झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, २ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिण तर्फ रहेको छ। जसको प्रभावले देशभर आंशिकदेखि साधरणतया बदली रही बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा तथा सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षा भइरहेको छ। आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी, कर्णाली प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै बागमती, गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना…

Read More

भद्रपुर, २ साउन । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०–८१ मा रु तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र रु ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९–८० को तुलनामा रु १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ । गत आवमा रु तीन अर्ब एक करोड ५९ लाख ७६ हजार राजस्व सङ्कलन भएको आन्तरिक राजस्व कार्यालय भद्रपुरका सूचना अधिकारी भीमप्रसाद आचार्यले जानकारी दिए। गत आवमा कार्यालयको रु तीन अर्ब ७९ करोड ७१ लाख राजस्व उठाउने लक्ष्य थियो । तर…

Read More

झापा, २ साउन । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजाआराधना आजदेखि सुरू हुँदैछ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराई बताउछन् । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ ।…

Read More

भद्रपुर, १ साउन । झापाको गौरादह नगरपालिकामा आज दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । गौरादह–१ स्थित भित्री सडक खण्डमा आज बेलुका मोटरसाइकल एकआपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका हुन् । उक्त दुर्घटनामा कमल गाउँपालिका–५ का २४ वर्षीय सञ्जोक भण्डारीको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । गौरादह नगरपालिका–१ सितापुरी चोकस्थित भित्री सडक खण्डमा रङ्गपुरबाट सितापुरीतर्फ जाँदै गरेको बा ७० प १८१ नं. को मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको मे ६ प ५८१ नं.को मोटरसाइकल एक आपसमा ठोक्किँदा बा ७० प १८१…

Read More

झापा, १ साउन । मोरङको बेलबारी–७ का ७० वर्षीय जामुनलाल झाँगडलाई आफ्नै छोराबुहारीले जङ्गलमा छोडेको पाइएको छ । चार दिन अगाडि छोराबुहारीले मोटरसाइकलमा हालेर बेलबारी चिसाङ साझेदारी जङ्गलको बिचमा छोडेको उनले बताएका हुन् । उनले चारदिन जङ्गलमै रात कटाएका थिए । बेलबारी चिसाङ साझेदारीको गस्ती टोलीले मंगलबार बिहान वृद्धलाई भेटेर उद्धार गरेको हो । उनलाई सब डिभिजन वन कार्यालय सलकपुरका गणेश कार्की, राजेन्द्र घिमिरे, बेलबारी चिसाङ साझेदारीको कमान्डर मुरारी काफ्ले तथा बेलबारी नगरपालिकाका सन्तोष विकसहितको टोलीले उद्धार गरेको थियो । उद्धारपछि उनलाई बेलबारी नगर अस्पतालमा उपचार गराइरहेको वन समितिका अध्यक्ष दिनेश गिरीले बताए । वृद्धको शरीरको भागमा चोट देखिएको र…

Read More

बनियानी, १ साउन । कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०–०८१ को वित्तीय प्रगति सार्वजनिक गरेको छ । गत आर्थिक वर्षमा ६५ करोड २४ लाख ६६ हजार ९८७ कुल आय प्रस्तावित गरिएको थियो । तर, संघ तथा प्रदेश सरकारबाट प्राप्त हुनुपर्ने निकासा एवं आन्तरिक श्रोत अपेक्षाकृत रुपमा प्राप्त नहुँदा वास्तविक आय ५४ करोड ४ लाख ६० हजार १८ रुपैयाँ प्राप्त भएको थियो । आयको अनुपातमा कुल व्यय ५२ करोड १९ लाख ६२ हजार २७८ रुपैयाँ भएको छ। यसरी कुल आयको अनुपातमा जम्मा खर्च प्रगति ९६.५८ प्रतिशत रहेको छ। गाउँपालिकाले आयोजना तथा कार्यक्रमहरुको व्यवस्थापन, संचालन तथा सम्पन्न गर्न सहयोग पुर्याएका सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी,…

