
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
झापा अनलाइन
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।
बिर्तामोड, २५ बैशाख । वीरता लेडी जेसीजले एकजना दृष्टिविहीन महिलालाई फलफुल र नगद वितरण गरेको छ । झापा चारपानेकी दामोसरी राजवंशीलाई नगदसहित फलफुल वितरण गरिएको हो । माता तीर्थ औंशीको अवसर पारेर बिर्तामोड–२ बालुवाटारकी राजवंशीलाई ११ हजार नगद सहयोग प्रदान गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन् । लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा आयोजित संक्षिप्त कार्यक्रमका बीच राजवंशीलाई सहयोग रकम हस्तान्तरण गरिएको हो । दृष्टिविहीन मात्र होइन, आफन्तविहीन अवस्थामा रहेकी राजवंशी केही समयअघि लडेर घाइते भएकी थिइन् । शुभेच्छुक र इष्टमित्रको सहयोगले उनको जीवन गुजारा चलिरहेको छ । कार्यक्रममा निवर्तमान अध्यक्ष संगीता गिरी, महासचिव मुना…
झापा, २५ बैशाख । कोशी प्रदेश सरकारले पाँच जना पत्रकारलाई सम्मान गरेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा अनवरत २५ वर्षभन्दा बढी पत्रकारिता गर्नुभएका विभिन्न जिल्लाका पाँच जना पत्रकारलाई नगद एक लाखसहित सम्मान एवम् पुरस्कृत गरेको हो । पुरस्कृत हुनुहुनेमा भीमलाल नेम्वाङ (झापा), अनन्तराज न्यौपाने (मोरङ), रमेशचन्द्र अधिकारी (धनकुटा), महेश्वर चाम्लिङ राई (उदयपुर) र प्रेमबहादुर दिलायी (सुनसरी) हुनुहुन्छ । प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पत्रकारलाई पुरस्कृत र सम्मान गर्नुहुँदै समाजलाई निरन्तर चेतना छर्ने, सरकारलाई खबरदारी गर्ने र जनतालाई परिवर्तनको बाटो देखाउने काम पत्रकारले गर्ने भएकाले पत्रकारितालाई राज्यको चौथो अङ्ग भनिएको बताउनुभयो । उहाँले पत्रकारलाई सम्मान गर्न पाउँदा समग्र पत्रकारिता क्षेत्रलाई…
अर्जुनधारा, २५ बैशाख । झापाका अर्जुनधाराका कृषक समूहलाई कृषि सामग्री हस्तान्तरण गरिएको छ । अर्जुनधारा–७ नं. वडा कार्यालयले सोमबार एक कार्यक्रमका बीच कृषि उत्पादन तथा प्रबद्र्धन कार्यक्रम अन्र्तगत यहाँका कृषक समूहलाई कृषि सामग्रीहरु वितरण गरेको हो । चालु आर्थिक वर्ष ०८०–०८१को स्वीकृत वडास्तरीय वार्षिक बजेट नीति तथा कार्यक्रममार्फत् वडा कार्यालय र कृषक समूहको ५० प्रतिशत साझेदारीमा उक्त कृषि सामग्रीहरु वितरण गरिएको वडाध्यक्ष गोविन्दप्रसाद खतिवडाले जानकारी दिए । वितरण गरिएको कृषि सामग्रीहरुमा मकै छोडाउने मेसिन १० थान, मकै रोप्ने हाते औजार १५ थान र ड्याङ बनाउने तथा पूर्ने हाते औजार १५ थान रहेको छ ।
झापा, २५ बैशाख । ‘मिर्गौला प्रत्यारोपण गरेका, डायलाइसिस गरिरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षाघात’ भएका बिरामीलाई औषधि उपचार खर्चबापत सरकारले मासिक रु पाँच हजार उपलब्ध गराउँदै आएको छ । झापाको बिर्तामोड नगरपालिकामा मात्रै गत आर्थिक वर्ष २०७९–८० मा एक सय ६४ रोगीलाई औषधि उपचार खर्चबापत मासिक रु पाँच हजार उपलब्ध गराइएको छ । बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका अधिकृत राजीवकुमार विष्टका अनुसार बिर्तामोड नगरपालिकाले अघिल्लो आर्थिक वर्ष यस्ता रोगीका लागि झन्डै रु एक करोड वितरण गरेको हो । यो आर्थिक वर्षका लागि समेत नसर्ने गम्भीर प्रकृतिका दीर्घरोगीको औषधि उपचार खर्चबापत प्रदान गरिने रकम सरकारसँग माग गरिएको उहाँको भनाइ छ । बिर्तामोड…
