
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३० असार । युवाहरूको सामाजिक–आर्थिक अवस्था सुदृढ गर्ने उद्देश्यले हरेक वर्ष जुलाई १५ मा विश्व युवा दक्षता दिवस मनाइने गरिन्छ । नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सन् २०१४ को डिसेम्बरमा संयुक्त राष्ट्रसंघको साधारण सभाले आजकै दिन अर्थात् जुलाई १५ मा दिवस मनाउने सङ्कल्प गरेदेखि यो दिन मनाउन थालिएको हो । विश्वभर बढ्दै गइरहेको बेरोजगारी वा योग्यता अनुसारको रोजगार नपाइने प्रवृत्तिलाई सम्बोधन गर्ने उद्देश्यले पनि यो दिन मनाइएको हो । मुलुकको आर्थिक, सामाजिक, राजनीतिक र शैक्षिक क्षेत्रमा युवाहरूको सक्रिय सहभागिता रहने गरेको पाइन्छ । कृषि तथा उत्पादनमूलक र श्रम क्षेत्रमा पनि युवाहरूको उपस्थिति ठुलो छ ।…
झापा, ३० असार । नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीको आज शपथ सोमबार हुँदैछ । आज बिहान ११ बजे हुने राष्ट्रपति कार्यालयले जनाएको छ । नेकपा एमालेका अध्यक्ष समेत रहेका ओली आइतबार प्रधानमन्त्रीमा नियुक्त हुन् । राष्ट्रपति रामचन्द्र पौडेलले अध्यक्ष ओलीलाई नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम आज प्रधानमन्त्री पदमा नियुक्त गरेको राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए । प्रतिनिधिसभाको सबैभन्दा ठुलो दल नेपाली कांग्रेसको समर्थनमा एमाले अध्यक्ष ओली प्रधानमन्त्री पदमा नियुक्त भए । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले शुक्रबार प्रतिनिधिसभाको बैठकमा विश्वासको मत नपाएपछि राष्ट्रपति पौडेलले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न…
झापा, ३१ असार । स्पेनले रेकर्ड चौथोपटक युरोकपको उपाधि जित्न सफल भएको छ । सोमबार बिहान सम्पन्न खेलमा इंग्ल्यान्डलाई २–१ ले हराउँदै स्पेनले युरो २०२४ को उपाधि उचालेको हो । निर्धारित समयको खेल सकिन ४ मिनेट बाँकी छँदा मिकेल ओयार्जाबालले निर्णायक गोल गर्दै स्पेनलाई जित दिलाए । मार्क कुकुरेलाले उनलाई गोलको अवसर सिर्जना गरेका थिए । यसअघि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो । तर दोस्रो हाफको सुरुवातमा नै लामिन यामालको पासमा निको विलियम्सले स्पेनलाई अग्रता दिलाए । ७३ औँ मिनेटमा जुड बेलिङह्यामको पासमा कोल पाल्मरले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । स्पेनले युरोकपको उपाधि जितेको यो…
झापा, ३० असार । विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसका उपप्राध्यापक अर्जुन तामाङमाथि भएको कुटपिटको घटनाप्रति विभिन्न विद्यार्थी संगठन र प्राध्यापकहरुले विरोध गरेका छन् । तामाङलाई बिहीबार बिहान क्याम्पस लागिरहेको समयमा उनको कार्यकक्षमै पुगेर स्ववियु सदस्य समेत रहेकी अनेरास्ववियुकी नेतृ रिङ्कु चौधरीसहितको समूहले आक्रमण गरेको थियो । तामाङलाई कुटपिट गर्न चौधरीसहित अनेरास्ववियुका क्याम्पस इकाई अध्यक्ष माधव पासवानसहितको समूह तामाङको कार्यकक्षमा पुगेको थियो । उक्त घटनाको विरोधमा संयुक्त विज्ञप्ति प्रकाशित गर्दै महेन्द्र मोरङ क्याम्पस नेविसंघका प्रशान्त यादव, अखिल क्रान्तिकारीका रोहित यादव, समाजवादी विद्यार्थी युनियनका राकेश यादव, अनेरास्ववियू समाजवादीका गिरेन्द्र भुजेल, स्वतन्त्र विद्यार्थी मञ्चका प्रबल अधिकारी, नागरिक विद्यार्थी समाजका हरेराम शर्मा र…
झापा, ३० असार । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले सीमा नाकाहरुलाई दुर्व्यसनबिरुद्ध आमाहरु कार्यक्रम तथा लागुऔषध दुर्व्यसनबिरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको छ । दुर्व्यसनरहित समाजको परिकल्पनाका साथ दुर्व्यसन कर्ताहरुलाई निरुत्साहित गर्ने उद्देश्यले प्रहरीले उक्त कार्यक्रम सञ्चालनमा ल्याएको हो । आज विराटनगर–१६ स्थितमा जिल्ला प्रहरी कार्यालय मोरङ, इलाका प्रहरी कार्यालय रानी र सामुदायिक प्रहरी सेवा केन्द्र रानीको सहकार्यमा कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव माहानिरीक्षक चन्द्र कुबेर खापुङको अध्यक्षता तथा विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालाको प्रमुख आतिथ्यमा लागुऔषध दुर्व्यसनीविरुद्ध सचेतनामुलक कार्यक्रम सञ्चालन गरेको हो । कोशी प्रदेश प्रहरी प्रमुख खापुङले लागुऔषध दुर्व्यसनलाई निरुत्साहित गरी स्वस्थ्य, सुखी परिवार र समुन्नत समाज निर्माण…