Read More

कचनकवल, १ साउन । इस्लाम धर्म अनुयायीहरूको धार्मिक आस्थालाई मध्यनजर गर्दै कचनकवल गाउँपालिकाले आर्थिक वर्ष २०८०–८१ मा विभिन्न धार्मिक संरचनाहरूको निर्माण गरेको छ । यस कार्यअन्तर्गत कचनकवलका विभिन्न वडाहरूमा पाँचवटा ईदगाह निर्माण र मृत्युपछि कबरिस्तानसम्म लैजान प्रयोग गरिने १७ वटा ताबुद १७ बस्तीहरूमा वितरण गरिएको छ । साथै, दुईवटा मस्जिद पनि निर्माण गरिएको छ । कचनकवलको कुल जनसंख्या ४२ हजार ९१२ जनामध्ये ९ हजार १ मुस्लिम धर्मावलम्बी रहेका छन् । यस गाउँपालिकामा इस्लाम धर्मावलम्बीहरू दोस्रो ठूलो समुदायको रूपमा रहेका छन् । कचनकवल–५ को नयाँहाट, डाँगाबारी, बडझोडा, कचनकवल–३ को बडकेचना लगायत पाँच स्थानमा ईदगाह निर्माण गरिएको हो । यसका साथै, कचनकवल–३…

Read More

मोरङ, १ साउन । मोरङ विराटनगर महानगरपालिका–१५ एक नम्बर ढाँट स्थितबाट लागुऔषध सहित १ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१६ का ४४ बर्षीय शरण श्रेष्ठ रहेका छन् । आज दिउँसो १ बजे भारतबाट नेपालतर्फ आउदै गरेका श्रेष्ठलाई लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले AVIL-१० एम्पुल, DIAZEPAM-१० एम्पुल, LUPIZSIC-१० एम्पुल र PHENARAGAN-१० एम्पुल सहित पक्राउ गरेको हो । पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

Read More

बिर्तामोड, १ साउन । जनपक्षीय पत्रकार देवकुमार आचार्य (डी. कौडिण्य) को स्मृतिमा प्रेस सेन्टर झापाले स्थापना गरेको पत्रकारिता पुरस्कारबाट यो वर्ष पत्रकार झुलन रेग्मी र डिकेश लामा संयुक्त पुरस्कृत हुने भएका छन् । पत्रकार रेग्मी मेचीखबर साप्ताहिकका प्रधान सम्पादक तथा प्रेस सेन्टर झापाका निवर्तमान अध्यक्ष हुन् भने र लामा नेपाल टेलिभिजनका झापा सम्वाददाता, प्रेस सेन्टरका प्रदेश समिति सदस्य एवम् पत्रकार महासंघ झापा शाखाका सचिव हुन् । असार ३१ गते बसेको प्रेस सेन्टर झापाको बैठकले पुरस्कृत व्यक्तित्व छनोटसँगै पुरस्कारको राशीसमेत बढाएको प्रेस सेन्टर झापाका अध्यक्ष राजु पाठकले बताए । पाँच हजार एक सय ११ रुपैयाँबाट स्थापना भएको उक्त पुरस्कारको राशी केही…

Read More

झापा, १ साउन । झापाको कनकाई नगरपालिका–२ स्थित पूर्व–पश्चिम लोकमार्गमा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा कमल गाउँपालिका–५ का ४१ वर्षीय लक्ष्मीप्रसाद सुब्बा रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । सोमबार बेलुका कनकाई–२ पवित्रा पेट्रोल पम्प नजिक पूर्व–पश्चिम राजमार्गमा विराटनगरबाट काँकरभिट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३४२३ नम्बरको बसले बिर्तामोडबाट सुरुङ्गातर्फ जाँदै गरेको को १९ प ६२८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो । कण्डक्टरले बस चलाउँदा दुर्घटना भएको बसका चालक र सहचालकले बयान दिएका छन् । उक्त दुर्घटनामा सुब्बाको दाहिने खुट्टा भाचिएको थियो भने टाउको र छातीमा चोट गम्भीर…

Read More