
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
काठमाण्डौ, ३१ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज कोलकाता नाईट राइडर्स र गुजरात टाईटन्स खेल्दैछन् । गुजरातको अहमदाबादमा हुने खेल नेपाली समयअनुसार बेलुका पौने ८ बजे शुरु हुनेछ । कोलकाता १२ खेलमा ९ मा जित र ३ मा हार व्यहोरेर १८ अङ्कसहित तालिकाको शीर्ष स्थानमा छ । गुजरात १२ खेलमा ५ मा जित र ७ मा हार व्यहोरेर १० अङ्ककासाथ ८ औँ स्थानमा छ । कोलकाताको कप्तानी श्रीयास ऐयर र गुजरातको कप्तानी सुभमन गिलले गर्नेछन् ।
विराटनगर, ३१ वैशाख । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विश्वासको मत मागेका छन् । सोमबार प्रदेशसभा बैठकमा उनले विश्वासको मत मागेका हुन् । सरकार गठनको प्रक्रिया सम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा मुख्यमन्त्रीले विश्वासको मत लिनका लागि बोलाएको बैठकमा नेपाली कांग्रेस अनुपस्थित भएको छ । कांग्रेस संसदीय दलको बैठकले सभामुखलाई पत्र लेखेर बैठक स्थगित गर्न माग गर्दै अनुपस्थित हुने निर्णय गरेको हो । विहान ११ बजेका लागि बोलाइएको प्रदेशसभा बैठक सुरु गर्न सभामुखले कांग्रेसलाई दुई घण्टा पर्खिएका थिए । नेपाली कांग्रेस दलको बैठक नसकिएपछि १ बजे सभामुखले बैठक सुरु गरे । बैठक सुरु भएपछि मात्रै कांग्रेसले बैठकमा अनुपस्थित हुने…
मोरङ, ३१ वैशाख । केराबारी गाउँपालिका–५ मदन भण्डारी राजमार्ग बगैँचा चोकमा बा.११ च २९२८ नम्बरको पिकअप भ्यानले प्र.१–०२–००२ ह ९२४४ नम्बरको अटोलाई आइतबार दिउँसो ठक्कर दिँदा अटो चालक केरावारी गाउँपालिका–६ बस्ने ४५ वर्षीय मेख बहादुर मगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरानमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका अटोमा सवार अन्य ४ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
सन्तोष शर्मा भद्रपुर, ३१ बैशाख । झापाको भद्रपुर नगरपालिकामा हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान असफलता उन्मुख बन्दै गएको छ । जिल्लामा अभियान सञ्चालन भएको १५ दिनसम्म आइपुग्दा औषधि सेवन दर ४५ दशमवल ७४ प्रतिशतले मात्र रहेको स्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाराकोटीले जानकारी दिनुभयो । ‘एक पटक खाऔं, यो वर्ष अन्तिम बनाऔ’ भन्ने नाराका साथ झापामा बैशाख १६ गतेदेखि ३० गतेसम्म १३ औं चरणको हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन अभियान सञ्चालन भएको थियो । भद्रपुरमा लक्षित ७१ हजार १४९ जनामध्ये मध्ये ३२ हजार ५४८ जनाले मात्र औषधि सेवन गरेको स्वास्थ्य कार्यालय झापाको तथ्यांक छ । अभियान अन्तरगत ८० प्रतिशत…
झापा, ३१ बैशाख । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार देशभर आंशिकदेखि साधारणतया बदली रहने छ। देशका पहाडी भू भागका थोरै स्थानहरूमा साथै कोशी प्रदेश लगायत बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू भागका एक–दुई स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिमाली भू भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। मंगलबार कोशी, बाग्मती र गण्डकी प्रदेशका पहाडी भू भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू भागमा आंशिक बदली रहने छ। कोशी प्रदेश…
