
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
लन्डन, २३ साउन । गैरआवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) ले हालैका दिनमा बेलायतमा जातीय हिंसाका घटना बढिरहेको उल्लेख गर्दै नेपाली समुदायलाई सचेत रहन अपिल गरेको छ । अध्यक्ष प्रेम गाहामगरले मंगलबार एक आपत्कालीन सेफ्टी एड्भाइजरी जारी गर्दै बढ्दो तनावको यस समयमा नेपाली समुदायको सुरक्षा र कल्याण सुनिश्चित गर्नु आफ्नो दायित्व रहेकाले केही समस्या परे सम्पर्क गर्न पनि सुझाएका हुन् । लन्डनस्थित नेपाली दूतावासले बेलायतका नेपाली संघसंस्थाहरुलाई आ(आफ्नो तर्फबाट सुरक्षा सतर्कता अपनाउन अपिल गरिदिन आग्रह गरेको थियो ।एनआरएनए यूकेले आफ्नो एड्भाइजरीमा उच्च–जोखिम क्षेत्रहरूमा नजान, हिंसा फैलिएका स्थानहरूमा यात्रा नगर्न, विश्वसनीय समाचार स्रोतहरू र स्थानीय अधिकारीहरूबाट आधिकारिक अद्यावधिक सूचना मार्फत सूचित…
गर्मी मौसममा जुस तथा चिसो पेयपदार्थ पिउन सबैलाई मन पर्छ र यसले शितलता महसुस गराउँछ । त्यस्तै गर्मी मौसममा उँखुको जुस पिउँदा पनि शरीरलाई फाइदा जनक हुन्छ । यो एक स्वादिष्ट र मिठो पेय पदार्थ पनि हो । यसका फाइदाहरु : १– उँखुको रस सेवन गर्नाले गर्मीबाट बच्नुका साथै शरीरमा पानीको मात्रालाई सन्तुलित बनाउन मद्दत गर्छ ।२– यसमा प्रशस्त मात्रामा आइरन, पोटाशियम, क्याल्सियम, म्याग्नेसियम जस्ता तत्व हुन्छ जसले शरीरमा पोषण प्रदान गर्नुका साथै शरीरलाई फूर्तिलो बनाउँछ । ३– यसमा प्रशस्त मात्रामा पानीको मात्रा हुने भएकाले पिसाव सम्बन्धी समस्याबाट मुक्ति मिल्छ । ४– यसको सेवनले कलेजोलाई मजबुत बनाइराख्न मद्दत गर्नुका साथै…
काठमाण्डौ, २३ साउन । काभा महिला भलिबल लिगको उपाधिका लागि आज नेपाल र भारत खेल्दैछन् । खेल काठमाण्डौको त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा बेलुका पाँच बजे शुरु हुनेछ । यसअघि हिजो भएको खेलमा इरानलाई हराउँदै नेपाल फाइनलमा पुगेको हो । नेपालले इरानलाई ३–० को सोझो सेटमा हरायो । योसँगै नेपालले लिग चरणमा इरानसँग बेहोरेको हारको बदला लिएको छ । लिग चरणमा नेपाल इरानसँग ३–२ को सेटमा पराजित भएको थियो । हिजो भएको पहिलो सेमिफाइनलमा श्रीलङ्कालाई ३–० को सोझो सेटमा हराउँदै भारत फाइनलमा पुगेको थियो । लिग चरणमा नेपालले भारतलाई हराउँदै ऐतिहासिक उपलब्धि हासिल गरेको थियो । फाइनल…
झापा, २३ साउन । चार वर्षपछि पूर्वीनाका काँकडभिट्टाबाट तेस्रो मुलुकका पर्यटकको आवागमन खुला भएको छ । कोरोना महामारीपछि भारत सरकारले यस नाकाबाट भुटानबाहेकका पर्यटक आवागमन बन्द गरेको थियो । भारतीय अध्यागमन कार्यालयबाट तेस्रो मुलुकका पर्यटक आवागमन खुला गरिएको जानकारी आएलगत्तै पर्यटकको आवतजावत सुरु भएको अध्यागमन कार्यालय काँकडभिट्टाका प्रमुख मोहन पनेरुले बताए । “यही साउन १७ गते भारतीय अध्यागमन कार्यालयबाट पर्यटक नाका खुला गरिएको जानकारी आयो”, उनले भने, “त्यसपछि उताबाट केही पर्यटक आउन थालेभने यताबाट पनि जानेक्रम प्रारम्भ भएको छ ।” कोरोना महामारी समाप्तिपछि मुलुकका अरु सबै नाकाबाट पर्यटक आवागमन खुला गरिएता पनि पूर्वीनाका भारतीय पक्षबाट अवरुद्ध रहँदै आएको थियो ।…
मोरङ, २३ साउन । मोरङको जहदा गाउँपालिका-५ स्थितमा करेन्ट लागेर एक जना बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा देवानन्द महतोको १५ बर्षीय छोरा भरत महत्तो रहेका छन् । हिजो साँझ मल्टिप्लकमा तार जोड्ने क्रममा आचानक करेन्ट लाग्दा घाईते भएका उनलाई उपचारको लागि गोल्डेन अस्पताल बिराटनगर लगिएकोमा अस्पताल पुर्याउनासाथ मृत्यु भएको थियो । घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय मोरङबाट थप अनुसन्धान भईरहेको छ ।
