
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, २ माघ । आज २७औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस । विसं १९९० माघ २ गतेको महाभूकम्पको सम्झनामा २०५५ सालदेखि यो दिवस मनाउन प्रारम्भ भएको हो । यो दिवस मनाउनुको उद्देश्य भूकम्पबारे चेतना फैलाउनु र तयारी बढाउनु हो । विसं २०७२ वैशाख १२ गतेको भूकम्पबाट जनधनको ठूलो क्षति भएको थियो । यस अवसरमा नेपालमा पनि विभिन्न कार्यक्रमको आयोजना गरी मनाइने भएको छ ।
झापा, २ माघ । हाल देशमा उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज दिउँसो तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । महाशाखाका अनुसार कोशी र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक रूपमा बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । त्यसैगरी, आज राति तराई भू–भागका केही स्थानहरूमा हुस्सु लाग्नेछ । कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बादल लाग्ने तथा बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । महाशाखाले हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा आंशिक प्रभाव पर्ने भएकाले आवश्यक सतर्कता अपनाउन सम्बद्ध सबैमा अनुरोध गरेको…
झापा, २ माघ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । निगमले आज १२ः०० बजेदेखि लागू हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले घटेको छ । यस्तै, डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घटेको छ । निगमले तय गरेको नयाँ मूल्यसूचीअनुसार पेट्रोल प्रतिलिटर रु एक सय ५६ र डिजेल र मट्टितेल प्रतिलिटर रु एक सय ३६ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट माघ १ मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिले नयाँ मूल्यसूची निर्धारण गरेको हो ।
बिर्तामोड, १ माघ । झापाको बिर्तामोड नगरपालिका-१० स्थित भुतेनी खोलामा एक पुरुष मृत फेला परेका छन् । बिर्तामोड-१० समावेशीटोल स्थित भुतेनी खोलाको बाधमा तत्काल नामथर वतन नखुलेको करिब ५५ वर्षीय पुरुष पानीमा डुबी मृत अबस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । मृतकको पहिचान तथा आफन्तको खोजतलास भईरहेको छ भने थप अनुसन्धान तथा कानुनी प्रकृयाको लागी इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी टोली खटिएको छ ।
बिर्तामोड, १ माघ । झापा गोल्डकपका अध्यक्ष केदार गिरीसहितको टोलीले नेकपा एमालेका अध्यक्ष एव्म पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँग आज भेटघाट गरेको छ । झापाको बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा माघ २४ गतेदेखि हुन गइरहेको झापा गोल्ड कपको स्वर्गीय ‘बिनोद बस्नेत स्मृति’ सातौं संस्करण फुटबल प्रतियोगिताका सन्दर्भमा कुराकानी गर्न आज अध्यक्ष ओलीसँग भेटघाट गरिएको गोल्डकपका अध्यक्ष गिरीले जानकारी दिए । उहाँ झापाबासी, पूर्व प्रधानमन्त्री भएकाले प्रतियोगिता सफल बनाउन उहाँको सहयोग आवश्यक छ, अध्यक्ष गिरीले भने, ‘प्रतियोगिताको तयारीका बारेमा कुराकानी गरेर फर्किएका छौं ।’ पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गर्न झापा गोल्डकपका अध्यक्ष गिरी, पूर्वमन्त्री अग्नि खरेल, बरिष्ठ उपाध्यक्ष गजेन्द्र पौडेल, कार्यसमिति…
