झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

भद्रपुर, २९ जेठ । झापाको बालमैत्री नगर भद्रपुरमा नगर बाल सञ्जाल पुनर्गठन भएको छ । सोमबार भएको नगर बाल सञ्जालको तेस्रो अधिवेशनले उत्सव पाण्डेको अध्यक्षतामा २७ सदस्यीय समिति बनेको हो । सञ्जालको उपाध्यक्षमा निरु खनाल, सचिवमा समिर निरौला, सहसचिवमा श्रेयम अधिकारी र कोषाध्यक्षमा अर्पण मल्लिक चयन हुनुभएको भद्रपुर नगरपालिकाकी सामाजिक विकाश शाखा प्रमुख जीवनकला राउतले जानकारी दिनुभयो । नगर बाल सञ्जाल अध्यक्ष आरोग्य तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगरप्रमुख गणेश पोखरेल, विशिष्ठ अतिथि उपप्रमुख राधा कार्की, प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौला लगायत हुनुहुन्थ्यो । उत्कृष्ट वडाका रुपमा वडा नं. ७ लाई सम्मान गरिएको कार्यक्रममा सञ्जालका अध्यक्ष तिम्सिनाले आफ्नो कार्यकालमा…

Read More

मेचीनगर, २९ जेठ । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषधसहित एक युवालाई पक्राउ गरेको छ । सोमबार राति मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेचीपुलमा प्रहरी टोलीले भारततर्फबाट भाडाको सिटी सफारीमा आउँदै गरेका बिर्तामोड नगरपालिका–५ का ३८ वर्षीय सुमन भन्ने सूर्यवंशी रायलाई लागुऔषध सहित प्रहरीले पक्राउ गरेको हो । उक्त स्थानमा शंकित अवस्थामा फेला पारी सोधपुछ गर्दा लाष्टिकले पोका पारेको लागूऔषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ प्लाष्टिक सहित तौल गर्दा २ ग्राम ५३ मिलिग्राम बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखेर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

Read More

झापा, २९ जेठ । झापाको अर्जुनधाराबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । सोमबार राति अर्जुनधारा नगरपालिका–३ मदनपुर टोलस्थित अस्थाई प्रहरी चौकी खुदुनाबारीबाट खटिएको प्रहरी गस्ती टोलीले शंकास्पद अवस्थामा सोही स्थानका ३७ वर्षीय दिलबहादुर विश्वकर्मालाई फेला पारी चेकजाँच गर्दा उनको साथबाट ब्राउनसुगर जस्ते देखिने प्लास्टिकसहित तौल १ ग्राम ९६० मिलिग्राम रहेको वस्तु फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । लागूऔषधसहित दिलबहादुरलाई पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान भइरहेको जनाइएको छ ।

Read More

नविन उप्रेती/ सन्तोष शर्माबनियानी, २९ जेठ । धान नबिकेपछि झापाको कचनकवल गाउँपालिकाका कृषक चिन्तित बनेका छन् । यहाँका किसानले उत्पादन गरेको करिब दुई सय टन चैते धान बिक्रीका लागि राखिएको छ । तर, धान मिलले हामीलाई धान पुग्यो भन्दै किन्न छाडेपछि यहाँका कृषक समस्यामा परेका छन् । केही समयअघि स्थानीय व्यापारीलाई कृषकले प्रतिमन रू एक हजार ५० देखि रू एक हजार दुई सयसम्ममा धान बिक्री गरे पनि हाल बिक्री ठप्प भएको कचनकवल गाउँपालिका–२ कृषक दुर्गाप्रसाद थापाले बताउनुभयो । “मिललाई धान पर्याप्त भएको हो वा किन हो थाहा भएन, दुई दिनदेखि बिक्री ठप्प छ”, उहाँले भन्नुभयो, “किसानले धान बाटो पछार्नुपर्ने अवस्था…

Read More

सन्तोष शर्माबनियानी, २९ जेठ । झापाको कचनकवल गाउँपालिकाले यहाँका पशुपालक किसानलाई प्रोत्साहन गर्न विभिन्न सेवा निःशुल्क प्रदान गर्दै आएको छ । गाउँपालिकाले यहाँका पशुपालक किसानलाई प्रोत्साहन गर्ने उद्देश्यले औषधि, बिमा, खोप र कृत्रिम गर्भाधान सेवा निःशुल्क प्रदान गर्दै आएको गाउँपालिका अध्यक्ष कालेन्द्रसिंह राजवंशीले बताउनुभयो । “गाउँपालिकाले कृषिलाई प्राथमिकतामा राखेको छ”, उहाँले भन्नुभयो, “गाउँपालिकाको स्रोतले भ्याएसम्म किसानलाई प्रोत्साहन गर्ने कार्यक्रम गर्छौं ।” पशुमा लाग्ने विभिन्न रोग नियन्त्रणका लागि यहाँका २० हजार गाईवस्तु र १५ हजार बाख्रालाई खोप लगाइएको गाउँपालिकाका पशु शाखा प्रमुख मसिन्द्र यादवले जानकारी दिनुभयो । बाख्रलाई पीपीआर र गाईवस्तुलाई खोरेत, चर्चरे र भ्यागुते रोगविरुद्धको खोप लगाइएको उहाँले बताउनुभयो ।…

