झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

बिर्तामोड, ३० बैशाख । झापाका तीन जना पत्रकारसहित ११ जना अक्षयकोष दाता सम्मानित भएका छन् । दशनामीहरुका कुलगुरु शंकराचार्यको १२३६ औं जन्मजयन्तीका अवसरमा उनीहरु सम्मानित भएका हुन् । नेपाल दशनामी समाज बिर्तामोड नगर समितिले आइतबार शंकराचार्यको जन्म जयन्तीका अवसरमा उनीहरुलाई सम्मान गरेकोे हो । अग्रज पत्रकार गोपाल गिरी, नेपाल पत्रकार महासंघ झापा शाखा अध्यक्ष एकराज गिरी र शब्दपत्र डटकमका सम्पादक उद्धव पुरीलाई सम्मानित भएका हुन् । सञ्चारमाध्यमबाट दशनामी समाजको प्रचार–प्रसारमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै समाजले उनीहरुलाई सम्मान गरेको जनाएको छ । त्यस्तै, समाजको अक्षकोषमा योगदान गर्ने समाजका केन्द्रीय संरक्षक भरतलाल गिरी, केन्द्रीय अध्यक्ष गोबिन्दबिक्रम गिरी, केन्द्रीय सल्लाहकार सदस्य बालकृष्ण गिरी,…

Read More

झापा, ३० बैशाख । काफ्ले समाज जिल्ला कार्यसमिति झापाको अध्यक्षमा गोपाल काफ्ले पुनः निर्विरोध निर्वाचित भएका छन् । शनिवार बिर्तामोडमा सम्पन्न समाजको दोस्रो जिल्ला सम्मेलनमा मनोनयन पत्र दर्ता गर्दा अध्यक्षमा काफ्लेको मात्र मनोनयन परेकोले उनी निर्विरोध निर्वाचित भएका हुन् । सम्मेलनको बन्द सत्रले आगामी २ वर्षे कार्यकालका लागि गोपाल काफ्लेको नेतृत्वमा १७ सदस्यीय समिति सर्वसम्मत चयन गरेको अध्यक्ष मण्डलका अध्यक्ष तोयानाथ काफ्लेले बताए । त्यस्तै, उपाध्यक्षमा यामनाथ काफ्ले, महिला उपाध्यक्षमा सीतादेवी काफ्ले, सहसचिवमा रोहित काफ्ले र कोषाध्यक्षमा रमेशकुमार काफ्ले निर्वाचित भएका छन् । उपाध्यक्ष यामनाथ र कोषाध्यक्ष रमेश पनि सोही पदमा निर्विरोध दोहोरिएका हुन् । यसैगरी, समाजको जिल्ला कार्यसमिति सदस्यहरुमा…

Read More

एजेन्सी, ३० वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्स तथा रोयल च्यालेन्जर्स बेंगलुरु (आरसीबी) र दिल्ली क्यापिटल्स खेल्दैछन् । आज हुने पहिलो खेलमा नेपाली समयअनुसार दिउँसो पौने ४ बजे चेन्नई र राजस्थान खेल्नेछन् । यो खेल चेन्नईमा हुनेछ । चेन्नईलाई प्लेअफमा पुग्न आजको खेल जित्नैपर्ने दबाब छ । उसको १२ खेलमा १२ अङ्क छ । चेन्नई तालिकाको चौथो स्थानमा छ । राजस्थान ११ खेलमा १६ अङ्कका साथ दोस्रो स्थानमा छ । आजको दोस्रो खेलमा बेंगलुरु र दिल्ली नेपाली समयअनुसार राति पौने ८ बजे बेंगलुरुमा खेल्नेछन् । यी दुई टोलीलाई प्लेअफमा पुग्न आजको खेल…

Read More

एजेन्सी, ३० वैशाख । गर्भावस्थामा दम्पतीले शारीरिक सम्बन्ध बनाउन हुन्छ ? यसले गर्भको बच्चामा कुनै हानि पो गर्छ कि ? यो आम जिज्ञासा हो । गर्भावस्थामा महिलालाई कुनै पनि जटिल समस्या छैन भने दम्पतीले शारीरिक सम्बन्ध बनाउन मिल्छ । तर यदि गर्भावस्थाको बेलामा रक्तस्राव भइरहेको छ, साल तल बसेको छ, पहिलो बच्चा समय अगावै जन्मिएको छ भने शारीरिक सम्बन्ध नराख्नु नै उचित हुन्छ । गर्भवती भएको ९ महिनासम्म महिलाको इच्छा छ भने जुनसुकै समयमा पनि सम्बन्ध राख्न सकिन्छ । यदि सम्पर्क राख्दा महिलालाई अत्यधिक पेट दुख्ने, यौनांग चिलाउने वा उसलाई इच्छा छैन भने चाहिं सम्बन्ध नराख्नु नै उचित हुन्छ ।…

Read More

गोदावरी, ३० वैशाख । आगामी साउन महिनाभर पशुपति परिसरमा कोटिहोम महायज्ञ आयोजना हुने भएको छ । ‘ऐतिहासिक श्री पशुपति कोटिहोम एवं एक सय आठ श्रीमद्भागवत विश्व कल्याण मासिक ज्ञान महायज्ञ’ नाम दिइएको उक्त विराट महायज्ञ आगामी साउन १ देखि ३२ गतेसम्म सञ्चालन हुने मानवसेवा फाउण्डेसनका व्यवस्थापक लीलामणिरमण निरौलाले जानकारी दिएका छन् । महायज्ञ अवधिभर एक सय आठ पण्डितबाट विभिन्न पुराणको पाठ पारायण, वैदिकमन्त्रसहित अनवरत रुपमा नियमित हवन, पाँच हजार १०० दिव्य कलश पूजन, चार वेद पाठ, ११ हजार बढी बालिकाको कन्या पूजन, हजारौँको तुलादान, २१ हजार बढी ज्येष्ठ नागरिकको सम्मान, तण्डुलाचल चामलको पर्वत निर्माण लगायतको कार्यक्रम पनि नियमित रुपमा सञ्चालन…

