
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, १ साउन । काठमाडौँ महानगरपालिकाको पहलमा ९११ जनाले रोजगारी पाएका छन् । महानगरपालिकाको श्रम बैंकमार्फत ३२९ जनालाई निजी र ५८३ जनालाई सरकारी क्षेत्रमा रोजगारी प्रदान गरिएको मेयर बालेन्द्र शाह (बालेन)ले बताएका छन् । ‘काठमाडौँ महानगरले रोजगारी प्रवर्द्धनका लागि तीन वर्षको कार्ययोजना बनाइ कम्तीमा १५ हजार जनालाई तालिम तथा ५ हजार जनालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्ने उद्देश्यले गौरव योजना ‘रोजगारी र आयवृद्धि काठमाडौँको समृद्धि’ तथा ‘श्रम बैंक’ स्वर्णिम योजना अगाडि बढाएको हो’, मेयर बालेनले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘यसबाट श्रम बैंकमार्फत दक्ष ४५५, अर्धदक्ष ३८ जना र अदक्ष ४१८ गरी जम्मा ९११ जनाले रोजगारी पाएका छन्। जसमध्ये ३२९ जनालाई विभिन्न…
झापा, १ साउन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख १२ हजार रुपैयाँ घुससहित दुई जनालाई पक्राउ गरेको छ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका कृषि प्राविधिक (अधिकृत) मोहन सिंह धामी र कृषि प्राविधिक अशोक सिंह धामीलाई अख्तियारको टोलीले सोमबार रंगेहात पक्राउ गरेको हो । धामीद्वयले कृषि समूहको बिल भुक्तानी गर्दा कमिसन बापत सेवाग्राहीसँग घुस मागेको उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरबाट खटिएको टोलीले कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर ४ स्थित बोराडाडीबाट नियन्त्रणमा लिएको अख्तियार प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । पक्राउ परेकाहरूको साथबाट ५० लाख ६० हजार रुपैयाँको चेकसमेत बरामद गरेको जानकारी दिए ।
झापा, १ साउन । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा भने सरदर स्थानको दक्षिण तर्फ रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रही मधेस, बागमती, गण्डकी प्रदेशका केही र कोशी प्रदेशको थोरै स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेशको एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने…
झापा, १ साउन । आज साउन महिनाको पहिलो दिन, विभिन्न कार्यक्रमका साथ साउने सङ्क्रान्ति पर्व मनाइँदै छ । असार महिनाभर धान रोपाइँलगायतका खेतीपातीका कारण थाकेका किसान हिलो मैलो पखाली घरपरिवार र आफन्तका साथ रमाइलो गरी भोज खाएर साउने सङ्क्रान्ति पर्व मनाउने गर्दछन् । हिलो माटोमा काम गर्नु पर्ने भएकाले छालासम्बन्धी रोग नलागोस् भनेर साउने सङ्क्रान्तिको दिन लुतो फाल्ने प्रचलनसमेत छ । परम्परानुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, कागती, अम्बा, नासपाती आदि औषधिका रूपमा समेत प्रयोग हुने वनस्पति राखेर कण्डारक नाम गरेका राक्षसको पूजा गरी अगुल्टो फालिन्छ । लुतो फाल्दा आ–आफ्नो कुल परम्परानुसार नाङ्लो ठटाउने, सङ्ख फुक्ने, घण्ट बजाउने, ढोका बन्द गर्ने…
झापा, ३१ असार। नेपाल आयल निगमले पेट्रोलको प्रतिलिटर ४ र डिजेलको ३ रुपैयाँ बढाएको छ। निगमले पेट्रोलियम पदार्थको मूल्य बढाए अनुसार अब काठमाडौँमा पेट्रोलको मूल्य १७१ र डिजेलको मूल्य १६० पर्ने भएको छ । निगम सञ्चालक समितिको सोमबार बसेको बैठकले पेट्रोलियम पदार्थको मूल्य बढाउने निर्णय गरेको निगमले जनाएको छ । बढेको मूल्य आज राति १२ बजेर १ मिनेटदेखि लागू हुने पनि निगमले जनाएको छ ।