हल्दीबारी, १ माघ । सञ्चारकर्मी तथा शतक रक्तदाता नेत्रविक्रम बिमली ‘स्वर्गीय भक्तबहादुर कार्की स्मृति उत्कृष्ट पत्रकारिता पुरस्कार–२०८२’ बाट सम्मानित भएका छन्। हल्दिबारी जेसिजद्वारा आयोजित प्रथम पद हस्तान्तरण तथा व्यक्तित्व सम्मान समारोहका अवसरमा आयोजित कार्यक्रममा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले आफ्ना स्वर्गीय पिता भक्तबहादुर कार्कीको स्मृतिमा स्थापना गरेको उक्त पुरस्कार बिमलीलाई प्रदान गरिएको हो। कार्यक्रमका प्रमुख अतिथि पूर्व उपप्रधानमन्त्री तथा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री राजेन्द्र प्रसाद लिङ्देन र,पुरस्कारदाता उपप्रमुख कार्की र हल्दीबारी जेसिसकी संस्थापक अध्यक्ष युनिता दवाडीले बिमलीलाई नगद ५ हजार १ सय रुपैयाँ, सम्मानपत्र तथा दोसल्ला ओढाएर सम्मान गरेका हुन्। हल्दिबारी डटकमका प्रधान सम्पादकसमेत रहेका बिमलीलाई समाजप्रतिको उच्च सामाजिक…
झापा, १ माघ । संयुक्त राज्य अमेरिकाले सार्वजनिक कल्याण र लाभको सम्भावित दुरुपयोगको चिन्तालाई उद्धृत गर्दै ७५ वटा देशका नागरिकहरूलाई आप्रवासी भिसा जारी गर्नमा अस्थाई रोक लगाउने घोषणा गरेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पको आदेशमा अमेरिकी विदेश विभागले यो निर्णय गरेको उल्लेख गर्दै विज्ञप्ति जारी गरेको छ , जसमा अमेरिकामा आप्रवासीहरू आर्थिक रूपमा आत्मनिर्भर हुनुपर्ने र अमेरिकी करदाताहरू माथि बोझ बन्न नहुने विषय उल्लेख छ । “सार्वजनिक लाभ प्रयोगको उच्च जोखिममा रहेका राष्ट्रहरूका लागि आप्रवासी भिसा प्रशोधन अन्तिम पटक सन् २०२६ जनवरी १४ मा अद्यावधिक गरी जनवरी– २१, देखि लागु हुने जनाइएको छ । राष्ट्रपति ट्रम्पले आप्रवासीहरू आर्थिक रूपमा आत्मनिर्भर…
झापा, १ माघ । स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ । विगत चार दिनदेखि निरन्तर उकालो लागेको सुन र चाँदीको मूल्य आज केही कम भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मूल्य रु दुई लाख ७६ हजार ५०० त्यति नै चाँदीको मोल रु पाँच हजार ४८५ कायम भएको छ । बुधबार एक तोला सुन रु दुई ७८ हजार र त्यति नै चाँदीको मोल रु पाँच हजार ६५५ मा कारोबार भएको थियो । मङ्गलबार एक तोला सुन रु दुई लाख ७६ हजार ५०० र त्यति नै चाँदीको मोल रु पाँच हजार ३४० मा कारोबार…
झापा, १ माघ । प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाइदिने भन्दै रु २८ लाख ७० हजार रकम ठगी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ताप्लेजुङको सिदिङ्वा गाउँपालिका–५ बस्ने ३७ वर्षीया सुनिता इधिङगो लिम्बू, रूकुम पश्चिमको मुसिकोट नगरपालिका–१० का ३० वर्षीय अभिशेष कराला, अर्घाखाँचीको मालारानी गाउँपालिका–१ का ४६ वर्षीय चेतनारायण आचार्य, काभ्रेपलाञ्चोकको चौंरीदेउराली गाउँपालिका–७ का ४९ वर्षीय रेशमलाल लामा तामाङ र काठमाडौँ महानगरपालिका–१७ की ४२ वर्षीया निलिमा श्रेष्ठ रहेका काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पक्राउ परेकामध्ये सुनिताले युएई पठाउने भन्दै रु एक लाख ५० हजार,…
बिराटनगर, १ माघ । मोरङ र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट लागु औषध ब्राउन सुगर र गाँजा सहित २ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पुस ३० गते इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरी टोलिले बिराटनगर-१ का रिहान अन्सारीलाई १ ग्राम २० मिलीग्राम लागु औषध ब्राउन सुगर सहित नियन्त्रणमा लिएको छ भने इलाका प्रहरी कार्यालय बालंखा, भोजपुरबाट खटिएको प्रहरी टोलीले आमचोक१० स्थितमा कोठा भाडामा बस्ने भोजपुर नगरपालिका १० का ४६ वर्षिय मचिन्द्र राईलाई उनकै कोठाबाट ८७ किलो ५०० ग्राम लागु औषध गाँजा सहित नियन्त्रणमा लिएको छ ।