Read More

झापा, २९ जेठ । यस वर्षको मनसुनमा बढी वर्षा हुने भएपछि नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) ले बालीका लागि जमिन तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको छ । नार्कले सार्वजनिक गरेको कृषि–मौसम सल्लाह बुलेटिन अनुसार आगामी मनसुन सिजनमा देशका अधिकांश स्थानमा सरदर वा सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले सम्भावित जोखिम न्यूनीकरण गर्न बालीको लागि जग्गा तयारी गर्दा पानी निकासको उचित व्यवस्था गर्न सुझाव दिएको हो । सोमबारदेखि भित्रिएको मनसुनमा देशका अधिकांश स्थानमा सरदरभन्दा बढी वर्षा हुने सम्भावना ३५ देखि ५५ प्रतिशत रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनको सुरुवातमा सुक्खा तथा उत्तरा क्षेत्रमा…

Read More

मोरङ, २९ जेठ । मोरङको बेलबारी र धनपालथानमा माछाको एक गैरदेशीय प्रजाति फेला परेको छ ।दक्षिण अमेरिकाको अमेजन नदीमा पाइने टेरिगोप्लिक्थिस डिसजन्किटिभस वैज्ञानिक नाम रहेको उक्त माछा नेपालमा पहिलो पटक बेलबारीस्थित नदीमा चार वर्षअघि देखापरेको थियो । नयाँ प्रजातिको माछा भन्ने शङ्का लागेर त्यही समयदेखि स्थानीय अनुसन्धानकर्ताहरु जसहाङ लिम्बू, दीपक राजवंशी, अस्मित सुब्बा र लक्ष्मण खनाल यसलाई पछ्याउन थालेका थिए । पछि दुई चाइनिज अनुसन्धानकर्ताहरु जिनक्वान याङ र चेनहोङ लिको सहयोगमा उनीहरुले यो अतिमिचाहा स्वभाव भएको र नेपालका लागि नयाँ प्रजाति हो भन्ने पुष्टि गरे। यो माछाको बासस्थान, शारीरिक र आनुवंशिक बनोट तथा आनीबानी र नेपालमा पहिलो पटक भेटिएको भन्ने…

Read More

बिर्तामोड, २८ जेठ । चलचित्र पत्रकार संघ नेपाल झापाले बिर्तामोडमा पत्रकारिता तालिम आयोजना गर्ने भएको छ । चलचित्र पत्रकारिता लेखन सम्बन्धी पत्रकारहरुको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आगामी असारको दोस्रो साता तालिमको आयोजना गर्ने संघले निर्णय गरेको हो । संघका अध्यक्ष रमेश तिवारीको अध्यक्षतामा आज बिर्तामोडमा बसेको बैठकले तालिमसहित विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ । बिर्तामोड नगरपालिकाको आर्थिक सहयोगमा चलचित्र पत्रकार संघ झापाले तालिम आयोजना गर्ने भएको संघ सचिव एकराज प्रधानले जानकारी दिए । चलचित्र पत्रकार संघ नेपाल केन्द्रको समन्वयमा सहजकर्ता व्यवस्थापन गरी तालिमको सञ्चालन गर्ने भएको हो । त्यस्तै आगामी आर्थिक बर्ष २०८१–०८२ मा चलचित्र पत्रकारहरुको क्षमता अभिबृद्धिका लागि…

Read More

झापा, २८ जेठ । झापाको बिर्तामोडस्थित बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सिफारिस गरिएको छ । सर्वोच्च अदालतको फैसला लगत्तै काठमाडौँ विश्व विद्यालयले आइतबार चिकित्सा शिक्षा आयोगलाई सिफारिससहितको पत्र पठाएको हो । काठमाडौँ विश्व विद्यालय, मेडिकल साइन्स विभागका डीन डा मनोज हुमागाईंले सर्वोच्चले १५ दिनभित्र सम्बन्धन दिनु भनेर परमादेश दिएअनुसार आफूहरूले आयोगलाई पत्राचार गरिएको बताए । यसअघि समेत पत्राचार भएपनि आयोगले रोकेको बताउँदै उनले अहिले भने सर्वोच्चको परमादेशमै सम्बन्धन दिनु भनेर कडा आदेश भएकाले सोहीअनुसार आफूहरूले सिफारिस गरेको बताए ।

Read More

बिर्तामोड, २८ जेठ । झापाको बिर्तामोडमा एक ज्येष्ठ नागरिकलाई छुरा प्रहार गरी घाइते बनाएर फरार भएका एक युवालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बुद्धशान्ति गाउँपालिका–३ का बरुण धिमाल रहेका छन् । धिमालले गत जेठ ६ गते बिर्तामोड–३ स्थित विनिता ढकालको घरमा डेरा गरी बस्दै आएका सुनसरी इटहरीका ७०वर्षीय काशिनाथ गौतमलाई पेट, र शरीरको विभिन्न भागमा तरकारी काट्ने चक्कुले प्रहार गरेर घाइते बनाएका थिए । धिमाल समेत सोही घरमा डेरा गरी बस्दै आएका थिए । उक्त घटना गरीफरार भएका धिमाललाई खोजतलाश गर्ने क्रममा आइतबार बुद्धशान्ति–३ पुल चौकबाट पक्राउ गरी इलाका प्रहरी कार्यालय अनारमनी झापा जिल्ला अदालतबाट ज्यान मार्ने उद्योग…

Read More