आधुनिक चिकित्सा पद्धतीमा पनि यसको उत्तिकै महत्व मानिन्छ । भिटामिन सी को राजा अमलामा एन्टीअक्सिडेन्ट प्रयाप्त मात्रामा पाइन्छ । स्वास काश अर्थात खोक्दा खकारमा रगत आउने अवस्था । आम सर्वसाधारणले खकारमा रगत देखा…
नयाँ दिल्ली, १६ साउन । रंग दे बसंती, आजा नच ले जस्ता फिल्ममा देखिएका अभिनेता कुणाल कपूर नितिश तिवारी निर्देशित पौराणिक फिल्म रामायणको हिस्सा बनेका छन् । फिल्ममा उनले कुन पात्रको भूमिका निभाउँदै छन् भन्नेबारे कुनै जानकारी बाहिर आएको छैन । तर खबरहरूलाई पत्याउने हो भने अभिनेताले फिल्मको लागि तयारी सुरु गरिसकेका छन् । पिंकभिल्लाको हालै छापेको समाचार अनुसार कुणाल कपूरले फिल्मको करारमा हस्ताक्षर गरिसकेका छन् । यस फिल्ममा रणवीर कपूरले भगवान रामको भूमिका निभाइरहेका छन् । साउथकी अभिनेत्री साई पल्लवीले माता सीताको भूमिका निभाएकी छिन् । कणालले आफ्नो पात्रका लागि कस्ट्युम ट्रायल पनि गरिसकेको र अहिले स्क्रिप्टको रिहर्सल गरिरहेको…
पर्वत, १६ साउन । गएराति आएको भीषण वर्षापछिको बाढीका कारण सदरमुकाम कुश्माका ४५ घर जोखिममा परेका छन्। कुश्माबजारको जिरो किमी भन्दामाथि रहेको गजौटेखोलामा आएको गेग्र्यान सहितको बाढीले पुरिएपछि सिङ्गो बस्ती नै जोखिममा परेको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार कुश्मा नगरपालिका–४ का वडाध्यक्ष दिनेश श्रेष्ठसहित गङ्गाराज परियार, वीरबहादुर परियार लगायतका १२ घरमा बाढी पसेर क्षति पुर्याएको हो भने अन्य घर जोखिममा परेका हुन् । समयमै घरका बासिन्दा सुरक्षित स्थानमा सरेका कारण मानवीय क्षति हुन नपाएको प्रहरी निरीक्षक भुवन बरामले जानकारी दिए । स्थानीय शिवलाल सार्कीका अनुसार जिरोकिमी, नारायणस्थान र दलित बस्तीका गरी ४५ भन्दा बढी घर जोखिममा परेका छन् ।…