
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
झापा, ३ असार । आज राति झापा मेचीनगर नगरपालिका–९ मागुरमाढीमा एक वटा जंगली हात्ती गाँउ प्रवेश गरेर सोही स्थानका टंकप्रसाद श्रेष्टले १० कट्ठा खेतमा लगाएको मकै खाएको छ । जंगत्ती हात्तिले मकै खाँदा करिब ५० हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ३ असार । झापाको मेचीनगरमा चट्याङ लागेर दुई वटा राँगा मरेको छ । अविरल वर्षासँगै आज बिहान परेको चट्याङ लागेर मेचीनगर–३ भावना टोल बस्ने योगेन्द्र भट्टराईको गोठमा बाँधी राखेको २ वटा राँगाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । राँगाको मूल्य करिब १ लाख ५० रहेको छ भने सोही गोठमा रहेको एउटा माउ भौसीको देब्रे पट्टिको करङमा सामान्य चोट लागेको जनाइएको छ ।
बिर्तामोड, ३ असार । झापा बिर्तामोडको पाथीभरा होटल एण्ड लजमा एक व्यक्ति मृत अवस्थामा फेला परेका छन् । इलाम सूर्योदय नगरपालिका–४ बस्ने अन्दाजी ३८ वर्षका कर्म शेर्पा होटलभित्र झुण्डिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ । मलेसियाबाट फर्केर उनी जेठ २८ गतेदेखि उक्त होटलमा बस्दै आएका थिए । होटलको बन्द कोठाभित्रबाट दुर्गन्ध आएपछि शनिवार बेलुका ढोका फोडेर हेर्दा झुण्डिएको अवस्थामा उनी भेटिएको इलाका प्रहरी कार्यालय अनारमनी बिर्तामोडले जनाएको छ । शेर्पा केही दिन अगाडि नै झुण्डिएको हुनसक्ने आशंका गरिएको छ । मृतकका आफन्त बोलाई शवको सर्जमिन गरी पोष्टमार्टममा पठाइएको प्रहरीले बताएको छ । मृतक शेर्पाका श्रीमती र नाबालक सन्तान रहेको बताइएको…
झापा, ३ असार । हाल देशको पूर्वी भू-भागमा मनसुनी प्रणालीको प्रभाव रहेको छ भने बाँकी भू–भागमा स्थानीय वायु तथा भारतको विहार आसपास रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखा सोमबार कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ। कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। यता सुदूरपश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागका केही स्थानहरूमा विगत केही दिन देखि अधिकतम तापक्रम ४० डिग्री सेल्सियस वा सो भन्दा बढी मापन गरिएको…
झापा, ३ असार । टी–२० विश्वकपको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ । बंगलादेशले दिएको १ सय ७ रनको लक्ष्य दिएको थियो । नेपालले १९.२ ओभरमा सबै विकेट गुमाएर ८५ रन मात्र बनायो । जितसँगै बंगलादेश सुपर ८ मा पुगेको छ । टी–२० विश्वकपमा कुनै पनि टोलीले रक्षा गरेको यो सबैभन्दा न्यून लक्ष्य हो ।
झापा, ३ असार । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व बकर इद (इदुल जोहा) आज देशभरका मस्जिदमा मनाइँदै छ । इदुल फित्रअर्थात् रमजान पर्वको ७०औँ दिनमा बकर इद मनाउने धार्मिक विधि छ । मुस्लिम धर्मावलम्बीले आज बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक नमाज पढ्छन् । नमाज पढिसकेपछि एकापसमा शुभकामना आदानप्रदान गर्ने चलन छ । यस अवसरमा दरबारमार्गस्थित नेपाली जामे मस्जिद, काश्मिरी मस्जिदलगायत देशभरका मस्जिद र इदगाहमा मुस्लिम धर्मावलम्बीको भीड लाग्छ । हिजरी संवत् अनुसार १४३९ वर्ष पहिले अल्लाहको आदेशमा इब्राहिमले आफ्ना छोरा इस्माएल अलेह सलामलाई बलिदान गर्न तयार भएको सम्झनामा यो पर्व मनाउन थालिएको हो । मुस्लिम धर्म…
