झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ३१ जेठ । झापाका अग्रज पत्रकार नेत्र पाठकको निधन भएको छ । ७२ वर्षीय पाठकको आज बिहान ९ः३० बजे आफ्नै निवास बिर्तामोड–४ मा निधन भएको हो । पत्रकार पाठक प्रेस चौतारी झापाको संस्थापक अध्यक्ष हुन् । पूर्वशिक्षक समेत रहेका पाठकले लामो समय शिक्षण गर्नुको साथै उनी नेपाल शिक्षक संगठनको नेतृत्वदायी भूमिकामा रहेका थिए । बिर्तामोड–४ मेथीबारी टोलमा बस्दै आएका पाठकका पत्नी सीता पाठक, छोरा विज्ञान, बुहारी हिमा, छोरी एलिजा र एक नाति रहेका छन् । पाठक तीन वर्षयता दम, निमोनिया, प्रोस्टेट क्यान्सर र ब्रेनको नशासँग सम्बन्धित समस्याका कारण घरमै उपचार र आराम गर्दै आएका थिए । छोरा विदेशमा रहेकाले…

Read More

बुटवल, ३१ जेठ । पाल्पाको तिनाउ गाउँपालिकाको नुवाकोटबाट बुटवलतर्फ आउँदै कार दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । बुधबार राति नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको लु २ च ८५३१ नम्बरको कार सडकबाट करिब १ सय मिटर तल खस्दा उनीहरुको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१० का ५५ वर्षीय रामप्रसाद शर्मा, तिलोत्तमा नगरपालिका–३ की ६७ वर्षिया आशा श्रेष्ठ र सोही स्थानकी ५० वर्षीया भगवती श्रेष्ठ रहेका छन् । नुवाकोट घुम्न गएकाहरु सवार कार दुर्घटना भएको इलाका प्रहरी कार्यलय बुटवलले जनाएको छ । दुर्घटनामा बुटवल मिलनचोककी चन्दा श्रेष्ठ र बुटवल ११ होराइजन चोककी लक्ष्मीता श्रेष्ठ घाइते भएका छन्…

Read More

झापा, ३१ जेठ । कुवेतको एक श्रमिक क्याम्पमा भएको आगलागीमा परेर तीन जना नेपाली सामान्य घाइते भएका छन् । महंगाफास्थित एक आप्रवासी श्रमिक बसोबास गर्दै आएको क्याम्पमा बुधबार बिहान आगलागी हुँदा ४० जनाको मृत्यु भएको छ । आगलागी भएको क्याम्पमा ५ जना नेपाली बसोबास गर्दै आएको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ। पाँच जनामध्ये २ जना सुरक्षित रहेको र ३ जना सामान्य घाइते भएको कुवेतस्थित नेपाली दूतावासलाई उदृत गर्दै श्रम मन्त्रालयले जनाएको छ। आगलागीबाट सामान्य घाइते भएका शिवशंकर पासवान र दोर्जे लामाको अदान अस्पतालमा उपचार भैरहेको मन्त्रालयले जनाएको छ । दिनेशकुमार मण्डलको भने फरवानिया अस्पतालमा सामान्य उपचारपछि डिस्चार्ज…

Read More

झापा, ३१ जेठ । हाल देशको पूर्वी भूभागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भूभागमा स्थानीय वायु, पश्चिमी वायु तथा बिहार आसपास बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले कोशी, मधेस र बागमती प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली भई बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कोशी प्रदेशको थोरै स्थानहरूमा चट्याङ्गसहित हल्का वर्षा भइरहेको छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेशका लगायत बागमती…

Read More

कनकाई, ३१ जेठ । झापाको कनकाई नगरपालिकाले निर्धारण गरेको कर समुचित भएको सहभागीले बताएका छन् । कनकाई नगरपालिकाले बुधबार आयोजना गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि करको दर एवम् दायरा सम्बन्धी छलफलका सहभागीहरुले कनकाई नगरपालिकाले चालू आवमा निर्धारण गरेको कर समुचित भएको बताएका हुन् । उनीहरुले पहिला कुरा बुझ्दा विरोध भएको तर नगरले यथार्थपरक कर निर्धारण गरेको प्रतिक्रिया दिएका थिए । सहभागीले हाल आर्थिक मन्दीको प्रभाव कायमै रहेकाले हाल निर्धारण भएको करलाई नै निरन्तरता दिनुपर्ने, उठेको करको केही हिस्सा टोल विकास समितिलाई टोलको विकास गर्न दिनुपर्ने, सुरुङ्गा बजारमा रहेको धेरै घर नक्सा पास नहुँदा चाहेर पनि राजश्व तिर्न नसकिएको…