झापा, २३ साउन । झापा, मोरङ र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । हिजो दिउँसो सुनसरीको अस्थायी प्रहरी पोष्ट रेल्वेबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धरान(१७ का २७ बर्षीय जित बहादुर बुढाथोकीलाई प्रतिबन्धित औषधी ७२० क्यापसुल र ८४० ट्याब्लेट सहित पक्राउ गरेको छ । त्यसैगरी झापाको इलाका प्रहरी कार्यालय सुरुङ्गाको टोलीले चेकजाँचको क्रममा बिर्तामोड नगरपालिका २ का २३ बर्षीय भुपेन्द्र सिंह राजवंशी र १९ बर्षीय आशिका नेम्वाङ लिम्बुलाई ५६० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ भने मोरङको अस्थायी प्रहरी पोष्ट मटेरुवाले चेकजाँचको क्रममा प्र।१(०२(०४८(प९५०७ नम्बरको मोटरसाईकलमा सवार रहेका बिराटनगर ४ का २० बर्षीय पाञ्जोल घिमिरे…
झापा, २३ साउन । झापाको कनकाई नगरपालिका–३ बाट प्रहरीले दुई जनालाई लागुऔषध ब्राउनसुगरसहित पक्राउ गरेको छ । मंगलबार साँझ कन्काई–३ सेल्फीडाँडा जाने भित्री सडक खण्डबाट इलाका प्रहरी कार्यालय सुरुङ्गाबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–२ का २३ को भुपेन्द्रसिंह राजवंशी र सोही स्थानकी १९ वर्षीया आशिका नेम्वाङ लिम्बुलाई पक्राउ गरेको हो । उनीहरुलाई शंका लागी चेकजाँच गर्दा आशिका नेम्वाङ लिम्बुको साथबाट ब्राउनसुगर बाहेक ५६० मिलिग्राम र भुपेन्द्रसिंह राजवंशीको साथबाट नगद २ हजार १०० रुपैयाँ फेला परेकोले दुबै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनिमा राखी थप अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २३ साउन । बंगलादेशमा अन्तरिम सरकारको प्रमुख नियुक्त गरिएको छ। राजनीतिक अस्थिरताका बीच मंगलबार राति नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुस बंगलादेशको अन्तरिम सरकारको प्रमुख बनेका छन् । राष्ट्रपति मोहम्मद शाहबुद्दिनले युनुसको नियुक्तिको घोषणा गरेका हुन् । राष्ट्रपति र विभेद विरोधी विद्यार्थी आन्दोलनका संयोजकहरूबीच भएको भेटमा अन्तरिम सरकार गठन गर्ने निर्णय भएको प्रेस सचिवले जानकारी दिए । बैठकमा तीनै सेनाका प्रमुखको समेत उपस्थिति थियो । विभिन्न राजनीतिक दलसँगको छलफलपछि अन्तरिम सरकारका अन्य सदस्य टुंगो लगाइने प्रेस सचिवले जानकारी दिए । विद्यार्थी आन्दोलनले उग्र रूप लिएपछि शेख हसिना प्रधानमन्त्री पदबाट राजीनामा दिँदै यही अगस्ट ५ मा भारत भागेपछि बंगलादेशमा अन्तरिम…
झापा, २३ साउन । राष्ट्रिय परीक्षा बोर्डले आजदेखि एसईई ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्दैछ । माध्यमिक शिक्षा परीक्षा (एसइई) को परीक्षामा उत्तीर्ण हुन नसकेकाहरुको सुविधाको लागि बोर्डले बुधबारदेखि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षा बिहान ११ बजेदेखि सुरु हुँदैछ। ग्रेड वृद्धि परीक्षामा २ लाख १० हजार परीक्षार्थी सहभागी हुने बोर्डका परीक्षा नियन्त्रक ९कक्षा १०० नन्दलाल पौडेलले जानकारी दिए। परीक्षा सञ्चालनका लागि मुलुकभर ५५० केन्द्र निर्धारण गरिएको छ। एसइईमा आधाभन्दा बढी परीक्षार्थीको नतिजा नन ग्रेडेड (एनजी) अर्थात् कक्षा ११ मा पढ्न नपाउने आएपछि राष्ट्रिय परीक्षा बोर्डले ‘एनजी’ मा परेका सबै परीक्षार्थीलाई ग्रेड वृद्धि परीक्षाको मौका दिने निर्णय गरेको हो।…
इटहरी, २३ साउन । सुनसरीको इटहरी उपमहानगरपालिकाले विद्युतीय बस सेवा सञ्चालन गर्ने भएको छ । नगर क्षेत्रमा सहुलियत बस सेवा सुरु गर्ने उद्देश्यले चार वटा बस खरिद गरिएको नगरप्रमुख हेमकर्ण पौडेलले जानकारी दिए । उनले यस कार्यले स्थानीय नागरिकलाई यात्राका लागि सहज हुने विश्वास व्यक्त गरे । नगरप्रमुख पौडेलले भने, “इटहरीका चारवटै क्षेत्रलाई समेट्ने गरी रुट तय गर्ने काम भइरहेको छ । सो कार्य सम्पन्न भए लगत्तै सेवा सञ्चालन गछौँ । सम्भवतः आगामी असोज १ गतेबाट सेवा सञ्चालन गर्ने योजना छ ।” उपमहानगरका इञ्जिनियर रुपेश आचार्यले रु ६ करोड ३६ लाख ८६ हजारको लागतमा बस खरिद गरिएको बताए । उनले…