हल्दिबारी, ३१ असार । झापाको हल्दिबारी गाउँपालिकाले यहाँका कृषक तथा उद्यमी महिलाहरुलाई सामग्री प्रदान गरेको छ । गाउँपालिकाले आज एक कार्यक्रमका बीच पाँचवटै वडाबाट छनोट भएका २०१ जना कृषकलाई विद्युतीय स्प्रे र १७५ जना कृषकलाई मकै रोप्ने आधुनिक मेसिन हस्तान्तरण गरिएको छ भने १८ जना महिला उद्यमीलाई मागअनुसार सिलाई मेसिन, पिको मेसिन, इन्टरलक मेसिन, टेबल–सोकेस, इन्भर्टर–ब्याट्री, हेयर ड्रायर क्लिमिङ, स्ट्रेट आइरन, दुई वटा उद्यमी समूहलाई इलेक्ट्रिक सिलाई मेसिन र टेबल सोकेस प्रदान गरिएको हो । चालु आर्थिक वर्ष २०८०/०८१ को कार्यक्रमबाट लागत सहभागितामा लगभग १५ लाख मूल्यबराबरका सामग्री वितरण गरिएको थियो । गाउँपालिका अध्यक्ष रविन्द्रप्रसाद लिङदेनको अध्यक्षतामा आयोजित सामग्री हस्तान्तरण…
भद्रपुर, ३१ असार । जिल्ला वन क्षेत्र समन्वय समितिको बैठक एवम् आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालय झापाको आयोजनामा जिल्ला समन्वय समिति झापाको सभाहलमा बैठक तथा प्रगति समीक्षा कार्यक्रम सम्पन्न भएको हो । जिल्ला समन्वय समिति प्रमुख विश्वनाथ बरालको अध्यक्षतामा भएको कार्यक्रममा कार्यालयका प्रमुख मेघराज राईले प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । कार्यालय गरेका समग्र गतिविधिका बारेमा उहाँले प्रकाश पार्नुभएको थियो । वन अतिक्रमणमा परेको जग्गामा लाहा खेतीका लागि कृसुम रोपण र अतिक्रमणको जोखिममा परेको जग्गामा बहुमूल्य प्रजातिको अगरउडको बिरुवा रोपिएको कार्यालय प्रमुख राईले जानकारी दिनुभयो । युवा उद्यमीलाई प्रोत्साहन स्वरुप…
अर्जुनधारा, ३१ असार । झापाको अर्जुनधारा नगरपालिकामा सार्वजनिक भएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र भिन्न मिडिया एण्ड रिसर्च प्रा.लि.को संयोजन तथा सहजीकरणमा सार्वजनिक सुनुवाई भएको हो । सार्वजनिक सुनुवाईमा नगर क्षेत्रमा भए गरेका विकास, योजना, सेवा सुविधाका विषयमा सहभागीले प्रश्न गरेका थिए । अविरल वर्षका कारण विरिङ खोलामा आएको बाढीले अर्जुनधारा–खुदुनाबारी सडक खण्डको सडक र पूलमा क्षति हुँदा आवातजावतमा समस्या भएको अर्जुनधारा–२ का मुकुन्द भण्डारीले गुुनासो गरे । यो सँगै वडा तथा नगरका जनप्रतिनिधि र कर्मचारीले सेवा प्रवाहमा ध्यान नदिएको उनको गुनासो छ । त्यस्तै, अर्जुनधारा–१० का यज्ञबहादुर कडरिया बुट्टाबारी–सालबारी–चिसापानी–कालिस्थान सडक खण्डको स्तरोन्नति गर्न माग गरे । यस्तै, अर्जुनधारा–११…
भद्रपुर, ३१ असार । झापाको भद्रपुर नगरपालिका–५ स्थित मेचीपुलबाट प्रहरीले आज दिउँसो ब्राउनसुगरसहित दुई युवालाई पक्राउ गरेको छ । मेचीपुल बिटबाट खटिएको प्रहरी टोलीले बिर्तामोड नगरपालिका–३ का १९ बर्षीय विवेक खड्का र २१ वर्षीय सरोज चौधरीलाई मेचीपुलबाट ब्राउनसुगर २७० मिलिग्रामसहित पक्राउ गरेको हो । त्यसैगरी, मोरङ सुन्दर हरैचा नगरपालिका–४ का २१ वर्षीय मनिष चौधरी, २५ वर्षीय अशोक ऋसिदेव, ३१ वर्षीय नबिन कार्की र ३२ बर्षीय बिष्णु चौधरीलाई २.१५ ग्राम ब्राउन सुगरसहित विराटनगर महानगरपालिका १५ स्थित १ नम्बर ढाँटबाट लागुऔषध नियन्त्रण व्युरो विराटनगरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ । ब्राउनसुगरसहित पक्राउ परेका सबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको कोशी…
काठमाडौँ, ३१ असार । संविधानको धारा ७६९२० अनुसार प्रधानमन्त्रीको नियुक्ति र शपथ विरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । खगेन्द्र चापागाईँ, शैलेन्द्र गुप्ता र दीपक अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीको नियुक्ति र शपथ बदरको माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका हुन् । रिट निवेदकले संविधानको धारा ७६.२० अनुसारको प्रधानमन्त्री नियुक्ति बदर गर्दै ३ अनुसार नयाँ नियुक्ति गर्न माग गरेका छन् । राष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, संसद् सचिवालय र प्रतिनिधिसभालाई विपक्षी बनाएर रिट दर्ता भएको अधिवक्ता यज्ञमणि न्यौपानेले जानकारी दिए । राष्ट्रपति रामचन्द्र पौडेलले आइतबार ओलीलाई संविधानको धारा ७६.२० अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका थिए ।