झापा अनलाइन

झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।

झापा, ११ बैशाख । झापाको मेचीनगरबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक युवालाई पक्राउ गरेको छ । सोमबार दिउँसो प्रहरीले मेचीनगर नगरपालिका–६ स्थित मेचीपुलमा चेकजाँच गर्दा भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका धादिङ खन्याबास गाउँपालिका–५ का २० वर्षीय विनोद तामाङको साथबाट ४३.१५ ग्राम ब्राउनसुगर बरामद गरेको हो । लागुऔषध नियन्त्रण ब्यूरो काकरभिट्टा झापाबाट प्रहरी नायव निरीक्षक कुमार सोमेश लामिछानेको कमाण्डमा र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म. काँकडभिट्टाबाट सशस्त्र प्रहरी बरिष्ठ हवल्दार सुमन भण्डारीको ल्याब्राडोर Drugs Detection Dog सहितको संयुक्त रुपमा खटिएको टोलले तामाङलाई पक्राउ गरेको हो । तामाङलाई आवश्यक कारवाहीको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ भने थप अनुसन्धान…

Read More

झापा, ११ बैशाख । झापाको मेचीनगर नगरपालिकामा एक महिलाले लगाएको सुनको सिक्री थुतेर भाग्न खोज्नेलाई प्रहरीले पक्राउ गरेको छ । सोमबार बेलुका मेचीनगर–१३ श्रीनाथ पेट्रोल पम्प नजिकस्थित पुर्व–पश्विम राजमार्गमा पैदल हिँडिरहेकी जिल्ला मेचीनगर–१२ सरेडाँगीकी २१ वर्षीया रचना आङदाम्वेको घाँटीमा लगाएको एक तोलाको सुनको सिक्री अपरिचित व्यक्तिले साइकलमा आएर अचानक घाँटीबाट थुति फरार भएका थिए । घटनापछि जिल्ला प्रहरी कार्यालय झापा, इलाका प्रहरी कार्यालय धुलाबारी र प्रहरी चौकी चारआलीबाट खटिएको संयुक्त प्रहरी टोलीले सिक्री थुत्ने व्यक्तिलाई खोजतलास गर्ने क्रममा मेचीनगर–१३ स्थित फुलवासा खोलाबाट सोही वडाको तेलिबारीमा बस्ने ३९ वर्षीय दिवस राजवंशीलाई भाग्दै गरेको अवस्थामा फेला पारेको थियो । सुनको सिक्री र…

Read More

झापा, १० बैशाख । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले हरेक वर्ष प्रदान गर्दै आएको फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार पत्रकार झापाका पत्रकार दिपीन राईलाई प्रदान गरिएको छ । नेपाल पत्रकार महासंघको स्थापना दिवस र महासंघका संस्थापक सत्यनारायण बहादुर श्रेष्ठको योगदानको सन्दर्भमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा राईलाई उक्त पुुरस्कार प्रदान गरिएको हो । पत्रकार राईसँगै चितवनकी पत्रकार संगीता चेपाङलाई फोनिज युके पत्रकारिता सम्मान तथा पुरस्कार प्रदान गरिएको छ । सम्मान र पुरस्कारको राशी जनही रु २५ हजार रहेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले दुबै पत्रकारलाई उक्त पुरस्कार प्रदान गर्नुभयो । उहाँले सत्य तथ्यका आधारमा…

Read More

कनकाई, १० बैशाख । झापाको कनकाई नगरपालिकामा लोक सेवा र शिक्षक सेवा आयोगको परीक्षाका लागि निःशुल्क तयारी कक्षा शुरु भएको छ । नगरपालिकाको आर्थिक सहयोग र नोभा एजुकेशन फाउण्डेशनको सहजीकरणमा आइतबारदेखि लोकसेवा आयोगको पाँचौं तह तथा शिक्षक सेवा आयोगको निमावि तहसम्मका लागि निःशुल्क तयारी कक्षा शुरु भएको हो । दुई महिनासम्म सञ्चालन हुने उक्त तयारी कक्षामा यहाँका १५० जनालाई सहभागी भएका छन् । कक्षा–१२ पास गरेका ९ वटै वडाका युवाहरुलाई लोकसेवा र शिक्षक सेवा परीक्षामा दिन सक्षम बनाउन तयारी कक्षाको तालिम दिन थालिएको नगरपालिकाकी उपप्रमुख आशा शर्मा शिवाकोटीले बताउनुभयो । अझै पनि तालिममा सहभागी बन्ने सक्ने उहाँको भनाइ छ ।…

Read More

पाँचथर, १० बैशाख । बाँदर धपाउन एकनाले भरुवा बन्दुक पड्काउने क्रममा बन्दुकको नाल फुटेर बारुदको छर्रा लाग्दा हिलिहाङ गाउँपालिका–४ सिबुवा बस्ने ५१ वर्षीय मन कुमार सिगुको गएराति मृत्यु भएको छ । खेतबारीमा मकै रोपेको स्थानमा बाँदर धपाउन बन्दुक पड्काउँदा छर्रा लागेर गम्भीर भएका मन कुमारको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । भरुवा बन्दुक नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

