
झापा, ३० असार । देशभर ६१ जना डेंगु सङ्क्रमित थपिएका छन् । पछिल्लो चार दिनमा ६१ जना डेंगु संक्रमित थपिएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ ।
७३ जिल्लाका गत जनवरीयता हालसम्म कुल १५ सय ४४ जनालाई डेंगु सङ्क्रमण देखिएको छ । बागमती प्रदेशमा सबैभन्दा बढी ५३८ जनामा डेंगु देखिएको छ भने सबैभन्दा कम २१ जनामा यस्तै कर्णाली प्रदेशमा डेंगु सङ्क्रमण देखिएको छ ।
यस्तै, कोशीमा ३७१ जना, मधेस प्रदेशमा ३९ जना, गण्डकीमा २३० जना, सुदूरपश्चिममा १६४ जना र लुम्बिनीमा १८१ जनामा डेंगु सङ्क्रमण भएको ईडीसीडीको तथ्याङ्कमा उल्लेख छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