Read More

सरोज भट्टराईशिवसताक्षी, ३० जेठ । झापा शिवसताक्षी नगरपालिका वडा नं। ५ मा चालु आ।व।का विकास कामहरु अन्तिम चरणमा रहेको छ । आव २०८०–०८१ का वडा गौरवको आयोजना लगायत अन्य आयोजनाहरुको कामहरु ९० प्रतिशत सम्पन्न भएको वडा नं. ५ को कार्यालयले जनाएको छ । वडाले वडा गौरवको आयोजनाको रुपमा भेला मुनी धार्मिक तथा पर्यटकीय क्षेत्र निर्माण थोलेको छ । उक्त क्षेत्रमा गत वर्ष वडाले विनियोजन गरेको ९ लाखले कनकाई भगवतीको मन्दिर निर्माण गरि सकिएको छ । शिवसताक्षीको वडा नं।५ नगरकै पछि परेको वडा भएकाले यसलाई वडा गौरवको रुपमा धार्मिक तथा पर्यटकीय स्थलको विकास गरी पर्यटन भित्त्रयाउने उद्देश्य रहेको वडाध्यक्ष सिकिन पासवानले…

Read More

भद्रपुर, ३० जेठ । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु) झापाले प्याब्सन एन प्याब्सनको आडमा शिक्षक कर्मचारीप्रति बढ्दै गएको शोषण र दुव्र्यवहार नरोके उत्पन्न हुने परिस्थितिको सामना गर्न तयार रहन चुनौति दिएको छ । विगतमा भएका सहमती विपरित प्याब्सन, एन प्याब्सन नेतृत्वमै रहेकाहरूले शिक्षक कर्मचारीलाई दिनु पर्ने तलव नदिएर कार्यस्थलमै गइ धम्क्याउने प्रवृत्ति अविलम्ब नसच्याए संस्थागत विद्यालय शिक्षक युनियन कडा प्रतिवादमा उत्रदा उत्पन्न हुने परिस्थितिको सामना गर्न चुनौति दिइएको हो । जिल्ला अध्यक्ष होमराज खतिवडाले भद्रपुर प्याब्सनका अध्यक्षले सञ्चालन गरिरहेको विद्यालयमा कार्यरत शिक्षिकालाई सहमती अनुसार दिनु पर्ने आठ महिनाको तलव विवाद श्रम तथा रोजगार कार्यालयमा विचाराधिन रहेकै अवस्थामा पूर्व सचिवलाई प्रयोग…

Read More

बिर्तामोड, ३० जेठ । नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन मेची आँखा अस्पतालले सामाजिक कार्य गरेर स्थापना दिवस मनाएको छ । बिर्तामोड–३ मा रहेको मेची आँखा अस्पताल कर्मचारी युनियनले आज १५ औं स्थापना दिवस सामाजिक कार्य गर्दै मनाएको हो । कर्मचारी युनियनले बिर्तामोड–४ स्थित लालीगुराँस टोलमा रहेको तारा नमस्ते बाल ग्रामका अभिभावकविहीन बालबालिकाको आँखा जाँच, छाता तथा खाद्यान्न सहयोग गरेको छ । बाल ग्रामका २८ जना बालबालिको आँखा जाँच तथा उनीहरुलाई छाता, चामल, तेल, भुजा लगायतका सामग्री सहयोग गरिएको नेपाल स्वास्थ्यकर्मी तथा कर्मचारी युनियन केन्द्रीय सचिव तथा महिला विभाग प्रमुख कविता कार्की कडरियाले जानकारी दिइन् । उनले सामाजिक उत्तरदायित्व वहन गर्दै…

Read More

चन्द्र बस्नेतकनकाई, ३० जेठ । झापाको कन्काई नगरपालिका वडा नम्बर ७ ले आज यहाँका कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको छ। वडाका कृषकलाई सिँचाइ सुविधा पुर्‍याउने उद्देश्यले वडाले यहाँका कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको हो। वडा सदस्य तथा कृषि विभागका संयोजक भगवान टुडुको अध्यक्षतामा आयोजित मोटर वितरण कार्यक्रममा वडा अध्यक्ष भीष्मभूषण सिटौलाको प्रमुख आतिथ्यता रहेकोे थियोे । वडाले यसअघि वडावासी कृषकहरुलाई ६५ थान ट्याग्ङ्की समेत वितरण गरेको वडा सदस्य निर्मल आङ्थुपोले जानकारी दिनुभयो । कृषकलाई सिँचाइमा आत्मनिर्भर बनाउन सिँचाइ मोटर वितरण गरिएको वडाध्यक्ष सिटौला बताउनुहुन्छ । कृषिका लागि मल, बिउसँगै सिँचाइको समेत उत्तिकै भूमिका हुने भएकाले सिँचाइ मोटर वितरण…

Read More

चन्द्र बस्नेतकनकाई, ३० जेठ । झापाको कनकाई नगरपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको छ । निर्वाहमुखी कृषिलाई व्यावसायिक बनाउनुका साथै अग्र्यानिक कृषि उत्पादनलाई प्राथमिकता दिएको छ । करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको छ । सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको छ । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका छ । कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको हो । नगरमा सिञ्चाइ सुविधा बढाउन कनकाई नगरपालिकाले यतिबेला नगरका सबै वडाका कृषकका लागि सिचाइको मोटर वितरण गरिरहेको छ…

Read More