बिर्तामोड, ३० असार । झापाको बिर्तामोड नगरपालिकाले गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत सिलाई मेसिन वितरण गरेको छ । नगरपालिकाको कार्यालयमा संक्षिप्त कार्यक्रमको आयोजना गर्दै ८ जना उद्यमशिल महिलालाई सिलाई मेसिन र २ वटा समूहलाई ईलेक्ट्रोनिक मेसिन वितरण गरिएको हो । इलेक्ट्रोनिक मेसिन प्राप्त गर्ने बिर्तामोड २ को लालीगुराँस लघुउद्यमी समूह र सृजनशिल लघुउद्यमी समूह रहेको उद्यम विकास शाखा प्रमुख चनिमाया तामाङले जानकारी दिनुभयो । तामाङका अनुसार सिलाई मेसिन प्राप्त गर्ने वडा नम्बर ७ का ५ जना, ४ का १ जना, १ को १ जना र ३ को १ जना महिला रहेका छन् । कार्यक्रममा बोल्दै नगर प्रमुख…
झापा, ३० असार । देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । पछिल्लो चार दिनमा ६१ जना डेंगु संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । ७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ भने सबैभन्दा कम २१ जनामा यस्तै कर्णाली प्रदेशमा डेंगु सङ्क्रमण देखिएको छ । यस्तै, कोशीमा ३७१ जना, मधेस प्रदेशमा ३९ जना, गण्डकीमा २३० जना, सुदूरपश्चिममा १६४ जना र लुम्बिनीमा १८१ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।
झापा, ३० असार । दक्षिण भारतीय सुपरस्टार प्रभासको फिल्म ‘कल्की २८९८ एडी’ ले विश्वव्यापी बक्स अफिसमा हजार करोडभन्दा बढी कमाएको छ । यतिबेला निर्माताहरू फिल्मको व्यापारबाट अति नै खुसी छन् । यसैबिच उनीहरूले सामाजिक सञ्जालमा फिल्ममा प्रभासको ‘कर्ण लुक’ को भिडियो शेयर गरेका छन् । यस भिडियोमा प्रभास कर्णको स्वरूपमा देखिएका छन् । उनको यो लुकलाई फ्यानहरूले निकै मन पराइरहेका छन् । फिल्ममा प्रभासका अलावा अमिताभ बच्चन, दिशा पटानी, दीपिका पादुकोण र कमल हसनको मुख्य भूमिका छ । यो वर्षको सबैभन्दा ठुलो फिल्ममध्ये एक हो ‘कल्की २८९८ एडी’ । फिल्मले बक्स अफिसमा भव्य कमाई गरिरहेको छ ।
झापा, ३० असार । काठमाडौँ सिटी होटलबाट पक्राउ परेकी मलेसियन महिला कोकिन ल्याउने ‘पटके भरिया’ रहेको खुलेको छ । ४७ वर्षीया बाथुमाई भालिभालु यसअघि छ पटक नेपाल आएको यात्रा अभिलेख भेटिएको काठमाडौँका एसएसपी वसन्त रजौरेले बताएका छन् । आइतबार बिहान प्रहरी वृत्त सोह्रखुट्टे र जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले उनको साथबाट ५ किलो ८२० ग्राम कोकिन बरामद गरेको छ । बरामद गरिएको ‘कोकिन जस्तै देखिने’ लागु औषध परीक्षण गर्न ल्याबमा पठाइएको एसएसपी रजौरेले बताए । मलेसियाबाट लाओस र बैंकक हुँदै उनी शनिबार काठमाडौँ आएकी हुन् । ६ वटा स्कुल ब्यागमा फल्स बटम बनाएर लुकाएको कोकिन लगेजमा राखेर उनी काठमाडौँ विमानस्थलमा…
किशनगंज (बिहार) ३० असार । भारतको किशनगञ्ज जिल्लाको पौआखाली नजिकै आइतबार एनएच ३२७ई मा स्कोर्पियो र डम्पर बीच भएको टक्करमा ५ जनाको मृत्यु भएको छ र कयौं घाइते भएका छन्। घटनास्थल पेटभरी नजिकै भएको हो। किशनगंजका डीएम तुषार सिंगलाले घटनाप्रति दुःख व्यक्त गर्दै स्थानीय प्रशासनलाई घाइतेहरूको पूर्ण सहयोग गर्न निर्देशन दिए। जोकीहाटका विधायक र पूर्व मन्त्री शाहनवाज आलम पनि घटनास्थलमा पुगे र शोक व्यक्त गरे। स्थानीय प्रशासन र प्रहरी टोलीले राहत तथा बचाउ कार्य सुरु गरेको थियो। घाइतेहरूलाई किशनगंज मेडिकल कलेजमा भर्ना गरिएको छ। प्रशासनले जनतालाई सडकमा सावधानी अपनाउन र यातायात नियमहरूको पालन गर्न अपील गरेको छ।