Read More

बिर्तामोड, ३० बैशाख । नेपाल आइडल सिजन–५ को टप ९ मा पर्न सफल झापाली चेली इशा सुवदीलाई भोट गर्न अपिल गरिएको छ । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार भेटघाटमा ‘इशा सुवेदी जिताऔं अभियान’ले भोट गर्न सबैमा अपिल गरेको हो । अभियानका संयोजक तथा गायिका सुवेदीका दाजु बिराज सुवेदीले सानैदेखि गीत–संगीतप्रति रुचि राख्ने इशालाई भोट गरी नेपाल आइडल सिजन ५ को बिजेता बनाउन अनुरोध गरे । प्रतियोगिता जित्न कलासँगै भोटको पनि उत्तिकै आवश्यक पर्ने भएकाले देश–विदेशमा रहेका सम्पूर्ण नेपाली तथा गीतसंगीत प्रेमीहरुलाई भोट गर्न अपिल गरे । यस्तै, कार्यक्रममा बिर्तामोड क्षेत्रका युवा तथा संगीतकार प्रकाश लिङ्देनले गायन क्षेत्रमा राम्रो सम्भावना बोकेकी…

Read More

काठमाडौँ, ३० वैशाख । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सुमना श्रेष्ठले विद्यालय तहका पाठ्यपुस्तक पुनः प्रयोगको सम्भावनालाई ध्यान दिन आग्रह गरेकी छन् । सरकारले हरेक वर्ष निःशुल्क पाठ्यपुस्तकका लागि रकम विनियोजन गर्दै आएकोमा परिवर्तन नभएका पुस्तक पुनः प्रयोग गर्न सकिए उत्पादन र वितरणमा लाग्ने रकम बचत भई छात्रवृत्तिमा लगाउन सकिने उनको भनाइ छ । मन्त्रीको सचिवालयका अनुसार कतिपय सामुदायिक विद्यालयको कक्षामै पुगेर पुस्तक पुनः प्रयोगबारे मन्त्रीले बुझाउने कार्यक्रम तय भएको जनाइएको छ ।रासस

Read More

प्रकाश अधिकारीसार्वजनिक सेवा प्रवाहद्वारा आफ्ना नागरिकलाई सन्तुष्ट पार्नु प्रत्येक राष्ट्रलाई चुनौती हो, नेपाल यसको अपवाद हुन सक्दैन । सुशासनका लागि सरकारी स्रोतसाधनको अधिकतम सदुपयोग गरी गुणयुक्त सार्वजनिक सेवा दिन संवैधानिक, कानुनी र कार्यात्मक नियम निर्देशिका लागु गर्न नेपालले कुनै कसर बाँकी राखेको छैन । सुशासनको मूल सार पारदर्शिता, जवाफदेही र सहभागितासँगै सरकारी सेवाको लाभ आममानिससम्म पु¥याउनु हो । संविधानको प्रस्तावनामा नेपाली जनताको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा मुखरित छ । सेवा प्रवाहको दृष्टिकोणबाट संविधानले केन्द्र छरितो र चुस्त, प्रदेश समन्वयकारी र स्थानीय सरकार गुणस्तरीय सेवा प्रदान गर्न बलियो र सक्षम बनाउने लक्ष्य लिएको छ । सूचनाको अधिकार सुशासनको…

Read More

झापा, ३० बैशाख । गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेका छन् । वैवाहिक बलात्कारसम्बन्धी मुद्दा खेपिरहेका उनले इलाका प्रहरी कार्यालय झलारीमा आत्मसमर्पण गरेका हुन् । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी उमेश जोशीले जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको बताए । वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत २० चैतमा उनीविरुद्ध उजुरी दिएकी थिइन् । गायक ओड नेपाल आइडल सिजन २ का विजेता हुन् ।

Read More

झापा, ३० बैशाख (एजेन्सी) । पृथ्वीसँग ठोक्किएको असामान्य रूपमा बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्‍यो। यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन। शुक्रबार दिउँसो सौर्य विस्फोट अनुमानभन्दा केही घन्टाअघि पृथ्वीमा आइपुगेपछि अमेरिकी राष्ट्रिय सामुद्रिक तथा वायुमण्डलीय प्रशासन ९एनओएए० ले दुर्लभ गम्भीर भूचुम्बकीय आँधीको चेतावनी जारी गर्‍यो। बेलायतमा प्रमुख रूपमा प्रदर्शन भएको उत्तरी रोशनीहरूको प्रभाव सप्ताहन्तसम्म र सम्भवतः आगामी सातासम्म रहने थिए। बेलायतमा धेरैले शनिबार बिहानै सामाजिक सञ्जालमा रोशनीको फोन स्न्याप साझा गरेका छन्। यो घटना दक्षिणमा लन्डन र दक्षिणी इङ्गल्यान्डसम्म देखिएको छ। बेलायतको मौसम एजेन्सी मेट कार्यालयका मौसमविद् क्रिस स्नेलले…

Read More