सुरुङ्गा, २ असार । माओवादी केन्द्रको पुर्वेली संगठन सुदृढीकरण अभियान अन्तर्गत आइतबार झापाको कनकाईमा प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । कनकाई नगरपालिका, शिवसतासी नगरपालिका र झापा गाउँपालिकाका पार्टी सदस्यहरुलाई केन्द्रीकृत गरेर तीनै वटा पालिकाको संयुक्त आयोजनामा सुरुङ्गास्थित जेसीज भवनको सभाहलमा केन्द्रीय साथै प्रदेशका नेताहरुबाट प्रशिक्षण प्रदान गरिएको हो । कार्यक्रममा प्रमुख अतिथि माओवादी केन्द्रका पोलिटव्युरो सदस्य सावित्रीकुमार काफ्ले ‘समर’ले २१औं शताब्दीमा समाजवादको नेपाली बाटो विषयमा प्रशिक्षण दिँदै समाजवाद, शिक्षा नीति, अर्थ नीति, भूमि तथा पुँजी नीति लगायतका बारेमा प्रष्ट पार्नुभएको थियो । त्यस्तै, कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा झापा जिल्ला इञ्चार्ज झलक दर्लामी (सन्देशं)ले नेपालको कम्युनिष्ट आन्दोलनका विषयमा जानकारी…
सरोज भट्टराईशिवसताक्षी, २ असार । झापाको शिवसताक्षी नगरपालिका वडा नं. ६ मा पालिकाकै ठूलो परियाजनामा काम भएको छ । नगरको ठूलो परियोजनाका कामहरु वडा नं. ६ मा बन्दा वडा नं. ६ अन्य वडा भन्दा भाग्यमानी सावित भएको छ । वडामा नगर अस्पतालन निर्माण सकिएर सञ्चालनको तयारीमा छ । नगरकै दक्षिण भेगमामा रहेको शिवगञ्ज बजार नगरकै पुरानो बजारको रुपमा परिचित छ । यहाँका अधिकांश समुदाय कृषिमा आश्रित छन् । कृषकहरुको उत्पादनलाई ध्यानमा राख्दै शिवसताक्षीको वडा नं. ६ शिवगञ्जमा कृषि थोक बजार सञ्चालनको तयारीमा रहेको छ । उक्त बजारबाट कृषि उत्पादन बस्तुहरु थोक तथा खुद्रा विक्री वितरण गरिने वडा नं. ६ का…
शनिबार रातिको अबिरल वर्षाको कारण भद्रपुर नगरपालिका–१ लाहुरे चौक नजिक रहेको राजपैनी खोलामा रहेको कल्वर्ड पुलमा क्षति पुगेको छ भने वरपर डुबान भएको छ । तस्वीर : नवीन उप्रेती
नवीन उप्रेतीबनियानी, २ असार । झापाको कचनकवल गाउँपालिकाले यहाँका चार वटा विद्यालयलाई आज प्रिन्टर प्रदान गरेको छ । आज गाउँपालिकाको सभाहलमा संक्षिप्त कार्यक्रमका बीच नव दुर्गा आधारभूत विद्यालय पिण्डालबारी, गंगालाल आधारभूत विद्यालय कुट्टी, आमबारी आधारभूत विद्यालय आमबारी र आदर्श प्रावि सुकनाडिगीलाई फोटोकपीसहितको प्रिन्टर प्रदान गरिएको गाउँपालिकाका प्रशासकीय अधिकृत भूमि निरौलाले जानकारी दिनुभयो । सम्बन्धित विद्यालयका प्रतिनिधिलाई गाउँपालिका अध्यक्ष कालेन्द्रप्रसाद सिंह राजवंशीले प्रिन्टर हस्तान्तरण गर्नुभयो । कार्य सम्पादनमा थप सहजताका लागि विद्यालयहरुलाई प्रिन्टर प्रदान गरिएको उहाँले बताउनुभयो । विद्यालयलाई प्रदान गरिएको प्रिन्टरले थोरै भए पनि शैक्षिक गतिविधि गर्न सहज हुने उहाँको भनाइ छ । आवश्यकताको आधारमा कार्यपालिकाको बैठकबाटै निर्णय गरेर ती…