Read More

ताप्लेजुङ, १० बैशाख । आगलागीबाट ताप्लेजुङमा लाखौँ रुपैयाँको क्षति भएको छ । मिक्वाखोला गाउँपालिका–५ चिलिमे गाउँमा लामा नुर्प शेर्पाको घरमा आगलागी हुँदा रु १३ लाखभन्दा बढीको क्षति भएको छ । भान्सा कोठामा आगो बाल्ने क्रममा आगलागी हुँदा सो क्षति भएको हो । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी कमलकुमार लुङ्गेलीका अनुसार आइतबार साँझ भान्सा कोठामा आगो बाल्ने क्रममा लागेको आगोले दुई तले घर पूर्णरुपमा नष्ट भएको छ । आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, काठपात र नगद रु २० हजार नष्ट छ । ताप्केगोला प्रहरी चौकीबाट गएको प्रहरी टोली तथा स्थानीयले गए राति नै आगो निभाएका थिए ।

Read More

चर्चित भोजपुरी अभिनेत्री अक्षरा सिंहले नेपाली सिक्दै गरेको भिडियो यतिबेला सामाजिक सञ्जालमा भाइरल भएको छ । कार्यक्रमका लागि नेपाल आएर फर्कने क्रममा उनले सुरक्षाकर्मीसँग नेपाली सिक्न आग्रह गरेको भिडियो अपलोड गरेकी हुन् । भिडियोमा उनले ट्राफिक प्रहरीसँग कुराकानी गरिरहेको देखिन्छ । उनले एक जनलाई आग्रह गर्छिन्, ‘मलाई नेपाली सिकाउनुस् न ।’ त्यसपछि ट्राफिक प्रहरीले ‘तपाईंको नाम के हो रु’ भन्न सिकाउँछन् । त्यसपछि अक्षराले उल्टै ती प्रहरीलाई ‘तपाईंको नाम के हो रु’ भन्दै सोध्छिन् । प्रहरीले जवाफ दिन्छन्, ‘मेरो नाम सुरेन्द्र मुखिया हो ।’ अनि अक्षराले पनि मेरो नाम अक्षरा हो भन्छिन् । त्यसपछि अरूलाई पालैपालो नाम सोध्छिन् । उनले…

Read More

काठमाण्डौ,८ वैशाख । विश्व चर्चित लण्डन म्याराथन दौड प्रतियोगितामा नेपालबाट ललितपुर पाटनका कुशल दीक्षित छनोट भएका छन् । दौडसँग सम्बन्धित प्रक्रिया र मापदण्ड पूरा गरेपछि भाग लिन पाउने लण्डन म्याराथन प्रतियोगितामा नेपालकातर्फबाट २० वर्षका धावक दीक्षित मात्र छनोट भएका हुन् । विश्वको खेलकुद इतिहासमा लण्डन म्याराथन दौड प्रतियोगितामा भाग लिन पाउनुलाई महत्वपूर्ण उपलब्धीका रूपमा लिइन्छ । लामो दूरीको दौडतर्फ विश्वभर चर्चित लण्डन म्याराथन प्रतियोगिता भोलि लण्डनमा हुँदैछ । प्रतियोगितामा भाग लिन विश्वका ५० हजार जनाभन्दा धेरै युवा धावक लण्डन पुगिसकेका धावकका हजुरबुबा डाक्टर सुन्दरमणि दीक्षितले जानकारी दिनुभयो । अमेरिकामा अध्ययनरत दीक्षित उतैबाट लण्डन पुगेका छन् ।

Read More

एजेन्सी, ८ वैशाख । अत्यधिक रक्त यूरिक एसिडले मुटुलाई सोझै असर पार्ने देखिदैन । उच्च रक्तचापद्धारा पीडित व्यक्तिहरुमध्ये २५ देखि ५० प्रतिशतको रगतमा यूरिक एसिड बढेको भेटिन्छ । यूरिक एसिडले विशेषगरी हात खुट्टाका जोर्नीहरुको बाथ गराउँछ । यसका साथै अत्यधिक रक्त यूरिक एसिडका कारण मिर्गौलामा पत्थरी जम्न थाल्छ र मिर्गौलाको कार्यमा अवरोध उत्पन्न भई उच्च रक्तचापको विकास हुन्छ । जसबाट अन्ततोगत्वा मुटुमा नकारात्मक असर पर्दछ । यसकारण रगतमा यूरिक एसिड बढेको पाइएमा उपचार गराउनु राम्रो हुन्छ । रगतमा यूरिक एसिड बढी भएमा रोगीहरुले खानामा विशेष ध्यान दिनुपर्छ । मुख बार्नु पर्ने खानाहरु१. रातो मासु, (खसी, राँगो) भित्रि मासु, (कलेजो, मुटु,…

Read More

काठमाडौँ,८ वैशाख । एसीसी प्रिमियर कप टी–२० क्रिकेट प्रतियोगितामा तेस्रो स्थानका लागि नेपालले हङकङविरुद्ध प्रतिस्पर्धा गर्दैछ । आजको खेलमा नेपालले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ । शुक्रबार खेलिएको पहिलो सेमिफाइनल खेलमा यूएर्ईले नेपाललाई ६ विकेटले हराएको थियो । शुक्रबार राति नै खेलिएको अर्को सेमिफाइनल खेलमा आयोजक ओमानले हङकङलाई ५ विकेटले हरायो । फाइनल खेल भने आइतबार ओमान र यूएईबिच हुनेछ ।

Read More