झापा, २५ बैशाख । झापाको शिवसताक्षीमा करेन्ट लागेर एक १८ महिने बालकको मृत्यु भएको छ । सोमबार शिवसताक्षी नगरपालिका–७ का सुनिल राजवंशीको छोरा करिब १८ महिने बालकको खेल्ने क्रममा पानी तान्ने मोटर चलिरहेको अवस्था करेन्ट लागि घाइते भई विर्तासिटी अस्पताल बिर्तामोड लगि डाक्टरले चेकजाँच गर्दा मृत्यु भएको र शव कानुनी प्रक्रिया पूरा गरी पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, २५ बैशाख । हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले देशको सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र कोशी प्रदेशमा आंशिक देखि साधरणतया बदली रहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा चट्याङ्गसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक देखि साधरणतया बदली रहने छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका थोरै…
बुधबारे, २४ बैशाख । वडाले अनुदान सहयोगको कार्यक्रम ल्याएपछि झापाको बुद्धशान्ति गाउँपालिका वडा नं १ का पशुपालक कृषकहरुले बायो ग्यासको प्रयोग बढाएका छन् । वडा नं. १ को दीर्घकालीन योजना अन्तर्गत कृषकलाई वडाबाट १० हजार रूपैँया अनुदान सहुलियत दिए पछि आर्थिक वर्ष २०८०–०८१ मा बायो ग्यास जडानमा कृषक आकर्षित भएका हुन् । नागरिकका नविनतम आवश्यकता परिपुर्तिका लागि योजनागत रूपमा अघि बढिरहेको बुद्धशान्ति वडा नं १ ले पशुपालनमा थप हौसला दिँदै उर्जाका लागि हुँदै आएको खर्च कटौति पनि हुने र २० बर्ष माथि टिकाउ हुने गोवर ग्यास निर्माणमा प्रति प्लान्ट १० हजार रुपैँया अनुदान सहयोग गरेको हो । पशुपालक किसानलाई थप…
झापा, २४ बैशाख । जिल्ला प्रहरी कार्यालय झापाले ३५३ जना फरार प्रतितिवादी पक्राउ गरेको छ । विभिन्न अपराधमा संलग्न भई फरार रहेका प्रतिवादीलाई आर्थिक वर्ष २०८०/०८१ को हालसम्म ३५३ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्त प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिनुभयो । उनीहरुमाथि १४१ वर्ष ०६ महिना २ दिन कैद र रू ४ करोड ४० लाख ९२ हजार २७८ बिगो जरिवाना कायम रहेको छ । पक्राउ गरेका उनीहरुलाई झापा जिल्ला अदालतमा उपस्थित गराइएको उहाँले बताउनुभयो । उल्लेखित विवरणमा २०८० फागुन ६ गतेदेखि हालसम्म ६६ वर्ष ४ महिना ३ दिन कैद र ४२ हजार ४६ हजार १९७ रुपैयाँ…
झापा, २३ बैशाख । पानी नपरेपछि झापाको अर्जुनधारामा शनिबार भ्यागुताको विवाह गरिएको छ । लामो समयदेखि बर्षा नहुँदा खडेरीको सामना गर्नुपरेको भन्दै अर्जुनधारा वडा नम्बर –२ का स्थानीयलेभ्यागुताको बिहे गरिदिएका हुन् । पानी नपरेपछि भ्यागुताको विवाह विगतमा अग्रजहरुले भ्यागुताको बिहे गर्दा पानी पर्ने गरेको जनविश्वासका आधारमा विधिपूर्वक यो बर्ष पनि भगवान र प्रकृतिसँंग पानी माग गरेर भ्यागुताको बिहे गरिदिएको स्थानीयहरुले बताएका छन् । नवनिर्मित मदन भण्डारी लोकमार्ग अन्तर्गत बेल्टार – गाँजाबरी सडक खण्डमा पर्ने टाङ्टीङ खोलामा एक जोडी भ्यागुताको विवाह गरिएको हो । हिउँदको समयमा लामो समयसम्म पानी नपरेपछि भ्यागुताको बिहे गरिदिने पुरानो प्रचलन रहेकाले यो बर्ष पनि भ्यागुताको बिहे…
अर्जुनधारा, २३ बैशाख । झापाको अर्जुनधारा नगरपालिकामा सडक कालोपत्रे शुरु भएको छ । अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको अगुवाईमा उपभोक्ता समितिसहित स्थानीयको सहभागीतामा सडक कालोपत्रे भइरहेको हो । अर्जुनधारा ६ र ११ अन्तरगत सात सय मिटर लम्बाई र साढे ५ मिटर चोडाई बाटो कालोपत्रे भइरहेको छ । नगरपालिकाको गौरवको आयोजना अन्तरगत उक्त बाटो कालोपत्रे भएको नगर प्रमुख बलदेवले जानकारी दिए । उनका अनुसार ४० लाख रुपैयाँको लगानीमा उक्त सडक कालोपत्रे भएको छ । यस वर्ष नगरको गौरवको योजना अन्तरगत तीन वटा बाटा कालोपत्रे हुने नगर प्रमुख बलदेवले बताए । अर्जुनधारा–३ को फागुनन्दचोकबाट कैदाली जाने र वडा नम्बर १०…