ओल्ड ट्राफोर्ड, ३१ बैशाख । म्यानचेस्टर युनाइटेडलाई उसैको घरेलु मैदानमा हराउँदै आर्सनल प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । योसँगै प्रिमियर लिगको उपाधि होड अन्तिम खेलसम्म पुग्ने निश्चित भएको छ । खेलमा लियान्ड्रो ट्रोसार्डले २० औँ मिनेटमा गरेको एक मात्र गोल निर्णायक बन्यो । खेलमा फर्कन युनाइटेडले धेरै प्रयास गरे पनि टोलीले आर्सनलका गोलकिपर डेभिड रायालाई धेरै दबाब दिनै सकेन । अब आर्सनलले मंगलबार हुने खेलमा टोटनह्याम हटस्पर्सले म्यानचेस्टर सिटीलाई हराओस् भन्ने प्रार्थना गर्नुपर्नेछ । अन्तिम खेलमा आर्सनलले घरेलु मैदानमा एभर्टनको आतिथ्य गर्नेछ भने सिटीले वेस्ट ह्यामसँग भिड्नेछ । ३७ खेलबाट आर्सनलको ८६ अङ्क छ । एक खेल कम खेलेको…
दमक, ३१ बैशाख । झापाको दमकमा एकै परिवारका पाँचजना सदस्यमा हात्तीपाइले रोग भेटिएको छ । हात्तीपाइलेविरुद्ध आम औषधि सेवनको क्रममा दमक वडा नम्बर ९ मा एकै परिवारका पाँचजनामा हात्तीपाइले रोगको संक्रमण रहेको पाइएको हो । उक्त परिवारसहित आसपासमा जाँच तथा औषधि सेवनलाई प्रभावकारी बनाउन स्वास्थ्यकर्मीहरु परिचालित भएको दमक नगर स्वास्थ्य शाखाले जनाएको छ । नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख नगेन्द्र भट्टराईका अनुसार हात्तीपाइलेविरुद्ध आम औषधि सेवन कार्यक्रमको क्रममा नयाँनयाँ बिरामीहरु भेटिरहेका छन् । दमकमा ६० देखि ७० प्रतिशतले मात्र हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्ने गरेको उनको भनाइ छ । योपटक ९० प्रतिशत पुर्याउने लक्ष्य भए पनि लक्ष्यमा पुगिनसकेको भट्टराईले बताए ।
झापा, ३१ बैशाख । झापाको अर्जुनधारामा रहेका मेलमिलापकर्तालाई तीन दिवसीय एड्भान्स लेखनसीप तालिम दिइएको छ । अर्जुनधारा नगरपालिकाको आयोजना र इजलास मिडियाको सहजीकरणमा मेलमिलापकर्तालाई तालिम दिइएको हो । मेलमिलापकर्ताहरुको लागि आयोजना गरिएको एड्भान्स तालिममा अधिवक्ता वसन्त नेपाल र अर्जुनधारा नगरपालिकाकी कानुन अधिकृत आकृति निरौलाले सहजीकरण गरेका थिए । गाउँघरमा गरिने लिखतका सन्दर्भमा अधिवक्ता नेपालले अभ्याससहित दुई दिन सहजीकरण गरेका थिए भने कानुन अधिकृत निरौलाले लिखतमा ध्यान दिनुपर्ने कानुनी पक्षहरु र नगरको न्यायिक सेवाको बारेमा सहजीकरण गरेकी हुन् । आइतबार सम्पन्न कार्यक्रममा प्रमुख अतिथि प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले एड्भान्स लेखनसीपबाट सिकेका ज्ञानलाई व्यवहारमा उतार्न आग्रह गरे । उनले आआफ्नो वडामा…
शिवसताक्षी, ३० बैशाख । झापाको शिवसताक्षी मेयर कप आजबाट सुरु भएको छ । शिवसताक्षी नगरपालिका झिलझिले स्थित गणेशमान अध्ययन प्रतिष्ठानको खेल मैदानमा आजबाट मेयर कप सरु भएको हो । मेयर कपको औपचारिक उद्घाटन भने भोलि सोमबार गरिने नगर खेलकुद विकास समितिले जनाएको छ । दिनभर झरी परेका कारण खेलको औपचारिक उद्घाटन भोलि सारिएको हो । प्रतियोगिताको उद्घाटन भोलि सारिए पनि खेल तालिका अनुसार प्रतियोगिताको पहिलो खेल शिवसताक्षी नगरपालिका वडा नं. १ र ११ बीच भएको छ । प्रतियोगितामा वडा नं. १ लाई ३ – १ गोल अन्तरले हराउँदै वडा नं. ११ विजयी भएको छ । खेलको ३० औं मिनेटमा वडा…
नेत्रविक्रम बिमलीझापा, ३० बैशाख । झापाको झापा गाउँपालिकाले ३४३ विद्यार्थीलाई साइकल वितरण गरेको छ । आज पालिका भवनमा आयोजित कार्यक्रममा कक्षा–९ मा अध्यनरत उनीहरुलाई रू छ हजार मूल्य बराबरको साइकल गाउँपालिका कार्यवाहक अध्यक्ष एवम् कार्यक्रमकी प्रमुख अतिथि अञ्जुदेवी थपलियाले वितरण गर्नु भएको थियो । शिक्षा शाखाको आयोजनामा भएको साइकल वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि कावा अध्यक्ष थपलियाले कोही पनि विद्यार्थीले उच्च शिक्षाको लागि विद्यालय जानबाट वञ्चित नहोस् भनेर झापा गाउँपालिकाका–५ माध्यमिक विद्यालयका कक्षा–९ मा अध्यन गर्ने विद्यार्थीलाई साइकल उपलब्ध गराएको बताउनुभयो । झापा गाउँपालिकाले अध्यक्ष जयनारायण शाहले अगाडि बढाउनु भएको शिक्षा, स्वास्थ जस्ता कुरालाई निरन्तरता दिने बताउँदै थपलियाले शिक्षामा सुधार…